ज्योतिष शास्त्र अनुसार कुनैपनि ग्रह एक राशिबाट अर्को राशिमा जाने क्रमलाई नै संक्रान्ति भनिन्छ । तर यहाँ अन्य ग्रहहरूको बिम्ब सानो हुने भएकाले संक्रान्ति काल वा समय अत्यन्त थोरै रहन्छ ।यसकारण अन्य ग्रहहरूको संक्रान्तिको प्रचलन नरहेर सूर्य संक्रान्ति महत्वपूर्ण एवं प्रसिद्ध छ । सूर्यको बाह्र संक्रान्ति मध्ये मेष संक्रान्ति (बैशाख संक्रान्ति) बाट नै नेपालीहरुको नयाँ बर्षको आरम्भ हुने र
सूर्य ग्रह मीन राशिबाट मेष राशिमा जानेभएकाले यसलाई मेष विषुवत्संक्रान्ति भनिन्छ ।
राशि नामको पहिलो अक्षरको आधारमा ब्यत्तिलाई शुभ÷अशुभ फल प्रदान गर्दछन्ती निम्नानुसार छन्ः
– आर्द्रा (कू,घ,ङ,छ) पुनर्वसु (के,को,हा,ही), तिष्य (हु,हे,हो,डा), अश्लेषा (डी,डू,डे,डो), मघा (मा,मी,मू,मे), पूर्वफाल्गुनी (मो,टा,टी,टू), उत्तरफाल्गुनी (टे,टो,पा,पी) शीर्षेः भूलाभः शीरमा परेकाले शुभ ।
– कृतिका (अ,ई,ऊ,ए), रोहिणी (ओ,बा,वी,बू), मृगशिरा (वे,वो,का,की) - मुखेः पाण्डित्यम् मुखमा परेकाले शुभ ।
– पूर्वभाद्रपदा (से,सो,दा,दी), उत्तरभाद्रपदा (दू,थ,झ,ञ), रेवती (दे,दो,चा,ची), अश्विनी (चू,चे,चो,ला), भरणी (ली,लू,ले,लो) - हृदीः हृदयमा धनागम्, शुभ ।
– श्रवण (खी,खू,खे,खो), धनिष्ठा (गा,गी,गू,गे), शतभिषा (गो,सा,सी,सू) - दक्षकरेः स्त्री लाभः शुभ ।
– विशाखा (ति,तू,ते,तो), अनूराधा (ना,नि,नू,ने), जेष्ठा (नो,या,यी,यू) - दक्षपादेः भ्रमणम्, दाहिने खुट्टामा भ्रमण हुने, शुभ ।
– मूल (य,यो,भा,भी), पूर्वषाढा (भू,ध,फा,ढा), उत्तरषाढा (भे,भो,जा,जी) - वामकरेः भैक्षम्, अशुभ ।
– हस्ता (पू,ष,ण,ठ), चित्रा (पे,पो,रा,री), स्वाति (रु,रे,रो,ता) - वामपादेः कष्टम्, अशुभ ।
समग्रमा मूल, पूर्वषाढा, उत्तरषाढा, हस्ता, चित्रा र स्वाति नक्षत्रमा जन्मिएका ब्यक्तिहरुलाई अशुभ हुने देखिएकोले गङ्गा स्नान गरेर रुद्री, सत्यनारायण, चण्डी पाठ गराउनुका साथै हवन, ब्राह्मण तथा कन्यालाई दान दक्षिणा अर्पण गरेमा र भोजन गराएमा कष्ट निवारण हुन्छ ।
आर्द्रा, पुनर्वसु, तिष्य, अश्लेषा, मघा, पूर्वफाल्गुनी, उत्तरफाल्गुनी, कृतिका, रोहिणी, मृगशिरा, पूर्वभाद्रपदा, उत्तरभाद्रपदा, रेवती, अश्विनी, भरणी, श्रवण, धनिष्ठा, शतभिषा, विशाखा, अनुराधा र जेष्ठा नक्षत्र हुनेलाई राम्रो छ । संक्रान्तिले शुभ फल दिन्छ । संक्रान्ति शुभ रहेकाहरुले पनि गङ्गा स्नान गरेर रुद्री, सत्यनारायण, चण्डी पाठ गराउनुका साथै हवन, ब्राह्मण तथा कन्यालाई दान दक्षिणा अर्पण गरेमा र भोजन गराएमा फललाई अझ शुभ बनाउन सकिन्छ ।
अस्तु शुभम् ॥
–ज्यो.पं. मुकुन्द शर्मा
Liked by: