रुद्राक्ष महिमा तथा परिचय | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

रुद्राक्ष महिमा तथा परिचय





यहाँ मैले रुद्राक्षको संक्षिप्त परिचय वर्णन गर्ने प्रयास गरेको छु। आजको प्रयोगात्मक युगमा हामीहरू प्रयोग सिद्ध गरेर मात्र यसमा विश्वास गर्ने गर्छौ, किनकि हाम्रो मानसिक स्तर त्यसै किसिमको बनिरहेको छ। लोक व्यवहारमा रुद्राक्षको घट्दो प्रयोगका कारण वनस्पतीय गुण हामीले भुलिसकेका छौं, त्यसैले यहाँ रुद्राक्षको विषयमा विशेष जानकारी प्रस्तुत गर्न आवश्यक छ। सामान्य रूपमा देखिने रुद्राक्षको बोटमा अनेकौं विशेषताहरु हुन्छन्। रुद्राक्ष भगवान शिवलाई अत्यन्त प्रिय छ।

रुद्राक्षको दर्शनले, स्पर्शनले तथा रुद्राक्षको मालाले जप गर्ने हो भने समस्त पापहरू तत्क्षण नै समाप्त भएर जान्छन्। पूर्वकालमा भगवान शिवले सम्पूर्ण जगतको उपकार गर्नका लागि देवी पार्वतीको अगाडि रुद्राक्ष महिमाको वर्णन गर्नुभएको थियो। शिव पुराणको एक आख्यानमा भगवान शिवले माता पार्वतीलाई भत्रु भएको छ कि– हे महेश्वरि शिवे! म तिम्रो प्रेमवश भक्तहरूको हितको कामनाले रुद्राक्ष महिमाको वर्णन गर्दछु सुन। हे महेश्वरि! पूर्वकालको कुरा हो, म आफ्नो मनलाई संयममा राखेर हजारौं हजार दिव्यवर्ष पर्यन्त घोर तपस्यामा लागि रहें। एकदिन सहसा मेरो मन क्षुब्ध भयो। हे परमेश्वरि! म सम्पूर्ण संसारलाई उपकार गर्नेवाला स्वतन्त्र परमेश्वर हुँ। अतः त्यो समय मैले लीलावश नै आफ्ना दुबैनेत्र खोलें, नेत्रखोल्दा वित्तिकै मेरा मनोहर नेत्रहरूबाट केही थोपा आँशु झरे, आँशुको त्यो विन्दुबाट त्यहाँ रुद्राक्ष नामक वृक्ष उत्पत्र भयो। भक्तहरुमाथि अनुग्रह गर्नका लागि ती अश्रुविन्दु स्थावरभावमा प्राप्त भए। ती रुद्राक्ष मैले विष्णुभक्त तथा चारै वर्णका लागि वितरण गरिदिएँ। भूतलमा मेरो प्रिय रुद्राक्षलाई मैले समुद्री सतहदेखि तराई, पहाड तथा हिमालयको काखसम्म रुद्राक्ष पाइने वातावरण सृजना गरेको छु। यो बोटले जस्तोसुकै वातावरणलाई पनि सहन गर्न सक्दछ। रुद्राक्षको विरुवालाई सार्ने समय भनेको वर्षा ऋतु र शरद ऋतु हो, अर्थात् श्रावण, भदौ, असोज र कार्तिकमा सारिएको विरुवा संक्रमण विना हुर्किन्छ। औषधीय गुणले युक्त भएको हुनाले सामान्य रूपमा रुद्राक्षको बोटमाथि कीट, पतङ्ग या पशु चौपाया कसैले पनि आक्रमण गर्दैनन्। यो बोट करीब ५० देखि ६० फिटसम्म अग्लो हुन्छ र भरपुर छायाँ तथा फल दिन सक्छ। रुद्राक्षको बोटमा ऐजेरु लाग्दैन र यसलाई वर्णशंकर (कलामी) बनाउन सकिदैन, यो बोटमा हुने मुख्य विशेषता हो। रुद्राक्षको बोटमा चरा–चुरुङ्गीहरु आफ्नो वासस्थान (गुण) बनाउँदैनन् र रुद्राक्षको जरा भएको ठाउँमा मुसा, भ्यागुता, सर्प, विच्छु पनि बस्दैनन्। साधना गर्ने साधकहरू सुरक्षित मानेर रुद्राक्षको बोटमुनि ध्यान तथा साधना गर्ने गर्दछन्।

रुद्राक्षको पात सामान्य नै हुन्छ तर पातमा औषधीय गुण भरिएको हुन्छ। रुद्राक्षको कलिलो पातको प्रयोगले वात, पित्त तथा कफ आदि त्रिदोषको समन गर्दछ, अर्थात्यही अद्भुत क्षमता रुद्राक्षमा छ। यदि पाकेको (पुरानो) पातलाई चूर्ण बनाएर साना बाल–बालिकाहरूलाई दूधको साथमा नियमित दिने हो भने नेत्र ज्योती बढ्छ, बोल्दा अप्ठ्यारो हुने, अट्किएर बोल्ने तथा स्मरण शक्ति शुष्क छ भने त्यो पनि नाश हुन्छ। स्त्रीमा मासिक धर्मको गडबडी छ भने, सन्तान उत्पादनमा कुनै समस्या छ भने समभाग पुराना रुद्राक्षको पातको चूर्ण तथा मिश्री नियमित सेवन गर्नाले समस्या समूल नष्ट हुन्छ। त्यस्तै कसैमा मानसिक रोगको समस्या छ भने पनि यहि चूर्ण सेवन गर्नाले आराम मिल्दछ। पुरुष वर्गहरूमा प्रजनन क्षमताको कमी छ भने रुद्राक्षको चन्दन घोटेर दूधसंग सेवन गर्नाले नपुंसकता हट्दछ। चर्मरोगमा पनि रुद्राक्षको चन्दन गोमूत्रसंग लेपन गर्नाले आराम–दायी एवम्उपयोगी मानिन्छ।

यो त भयो रुद्राक्षको परिचय तथा औषधीय प्रयोग। अब रुद्राक्षको फल र त्यसको विशेषता अनि धारण बिधिको विषयमा जानौं। रुद्राक्षको फल हेमन्त ऋतुमा पाक्ने गर्दछ र यो फल अरु फल जस्तै सामान्य नै हुन्छ। चरा–चुरुङ्गीहरूले यो फललाई अत्यधिक मन पराउँछन्। त्यसैले यस भित्रको बियो बोटमा टाढा–टाढा भेट्न सकिन्छ। मैदानी भूभागमा पाइने रुद्राक्षको तुलनामा पहाडी भागको रुद्राक्ष ठूलो तथा बलियो हुन्छ। रुद्राक्ष तीन किसिमका हुन्छन्– अमला जत्रो, बँयर जत्रो र केराउको दाना जत्रो।

१. अमलाको आकारको रुद्राक्षः– यो रुद्राक्ष सबैभन्दा श्रेष्ठ मानिन्छ, पुष्ट तथा घाम लाग्ने ठाउँमा फलेको रुद्राक्ष श्रेष्ठ हुन्छ र यो धारण गर्न तथा औषधीय प्रयोगका लागि अत्यन्त उपयोगी मानिन्छ। यसको पुष्टताको परीक्षण गर्ने तरिका पनि सरल हुन्छ। यदि कुनै रुद्राक्ष पूर्णरूपले विकशित छ भने त्यो दानामा एकापट्टि मुख बनेको हुन्छ र अर्कोपट्टि बन्द हुन्छ।

२. बयँरको दाना जत्रो रुद्राक्षः– यो रुद्राक्षको आकार बँयरको जत्रो हुन्छ र यो पहाडको तल्लो भाग तथा तराईमा पाइन्छ। गुण–धर्मको कुरा गर्ने हो भने यो ठूलो रुद्राक्षको तुलनामा अलि कमजोर नै हुन्छ।

३. केराउको दाना जत्रो रुद्राक्षः– यो रुद्राक्ष पनि तराई तथा पहाडको तल्लो भागमा नै पाइन्छ र यो रुद्राक्षको अविकसित रूप हो। यदा कदा हामी सानो दाना भएको कारणले माला बनाएर धारण गर्ने गर्छौं वा धारण गरेको देख्न सक्छौं, तर सानो दानाको प्रयोगले कुनैपनि फायदा दिन सक्दैन र यसमा औषधीय गुण पनि भरिएको हुँदैन।

अब एकमुखीदेखि एक्काइस मुखीसम्मका रुद्राक्षको महिमा र धारण गर्ने विधि हेरौंः–
१. एकमुखी रुद्राक्षः– शिव पुराणको अनुसार एकमुखी रुद्राक्ष साक्षात्भगवान शिवको स्वरूप तथा परमात्माको प्रकाशरूप मानिएको छ। एकमुखी रुद्राक्षको आकार अर्ध चन्द्रमाको जस्तो हुन्छ। मान्यता छ कि एकमुखी रुद्राक्ष धारण गर्नाले भगवान शिवको शक्ति प्राप्त हुन्छ। एकमुखी रुद्राक्ष हुने घरमा सुख–शान्तिको स्थायी वसोवास हुन्छ। यसले गृह स्वामीलाई ज्ञानी तथा तपस्वी बनाउँछ।

यो एकमुखी रुद्राक्षलाई धारण गर्नपनि सकिन्छ। यो रुद्राक्ष धारण गर्ने जातकले मनोवाञ्छित फलप्राप्त गर्दछ। यसको संचालक ग्रह सूर्य हो। जन्म समयमा सूर्य यदि परम नीचको छ भने पितालाई कष्ट दिन्छ। त्यसैले नवजात शिशुलाई एकमुखी रुद्राक्षको स्पर्श गराउनु पर्दछ। एकमुखी रुद्राक्ष धारण गर्ने व्यक्तिले “ॐ ह्रीं नमः” यो मन्त्रको पुरश्चरण गरेर मात्र धारण गर्नु पर्दछ तब मात्र यसको प्रभाव देख्न पाइन्छ।

एकमुखी रुद्राक्ष सिंह राशिका व्यक्तिहरुका लागि अत्यन्त शुभ मानिएको छ, र एकमुखी रुद्राक्षको जहाँ पूजन हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ।

लाभः– एकमुखी रुद्राक्षमा भगवान शिवको वास हुन्छ, यसलाई धारण गर्नाले मनुष्यले भगवान शिवको कृपा प्राप्त गर्दछ। जहाँ एकमुखी रुद्राक्ष हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ। एकमुखी रुद्राक्ष धारण गर्नाले शत्रु पराजित हुन्छन्, अकाल मृत्युको भय समाप्त हुन्छ तथा यसको पूजन मात्रैले सबै प्रकारको सुख प्राप्त हुन्छ। एकमुखी रुद्राक्ष धारण गर्नाले नेत्रको ज्योती तीव्र हुन्छ, हृदयरोग, स्नायुरोग, अतिसार, नजरदोष, उदररोग, तथा टाउको दुख्ने जस्ता अनेक व्याधिहरुबाट छुटकारा मिल्दछ।

नोटः– एकमुखी रुद्राक्ष दुर्लभ तथा अत्यन्त शक्तिशाली हुन्छ, अतः यो गर्भवती महिला तथा बच्चाहरुले धारण गर्नु हुँदैन।

२. दुईमुखी रुद्राक्षः– दुईमुखी रुद्राक्षलाई शिवको अर्धनारीश्वर रूप मानिएको छ। दुईमुखी रुद्राक्षको धारण तथा पूजनले पति–पत्नी गृहस्थ जीवनमा एक आपसमा उत्तरदायी हुन्छन्। सन्तान पक्ष सवल हुन्छ। धन–धान्यको कहिल्यै कमी रहँदैन, विचार–धारामा मतभेद रहँदैन, मानसिक
दुर्बलता रहँदैन, गुरु–शिष्यमा तालमेल नभएको खण्डमा, पिता–पुत्रमा मतभेद भैरहेमा, मित्रमा अविश्वास भएमा तथा व्यवसायमा अस्थिरता आएको खण्डमा यो रुद्राक्ष धारण गर्न सकिन्छ।

दुईमुखी रुद्राक्षको संचालक ग्रह चन्द्रमा भएका कारणले सोमवार तथा पूर्णा तिथि– (५,१०,१५) पारेर “ॐ नमः” यो बीज मन्त्रको पुरश्चरण गरेर रुद्राक्ष धारण गर्नु पर्दछ। रुद्राक्ष धारण गर्दा आफूभन्दा ज्येष्ठ र श्रेष्ठ पुरुषबाट धारण गर्नु पर्दछ।

लाभः– दुईमुखी रुद्राक्ष धारण गर्नाले सबै प्रकारका मनोवांछित फल प्राप्त हुन्छन्। जातक धन– धान्य, ऐश्वर्य, शान्त, पवित्र तथा सत्संगले युक्त हुन्छ। वैवाहिक जीवनमा हुने क्लेश एवं मन–

मुटावबाट बचाउनमा यो देईमुखी रुद्राक्ष अत्यन्त उपयोगी हुन्छ। यसलाई धारण गर्नाले मन स्थिर हुन्छ, विशेष गरी गुरु, शिष्य, पिता, पुत्र तथा मित्रहरुको सम्बन्धमा भएको मतभेदलाई समाप्त गर्दछ। शिव तथा पार्वती स्वरूप दुईमुखी रुद्राक्ष धारण गर्नाले वात, पित्त, कफ, मोटापा, नेत्रदोष, हृदयरोग, फेफडा आदि रोगबाट मुक्ति मिल्दछ।

३. तीनमुखी रुद्राक्षः– तीनमुखी रुद्राक्षलाई अग्निको स्वरूप मानिएको छ। यो तीनमुखी रुद्राक्षको संचालक ग्रह मंगल हो। यो रुद्राक्षले स्त्रीहत्या जस्तो पापबाट मुक्ति दिलाउँछ। जसरी अग्निले सबै चीजलाई आफ्नो तापले शुद्ध गर्दछ, त्यसैगरि यो रुद्राक्षको प्रभाव पनि शुद्धिकरणको लागि प्रभावकारी मानिन्छ। यो रुद्राक्ष धारण गर्नेव्यक्ति हीन भावनाबाट मुक्त हुन्छ। आत्मविश्वास बढ्छ, मानसिक पीडा, चिन्ता आदि समाप्त गर्नमा सहायक हुन्छ। तीनमुखी रुद्राक्षलाई ब्रह्मा, विष्णु तथा शिवको प्रतीक मानिएको छ। तीनमुखी रुद्राक्षको सम्बन्ध इच्छा, ज्ञान, कर्म तथा पृथ्वी, आकाश र पातालसंग हुन्छ। यदि यो रुद्राक्ष धारण गने र्हो भने मनुष्यमा भूत कालमा गरेका गलत कार्यको समिक्षा गर्ने क्षमता आउँछ र वर्तमान तथा भविष्यमा फेरि त्यस्तो कार्य नगर्ने दृढ अठोठ गर्ने शक्ति पनि उभित्र आउँदछ। खास गरी तामसिक प्रवृत्ति भएका व्यक्तिहरूले यो रुद्राक्ष धारण गरे लाभकारी हुन्छ। रुद्राक्ष धारण गर्नु पूर्व “ॐ क्लीं नमः” यो बीज मन्त्रको पुरश्चरण गरेर मंगलवारको दिन धारण गर्नाले रुद्राक्षको पूर्ण प्रभाव पर्दछ।

लाभः– तीनमुखी रुद्राक्ष धारण गर्नाले व्यक्ति स्वस्थ तथा सक्रिय रहन्छ, आत्मविश्वास तथा ऊर्जा शक्तिमा वृद्धि हुन्छ, यसले खेलको क्षेत्रमा सफलता प्रदान गर्दछ र यो रक्तदोष, प्लेग, चेचक, पाचन समस्यामा लाभदायक हुन्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.