के हो काल सर्प योग ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

के हो काल सर्प योग ?





कालसर्प योग के हो ?
कालसर्प योग भनेको के हो ? कालसर्प योगको निर्माण कसरी हुन्छ ? र यसको समाधान के हो त ? राहु र केतु यी दुई ग्रह सौर्यमण्डलमा सँधै १८० डिग्रीको अन्तरमा हुने गर्दछन् । कहिले पनि यि दूइको दुरी घटबढ हुँदैन । जब सौरमण्डलमा राहु र केतु को एक पट्टि मात्र सबै ग्रह हुन पुग्दछन् त्यो समयमा कालसर्प योग हुने गर्दछ ।

अग्रे राहु पृष्टे केतुरन्तरश्च नवग्रहाः ।
कालसर्प भवेत् योगो वंशनाशो भवेद् ध्रुवम् ।।

ज्योतिष शास्त्रको यस प्रमाणले पनि कालसर्प योग यस्तै अवस्थालाई भनिन्छ भन्ने पुष्टि गरेको छ । कालसर्प योग भएमा वंशनाश नै हुन्छ भनिएको पाइन्छ तर व्यवहारमा भने यस्तो भेटिँदैन । कालसर्प योग भएको मानिसको जिवनमा भने संघर्ष धेरै नै हुने गर्दछ । धेरै संघर्ष हुने भएकाले नै लाक्षणिक रुपमा वंश नाश हुन्छ भनेको हुन सक्ने देखिन्छ ।

ज्योतिष शाास्त्रमा यस्ता हजारौँ योगहरु को वर्णन गरिएको पाइन्छ । राजयोग, महाराज योग, धनयोग, दरिद्र योग, मृत्यु योग, अल्पमृत्यु योग, रोग योग जस्ता योगहरु नाम अनुसार नै फल दिने गर्दछन् । कुण्डलीको १२ भावमा बसेका ग्रहहरुको आधारमा नै यस्तै विभिन्न योगहरु निर्माण हुने गर्दछन् ।

कालसर्प योग पनि कुण्डली हेरेर पत्ता लगाउन सकिन्छ । राहु र केतु ग्रहको एकातिर माात्र नै सबै ग्रहहरु भएको अवस्थालाई कालसर्प योग भनिन्छ । यस योगलाइ पुर्वजन्म का विविध दोषहरु पनि मान्ने गरिन्छ । पितृदोष , नागदोष आदि मानिन्छ । राहु र केतु को एकातर्फ मात्र नै सबै ग्रहहरु हुँदा यस्तो योग बन्ने भएकाले कुनै समयमा यो १५ दिन सम्म लगातार जन्मिने सबै मानिसहरुमा पर्न सक्ने देखिन्छ भने यो भन्दा बढी अवधीमा पनि चन्द्रमा को अवस्थाका कारण आंशिक कालसर्प योग हुने गर्दछ ।

पृथ्वी नारायण शाहको पनि कुण्डलीमा कालसर्प योग भएको मानिन्छ उहाँको योगदानलाई कसैले विर्सुँ भन्दा पनि नसिकिने नै छन् त्यसकारण कालसर्प योग पर्यो भन्दैमा डराउनु पर्ने भने देखिँदैन । यस योगलाई पनि भङ्ग गर्ने धेरै उपायहरु छन् । जस्तै केन्द्रमा कुनै ग्रह स्वगृही वा उच्चको भएर बसेको अवस्थामा , चन्द्रमा र बृहस्पति सँगै भएको अवस्थामा पनि कालसर्प योग भंग हुने गर्दछ । यसका अलावा पनि यस योगको प्रभाव प्रभावहिन हुने निकै अवस्थाहरु हुने गर्दछन् । कालसर्प योगको प्रभाव आफ्नो कुण्डलीमा कतिको छ भन्ने कुरा भने जान्ने ज्योतिषीलाई देखाएपछि मात्र थाहा हुने गर्दछ । यस योग भएका मानिसहरुले सपनामा पनि नाग तथा सर्पहरुलाई देख्ने गर्दछन् ।

कालसर्प योग भएका मानिसहरु निकै ठूला व्यक्ति बन्न सक्ने भएकाले यो योग पर्दैमा आत्तिनु भने पर्दैन । यसले जीवनमा चाहिँ निकै ठूलो संघर्ष दिने गर्छ । त्यसैले यसको शान्ति गर्दा यसको नराम्रो प्रभाव कम हुने शास्त्रको मान्यता रहेको छ ।यसको शान्तिको लागि विधान अनुसार रुद्रि, हवन र नाग पुजा गरि खोलामा लगेर नागलाई बगाउने गरिन्छ ।

-ज्योतिष मोहन घिमिरे 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.