नवग्रह परिचय | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

नवग्रह परिचय





हाम्रो वैदिक सनातन परम्परा तथा ज्योतिषशास्त्रमा नवग्रहहरुको विशेष विचार गर्ने गरिन्छ। यसमा सात आकाशीय पिण्ड छन् र अरु दुई राहु तथा केतु छाया ग्रह हुन्।

सूर्यः–
भगवान सूर्य सम्पूर्ण लोकका आत्मा हुन्। सूर्यले पृथ्वी तथा द्युलोकको मध्यमा स्थित आकाश–मण्डलको भित्र कालचक्रमा स्थित भएर बाह्र (१२) महिनालाई भोग्दछन्, यी बाह्र महिना सम्वत्सरका अवयव हुन र मेष आदि बाह्र राशिका नामले प्रसिद्ध छन्। यिनीहरुमध्ये प्रत्येक मासलाई चन्द्रमानले शुक्ल र कृष्ण दुई पक्षको तथा पितृमानले एक रात र एक दिनको तथा सौरमानले सवा दुई नक्षत्रको भत्रे गरिन्छ।

सूर्य हाम्रो सौर्य–मण्डलको अधिपति ग्रह हो। कहीं–कहीं संस्कृतका स्तोत्रहरुमा सूर्यलाई भगवान् विष्णुको रूपमा परिचित गराइएको छ तर सामान्यतया सूर्यलाई भगवान् शिवको प्रतीक मानिन्छ। परन्तु यो कुनै चिन्ताको विषय होइन किनकि ब्रह्मा, विष्णु, महेश यी त्रिमूर्तिमा कसैको पनि प्रतिनिधित्व सूर्यले गर्दछ भने। तर याद राख्ने कुरा यो हो कि सूर्यले आध्यात्मिक जीवनको प्यास मेटाउछ र दैनिक जीवनमा ज्ञान प्रदान गर्दछ। यसै कारण सूर्यलाई आत्मा कारकग्रह मानिएको हो। त्यसैले सूर्यको साथ लोकोपकार, मानवता, प्रेम तथा सात्विक प्रवृत्तिहरु हुन्छन्। जस्को जन्म कुण्डलीमा सूर्य पूर्ण बलवान्हुन्छ त्यस्तो व्यक्ति या त राजा (नेता) हुन्छ या फेरि कुनै ठूलो पदमा नियुक्त हुन्छ। सूर्य सौर्यमण्डलको राजा हो। सूर्यले सदैव प्रत्येक स्थानमा राजाको नै प्रतिनिधि गर्दछ। जन्म– कुण्डलीबाट सूर्यको स्थिति हेरेर यो जात्र सकिन्छ कि व्यक्तिमा राजसी भव्यता तथा साहस कत्तिको छ । शिवालय, खुल्ला प्रकाशमान स्थान, निर्जल स्थान (मरभूमि) तथा पूर्वदिशा सूर्यको निवास स्थान हो।

परिवारः- परिवारमा सूर्यबाट पिता तथा पैतृक सम्पत्तिको विचार गर्ने गरिन्छ र साथै–साथ सूर्यबाट प्रतिष्ठित, प्रशासनिक अधिकार पनि थाहा पाउन सकिन्छ।

समाजः- सूर्य राजतन्त्रमा राजाको प्रतीक तथा आधुनिक प्रजातन्त्रमा उच्चाधिकारी या प्रतिष्ठित व्यक्तिको प्रतीक हो। साथै सरकारी या गैर सरकारी प्रतिष्ठित प्रतिष्ठानमा उच्च–पदाधिकारी पदको प्रतीक पनि सूर्य नै हो।

चन्द्रः– सूर्यको किरणदेखि एकलाख योजनमाथि चन्द्रमा छन्। चन्द्रमाको गति धेरै तीव्र छ, यसैले चन्द्रमा सबै नक्षत्रदेखि अगाडि रहन्छन्। चन्द्रमाले सूर्यको एक वर्षको मार्गलाई एक महिनामा, एक महिनाको मार्गलाई सवा दुई दिनमा र एक पक्षको मार्गलाई एकै दिनमा पुरा गर्दछन्। चन्द्रमा कृष्ण पक्षमा क्षीण हुने कलाले पितृगणको र शुक्ल पक्षमा पूर्णहुने कलाले देवताहरुको दिन रातको विभाग गर्दछन् र तीस–तीस मुहूत्र्तहरुमा एक–एक नक्षत्रलाई पार गर्दछन्। अत्रमय तथा अमृतमय हुनुको कारण यिनै समस्त जीवहरुको प्राण तथा जीवन हुन्।

चन्द्रमा मन या मस्तिष्कको कारकग्रह हो। किनकि मानसिक विशेषताहरुको प्रतिनिधित्व चन्द्रमाले गर्दछ। यो मस्तिष्क नै हो जो प्रसत्र तथा अप्रसत्रताको भावना उत्पत्र गर्दछ। एक नियन्त्रित मस्तिष्कले नै एकाग्रता तथा ध्यानको शक्तिलाई विकसित गर्न सक्दछ। शनि तथा मंगलबाट पीडित चन्द्रमाले वैराग्यको तीव्र भावना उत्पत्र गराउँदछ। ठूला–ठूला योगी,महात्माहरुको जन्म कुण्डलीमा प्रायः यो युति देखिन्छ। पवित्र आध्यात्मिक वृत्तिहरू, पवित्र स्थानमा जाने इच्छा, देवीको उपासना, दयाभाव, कोमल तथा संवेदनशील भावना, सात्विक स्वभाव यी सबै चन्द्रमाका गुण हुन्। यही कारण हो कि बलवान्, उच्च तथा वर्गोत्तम चन्द्रमाको जैले पनि प्रशंसा गरिन्छ। सूर्यको समान चन्द्रमा पनि राजसत्ताको प्रतीक हो। दुर्गा मन्दिर, पत्नीकक्ष, औषधि भण्डार, मौरीघार तथा वायव्यकोण चन्द्रमाको निवास स्थान हो।

परिवारः— परिवारमा चन्द्रमा माता तथा माताबाट सम्बन्धित सबै कुराको प्रतीक हो।

समाजः— समाजमा चन्द्रमाले विद्वान (ब्राह्मण) तथा प्रसिद्ध व्यक्तिहरुको प्रतिनिधित्व गर्दछ, र यदि चन्द्र शनिबाट दृष्ट भए प्रजातन्त्रमा त्यो कुनै चमत्कारिक व्यक्तिहरुको विकासको प्रतीक हो।

मंगलः– बुधदेखि दुईलाख योजनमाथि मंगल ग्रह छ। मंगल यदि वक्र गतिले न हिँड्ने हो भने मंगलले एक–एक राशिलाई तीन–तीन पक्षमा भोग गर्दै बाह्र राशिहरुलाई पार गर्दछ। मंगल अशुभ ग्रह हो र प्रायः अमंगलको सूचक पनि। “भूमि पुत्र” मंगललाई हामी भूमि पुत्रको नामले जान्दछौ। प्रधान सेनापतिको रूपमा पनि मंगललाई जात्रे गरिन्छ। मंगल साधना गर्ने संकल्प शक्तिको द्योतक ग्रह हो। यदि कुनै पनि जन्म कुण्डलीमा आध्यात्मिक उत्रतिको संकेत छ भने त्यो मंगलको कारणले नै हो। मंगलले विष्णु भगवान्का अनेक रूपहरुको प्रतिनिधित्व गर्दछ। वेदहरुमा पनि मंगलले सामवेदको प्रतिनिधित्व गर्दछ। यो मेरो अनुभव हो कि यदि कुनै सन्त–महापुरुषहरुको जन्म कुण्डलीमा मंगलले चतुर्थ तथा दशम भावलाई प्रभावित गर्दछ भने त्यसले धेरै आश्रमहरुको निर्माण गराउँदछ। पंचम भावको मंगलले आध्यात्मिक संस्थानहरुको निर्माण गर्ने प्रेरणा दिन्छ। भू–सम्पत्तिका मालिक, भवन निर्माता तथा जति पनि विल्डरहरु भएका छन्तिनीहरुको जन्म कुण्डलीमा विशिष्ट या बली मंगलको प्रभाव चतुर्थ या दशम भाव तथा तिनीहरुको स्वामीहरुमा हुन्छ। यसलाई धार्मिक तथा आध्यात्मिक क्षेत्रको दृष्टिले हेर्ने हो भने आश्रम, मन्दिर, गिरिजाघर, मस्जिद् आदि जति पनि प्रार्थनाघरहरु बनेका छन् ती धार्मिक प्रतिष्ठानका निर्माताहरुमा मंगल ग्रहको प्रभाव नै देखिन्छ। ज्योतिषमा मंगललाई स्वाभाविक रूपले प्रधान सेनापतिको पद प्राप्त छ। गणेश मन्दिर, युद्धभूमि, अग्निस्थान (रसोई, भट्टि आदि), चोर स्थान, म्लेच्छ जातिको निवासस्थल तथा दक्षिणदिशा मंगलको निवास स्थान हो।

परिवारः— परिवारमा मंगल भाइ तथा बहिनीहरुको कारक ग्रह हो।

समाजः— मंगलले दाम्पत्य जीवनको सम्बन्धमा एकदम महत्वपूर्ण भूमिका राख्दछ। विवाहसंग सम्बन्धित ज्योतिषज्ञानमा मांगल्य (सुखी वैवाहिक जीवन) तथा प्रशासनिक व्यक्ति, उच्चपदासीन, शासकीय, भू–सम्पत्ति जस्ता अनेक क्रिया कलापको प्रतीक हो।

बुधः– शुक्रको अनुसार नै बुधको गति पनि सम्झनु पर्दछ। यो चन्द्रमाको पुत्र बुध शुक्रदेखि दुईलाख योजनमाथि छ। बुध प्रायः मंगलकारी नै हुन्छ किन्तु जब सूर्यको गतिको उल्लंघन गरी चल्दछ तब धेरै आँधी, बादल र सुख्खा पर्नसक्ने सूचना दिन्छ।

बुधको भगवान् विष्णुको साथमा यति स्पष्ट परिचय छ कि एक बलि तथा राम्रो स्थानमा अवस्थित बुध आध्यात्मिक भावहरू, जस्तै— ४, ८, १२ या धर्मका भाव १, ५, ९ मा छ भने एउटा राम्रो ज्योतिषी बत्रे तीव्र उत्कण्ठा उत्पत्र गराउँछ। महर्षि पराशरको अनुसार यदि कसैको जन्म कुण्डलीमा बुधको दशा चलेको छ भने विष्णु सहस्त्रनाम पाठ गराउनु राम्रो हुन्छ। बुधले सामान्यतया तीर्थ यात्रा गराउँदछ तर यो अल्प टिकाउ मात्र हुन्छ। भगवान् विष्णुको मन्दिर बनाउनु बुधको त्यो आफ्नोपन हो। बुध एक कर्मकाण्डी हुनुको कारण मन्त्र तथा यन्त्रहरुको प्रति आकर्षण हुनु यसको स्वभाव हो। वेदहरुमा बुधले अथर्व–वेदको प्रतिनिधित्व गर्दछ। ज्योतिषमा बुधलाई राजकुमार (युवराज) को पद प्राप्त छ। विष्णु मन्दिर, विद्वान्हरुको सभा, विहार (मनोरंजन) स्थान, गणक (ज्योतिषीहरुको) स्थान तथा उत्तर दिशा बुधको निवास स्थान हो।

परिवारः— परिवारमा बुधबाट मामा तथा चचेरा भाइ बहिनीहरुको विचार गर्ने गरिन्छ। “उत्तर कालामृतमा” कालिदासले भनेका छन् कि बुधबाट मामाघर का हजुर वा तथा सहोदर भाइ बहिनीहरूसंग सम्बन्धित विचार धाराको प्रतिनिधित्व पनि बुधबाट नै गरिन्छ।

नोटः— यदि कुनै स्त्रीको जन्म–कुण्डलीमा बुध शनिबाट पीडित छ भने त्यो अल्प पौरुष शक्ति या नपुंसक पतिको द्योतक हो।

समाजः— बुध ज्ञान तथा आधुनिक समयमा व्यापारको प्रतीक हो। अतः यो बुधलाई अनेक प्रकारको विस्तृत तथा महान्अर्थको कारकत्व प्राप्त छ। जस्तै– गणितज्ञ, मूर्तिकार, ज्योतिषी, खगोल शास्त्री, वक्ता, विद्वान, लेखक, मन्त्र तथा यन्त्रादि रहस्यको ज्ञाता। आधुनिक युगमा वित्तीय विशेषज्ञ, लेखाकार, लेखापरीक्षक, पत्रकार, अखबारसंग सम्बन्धित व्यक्ति तथा कागजसंग सम्बन्धित व्यापार आदिको द्योतक पनि बुध नै हो।

गुरुः– मंगलदेखि दुईलाख योजनमाथि देवगुरु वृहस्पति छन्। वृहस्पति पनि यदि वक्र गतिले न हिँड्ने हो भने एक–एक राशिलाई एक–एक वर्षमा भोग गर्दछन्। एउटा ज्योतिषीको जन्म कुण्डलीमा बुध तथा गुरु राम्रो स्थितिमा छैनन्भने त्यो ज्योतिषी राम्रो भविष्य वक्ता हुनै सक्दैन। द्वितीय भाव जो कि वाणीको भाव हो यदि त्यो गुरुसंग स्थिति या दृष्टिबाट सम्बन्धित भए अर्थात्द्वितीय भावमा गुरुको स्थिति, दृष्टि छ भने व्यक्तिलाई भविष्यवाणी गर्ने क्षमता प्राप्त हुन्छ परन्तु द्वितीय भाव तथा द्वितीय भावको स्वामी अन्य रूपले खराब स्थितिमा हुनु हुँदैन। एउटा राम्रो स्थितिमा बसेको गुरुले व्यक्तिलाई राम्रो प्रवचन कर्ता पनि बनाउँदछ। एक उपदेश कर्ताले आफ्नो आध्यात्मिक अनुभवहरुको साथ–साथ धर्मग्रन्थहरुको पनि राम्रो ज्ञान राख्नु आवश्यक हुन्छ। गुरु धर्मको साथ–साथ तत्वज्ञानको पनि प्रतीक हो। दैवीय ज्ञान, उच्च स्थिति, आध्यात्मिक साधनाहरू, जस्तै— तपस्या, प्रायश्चित्त, ईश्वरको प्रार्थना प्रेम र सद्भावना सामान्यतया गुरुसंग सम्बन्धित हुन्छ। गुरुलाई भगवान्शिवको प्रतीक मानिएको छ। गुरुले प्रभावित व्यक्ति एक सच्चा आध्यात्मिक तथा धार्मिक कार्यका लागि सदैव त्याग गर्ने प्रवृत्ति भएको हुन्छ, अर्थात् यस्ता व्यक्तिहरुलाई त्याग तथा बलिदान गर्नका लागि मन या मस्तिष्कलाई तैयार गर्नु आवश्यक हुँदैन। गुरु (वृहस्पति) देवताका पनि गुरु हुन्। गुरुलाई ज्योतिषमा एउटा सम्माननीय पद प्राप्त छ। गुरु पवित्र तथा उत्कृष्ट दिव्यताका द्योतक हुन्।कुल मन्दिर, कोशागार, पिप्पलको वृक्ष, द्विज–देवस्थान, तथा ईशान– कोण गुरुको निवास स्थान हो।

परिवारः— परिवारमा गुरुबाट पुत्र, ठूलो दाजु, ठूली दिदी तथा सम्माननीय व्यक्ति (जस्को हस्तक्षेप तथा सलाहबाट परिवारमा उत्पन्न समास्याको समाधानमा सहायता प्राप्त हुन्छ) का द्योतक गुरु हुन्।

स्मरणीयः— भृगु– ज्योतिषका अनुसार गुरु स्त्रीका पतिका तथा मंगल पुरुषकी पत्नीका द्योतक हुन्।

समाजः— प्राचीन समयमा गुरु पुजारी, पण्डित तथा राजाका सलाहाकार का द्योतक थिए। वर्तमान समयमा गुरु न्यायाधीश, अध्यापक, वकील, कानूनी सलाहाकार या कानूनी विशेषज्ञ, प्रबन्धन विशेषज्ञ, मनोवैज्ञानिक तथा साहूकार आदिका द्योतक हुन्।

शुक्रः–चन्द्रमादेखि तीनलाख योजनमाथि अभिजित् सहित अठ्ठाईस नक्षत्रहरु छन्। भगवानले यिन्लाई कालचक्रमा नियुक्त गर्नुभएको छ। अतः यी सुमेरु पर्वतलाई दायाँ राखेर भ्रमण गर्दछन्। यिनीदेखि दुईलाख योजनमाथि शुक्र देखाई दिन्छन्। शुक्र वर्षा गर्ने ग्रह हो अतः यो पृथ्वी लोकको प्रायः अनुकूल नै रहन्छ।

परम्परागत रूपले शुक्र दैत्यगुरु हुन्। शुक्र एक विद्वान्तथा धार्मिक गुरु पनि हुन्। शुक्र–प्रधान व्यक्तिको विशेषता देखावटी धेरै हुन्छ। उसले आफ्नो धार्मिक उत्साह प्रवृत्तिको निष्ठा भक्ति या धर्मपरायणतामा परिवर्तित गर्न सक्दछ। मैले धेरै स्त्री तथा पुरुषहरुको जन्म कुण्डली हेरेँ र पाएँ कि जस्को पनि दशम भावमा शुक्र थियो त्यस्ता व्यक्तिहरु धार्मिक क्षेत्रमा गम्भीरताको अपेक्षा अत्यधिक देखावटिबाट ओत–प्रोत थिए। वेदहरुमा शुक्रले शुक्ल–यजुर्वेदको प्रतिनिधित्व गर्दछ। धार्मिक गीतहरू प्रति प्रेम, धार्मिक स्थानहरुको सजावट र विशेषतया देवीको भजन रचना गर्नु शुक्रको प्रशंसनीय विशेषता हो। परम्परागत रूपले शुक्रलाई असुर तथा दैत्यगुरुको पद प्राप्त छ। शुक्रको वर्णन चौंसठ्ठी कलाका रूपमा गर्ने गरिन्छ। शुक्र सांस्कृतिक या मानवीय समाजमा बहुमुखी विकास तथा दुनियादारीका द्योतक हुन्। इन्द्राणीको मन्दिर, नृत्यालय, वेश्यालय, शयनकक्ष तथा अग्निकोण शुक्रको निवास स्थान हो।

परिवारः— शुक्र सांस्कृतिक सम्बन्धित समाजमा विवाहित दम्पत्तिहरुको बीच सम्बन्धी जीवनको द्योतक हो। सामान्यतया शुक्रलाई पत्नी मानिएको छ, परन्तु जसको जन्म सूर्योदय पछाडि भएको छ त्यस्ता व्यक्तिहरुका लागि शुक्रले चन्द्रमाको स्थान लिन्छ, त्यसकारण त्यो व्यक्तिको माताको स्थान लिन्छ।

समाजः— शुक्र सबै प्रकारका कलाहरू, ललित कला, व्यवसाहिक कला, नृत्य, गीत, अभिनय, साहित्य, कविता आदिको एक मात्र अधिकारी हो। शुक्रले प्रभावित व्यक्ति अभिनय कत्र्ता, कवि, नत्र्तक या नृत्यांगना आदि हुन्छन्।

शनिः– वृहस्पतिदेखि दुईलाख योजनमाथि शनि देखिछन्। शनि तीस–तीस महिनासम्म एक–एक राशिमा रहन्छन्। अतः शनिलाई बाह्र राशि पारगर्न तीस वर्षको समय लाग्दछ। शनि प्रायः सबैका लागि अशान्ति कारकग्रह हुन्। ज्योतिषशास्त्रमा शनिको वर्णन दुःख तथा विपत्तिको रूपमा गरिएको छ जो कि पूर्णतया भ्रामक हो। जन्म कुण्डली र गोचरमा शनिको शुभ स्थितिको सहायता विना कुनै पनि व्यक्तिहरु कहीं पनि गहन वैराग्यको विकसित गर्न सक्दैनन्। शनि आत्म–त्यागको प्रतीक हो। त्याग र ज्ञान नै त्यो वस्तु हो जसले आध्यात्मिक जीवनलाई वास्तविक तथा मजवूत बनाउँदछ। यदि शनि कमजोर छ भने त्यस्ता व्यक्तिहरु निम्न श्रेणीका देवताहरुको साधनाका लागि आकर्षित हुन्छन्। परम्परागत रूपले शनिलाई सेवकको पद प्राप्त छ। यो सत्य हो कि शनि कष्ट, दुःख, वृद्धावस्था तथा विमारीको प्रतीक हो। परन्तु सबै महान् पुरातन हिन्दू ज्योतिषका ग्रन्थहरुमा शनिलाई केही शुभ भूमिका पनि दिएको छ। किनकि शनि कर्मको प्रतीक हो। भगवती मन्दिर, निम्न जातिको बस्ती, अशुचि स्थान, शास्ता (दाक्षिणात्य प्रदेशमा पूजित एक देवता विशेष) तथा पश्चिम दिशा शनिको निवास स्थान हो।

परिवारः— वृद्ध व्यक्ति तथा परिवारको नोकर, पुरानो तथा जीर्ण–क्षीण भवन विशेषतया इट्टाबाट बनेका। जस्को जन्म रात्रीमा हुन्छ, शनिले त्यहाँ पिताको स्वाभावीक कारक ग्रह सूर्यको स्थान लिन्छ र स्वयं पिताको प्रतिनिधित्व गदर्छ।

समाजः— परम्परागत रूपले ज्योतिषशास्त्रको अनुसार शनि निम्न वर्गका मानिस, जस्तै— लोकतंत्रवादी, विकलांग व्यक्ति तथा वृद्ध व्यक्तिहरुको प्रतीक हो। परन्तु हाम्रो परिवर्तित अर्थशास्त्री समाजमा शनि चुनावद्वारा लोकतांत्रिक निकायमा शक्तिको श्रोत, फलाम र उद्योगपति (मंगलको सहयोगबाट) तथा गुरुको सहयोगले एक मनोवैज्ञानिक, शुक्रको सहयोगले एक कलाकार र बुधको सहयोगबाट एक मूर्तिकार हो।

नोटः– शनिदेखि माथि एघारलाख योजनको दूरीमा सप्तर्षिहरू देखिन्छन्। सप्तर्षिहरू सम्पूर्ण लोकको मंगल कामना गर्दै भगवान विष्णुको परमपद ध्रुवलोकको प्रदक्षिणा गर्ने गर्दछन्।

राहुः– राहुले गंगा–स्नान तथा तीर्थ–यात्रादि गराउँदछ। केतुले व्यक्तिलाई अन्तर्मुखी बनाउँछ भने राहुले बहिर्मुखी। धेरै जसो राहुले व्यक्तिलाई रुढी मुक्त साधना तथा स्वच्छन्द धार्मिक अभिगमको लागि प्रेरित गराउँछ। शनि पछाडि सबैभन्दा तिरस्कृत ग्रह यदि कुनै छ भने त्यो ग्रह हो राहु। जबसम्म ज्योतिषीहरू एक नयाँ अनुसन्धान गरी राहुको सकारात्मक पक्षलाई देख्दैनन् तबसम्म ज्योतिषलाई हानि पुगिराख्छ। जस्तो कि आजतक यही नै भइरहेको छ।

परिवारः— पिता पक्षका अभिभावक अर्थात् हजुर वुवा, हजुर आमा, यद्यपि उत्तर कालामृतमा राहुलाई मावली पक्षका हजुर वुवा, हजुर आमाको प्रतीक पनि मानिएको छ। यसको अतिरिक्त राहु परिवारका वृद्ध विमार तथा कष्टमा परेका व्यक्तिहरुको प्रतीक हो।

समाजः— विदेशी पर्यटक, इन्जीनियर, वास्तुकार, अन्तरिक्ष इन्जीनियर, राजनीतिज्ञ, विमान परिचारिका, वायुयान परिचालक र विविध नयाँ तकनीक व्यवसाय राहुको अधिकार क्षेत्रमा आउँछन्।

केतुः– केतु र गुरुमा कुन ग्रह उत्तम मुक्तिदाता हो यो निर्णय गर्न अत्यन्त कठिन छ तर पनि केतुलाई मुक्तिदाता मानिएको छ। किनकि केतु दैवीय गूढ रहस्यहरुको मुर्तरुप हो। द्वादश भावमा केतुको प्रशंसा गरिएको छ। केतुले सदैव व्यक्तिलाई एकान्त र मौन भएर बस्न प्रेरित गर्छ। केतु ज्योतिषको सबैभन्दा रहस्यमय ग्रह हो। एक तर्क आध्यात्मिक तथा दैवीय यो हो भने अर्को तर्क चिकित्सकीय अभिप्रायमा रहस्यमय हो।भैरव मन्दिर, वल्मीक (धमिरो) स्थान, सर्पको काँचुली, सर्पको वील, अन्धकार तथा नैऋत्यकोण राहु र केतुको निवास स्थान हो।

परिवारः— माता पक्षका हजुर वुवा, हजुर आमाको प्रतीक हो। यद्यपि उत्तर कालामृतमा पिता पक्षका हजुर वुवा, हजुर आमाको प्रतीक मानिएको छ। यसको अतिरिक्त केतु परिवारका आंशिक रूपले परम्परागत विरोधी व्यक्तिको प्रतीक हो।

समाजः— केतुको एक डाक्टर या वैकल्पिक चिकित्सासंग जोडिएका व्यक्तिलाई तैयार गर्नमा महत्वपूर्ण भूमिका हुन्छ। केतु अन्य ग्रहहरूको साथमा युति गरी विश्वको चारैतर्फ फैलिएको प्रकृतिको सूक्ष्म रहस्यको खोजकत्र्तालाई उत्पत्र गर्दछ।

ज्योतिष वामन सापकोटा 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.