जन्मवार फल | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

जन्मवार फल





तपाईंको जन्मवार के हो ?
हामीहरूलाई अवगत नै भएको कुरा हो हाम्रो जन्म सातादिन मध्ये कुनै एकदिनमा हुने निश्चित छ । यिनै सात वारमा जन्मने मनुष्यको भिन्न भिन्न जन्मवार फलको कुरा शास्त्रले गरेको छ, हेरौं सात वारको जन्मफल 

पित्ताधिकोsतिचतुरस्तेजस्वी समरप्रिय: ।
दाता तथा महोत्साही सूर्यवारे भवेन्नर:॥
आइतवार जन्मने व्यक्तिहरू परमचतुर, तेजस्वी, युद्धप्रिय, दानी, महा उत्साही र पित्त प्रकृतिवाला रहन्छन् ।

मतिमान् प्रियवाक्शान्तो नरेन्द्राश्रयजीविक: ।
समदु:खसुख: श्रीमान् सोमवारे भवेत्पुमान् ॥
सोमवार जन्मने व्यक्ति बुद्धिमान्, प्रियवक्ता, शान्त स्वभावको, राज्य वा नेतामा आश्रित, सुखदु:खलाई समान रूपले हेर्ने र धनी व्यक्ति हुन्छन् ।

वक्रबुद्धिर्धराजीवी रणोत्साही महाबली ।
सेनानीस्ततन्त्रपालो वा धरापुत्रदिनोद्भव: ॥
मङ्गलवार जन्मने व्यक्ति कुटिल (चलाख बुद्धि भएका), कर्मशील, युद्ध प्रिय, महाबली, सेनापति या जनपालक (समाजसेवी) हुन्छन् ।

लिपिलेखनजीवी स्यात् प्रियवाक्पण्डित: सुधी: ।
रूपसम्पत्तिसंयुक्तो बुधवासरसम्भव: ॥
बुधवार जन्मने व्यक्ति पढाइलेखाइबाट जीवका आर्जन गर्नेवाला, प्रियवक्ता, पण्डित (विद्वान्), बुद्धिमान्, सुन्दर अनुहार भएका र सुख सम्पत्तिले युक्त रहन्छन् ।

धनविद्यागुणोपेतो विवेकी जनपूजक: ।
आचार्य: सचिनो वा स्याद् गुरुवासरसम्भव: ॥
बिहीवार जन्मने व्यक्ति धनवान्, विवेकी, देश विदेशमा मान्य, विद्वान् र राजकीय पदले युक्त रहन्छन् ।

चलचित्त: सुरद्वेषी धनक्रीडारत: सदा ।
बुद्धिमान् सुरभो वाग्मी भृगुवारे भवेन्नर: ॥
शुक्रवार जन्मने व्यक्ति चञ्चल स्वभाव भएको, आस्था कम भएको, धन कमाउन सक्ने र काममा लिप्त रहने, बुद्धिमान्, सुन्दर र प्रिय वक्ता रहन्छन् ।

स्थिरज: स्थिरगी: क्रूरो दुष्टचित्त: पराक्रमी ।
अधोदृङ् नखल: केशी वृद्धनारीरत: सदा ॥
शनिवार जन्मने व्यक्ति स्थिर वचन (बोलीको पक्का), क्रोधी, दुष्चरित्र भएको, पराक्रमी, नीचदृष्टि भएको, विकृति नङ, लामो केश र ज्येष्ठ नारीमा आशक्त रहनेवाला हुन्छन् ।
उपरोक्त जन्मवारको फल जे जस्तो भएपनि हाम्रो जन्म समयमा सौर्यमण्डलमा विद्यमान ग्रहहरूको पनि कुण्डली मार्फत विस्तृत रूपमा अध्ययन र विश्लेषण गर्न आवश्यक रहन्छ, अत: जन्मवार फल नै सर्वैसर्वा हो भन्न सकिन्न । अस्तु ॥

-ज्यो. प. नारायणप्रसाद दुलाल



यसमा तपाईँको के प्रतिक्रिया छ?


449 Likes

26 Dislikes

  Save
प्रतिक्रियाहरु989 Liked by
Liked by
0 /600 characters
Krishna Yadav २ बर्ष अघि
2029 1 20
 REPLY  LIKE   DISLIKE
Krishna Yadav २ बर्ष अघि
2029 1 20
 REPLY  LIKE   DISLIKE
Chandra Thakuri २ बर्ष अघि
friday ho
 REPLY  LIKE   DISLIKE
Narayan Bastola २ बर्ष अघि
monday
 REPLY  LIKE   DISLIKE
Jwala Shrestha २ बर्ष अघि
Magal bar magha 15
 REPLY  LIKE1  DISLIKE
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.