बाल बच्चालाई खेल्नका लागि कोठा बनाइन्छ भने घरको पश्चिमी भागमा हुनुपर्दछ । यो क्षेत्रमा यिन र यांगको अवस्था सन्तुलित हुन्छ । खेल्ने ठाउँको ऊर्जा सन्तुलित भएन भने बच्चा खेल्न रुचाउँदैनन् र एकआपसमा झगडामात्र गर्दछन् ।
प्राकृतिक प्रकाशयुक्त भएको कोठामा खेल्ने कोठा बनाउनुपर्दछ । यस्तो भएमा खेल्ने बच्चाको शारीरिक, मानसिक र आन्तरिक ऊर्जाको विकास सहज हुन्छ । खेल्ने कोठाको रङ्ग पहेंलो हुनुपर्दछ । वास्तुको ऊर्जा राम्रो गरी संयोजन गरिएन भने केटाकेटी खेल्दा लड्ने, डराउने हुन्छ। यस्तो कोठामा राखिने खेलौनाको बारेमा पनि जानकारी हुनुपर्दछ र तोकिएको दिशामा राख्नुपर्दछ । जस्तो कि काठबाट बनेका खेलौना आग्नेयकोणमा, फलामले बनेका ईशानको दक्षिणी क्षेत्रमा, काँचको पश्चिमी क्षेत्रमा राख्नुपर्दछ । काँचको खेलौना बच्चाको सुरक्षामा खतरा पार्ने टुट्ने फुट्ने खालको राख्नु हुँदैन । प्लाष्टिकका खेलौना दक्षिणतर्फ वा वायव्यकोणमा राख्न सकिन्छ । कर्पास (कपडा) ले बनेका खेलौनाहरू उत्तरतर्फ राख्नु पर्दछ । बालबच्चाका लागि सामाजिकीकरणको सीप सिकाउन फूलका गमला, दूबोजस्ता बोट बिरुवा ईशान वा पूर्वतर्फको कोठा वा खाली ठाउँमा राख्नु पर्दछ ।
-ज्यो. अमृत पौडेल
Liked by: