Purushottammas Vrata Udhaapan Kaseri Garne | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

पुरुषोत्तममास व्रत उद्यापन कसरी गर्ने ?





श्री पुरुषोत्तम मासको व्रत उद्यापन को लागि साउन ३१ गते पुरुषोत्तम मासको अन्तिम दिन अथवा अरुदिन बिहान शुद्ध चित्त भएर आसनमा बसी भगवान् विष्णुको पूजा को लागि मनलाई एकाग्रता पारेर दियो, कलश, गणेश स्थापना गरी भगवान् विष्णुको पूजा आराधना गर्ने, देश काल र परिस्थिति अनुसार यथाशक्य यथासम्भव भगवानको पूजा गर्नु पर्दछ यथासम्भव पूजा गरिसकेपछि विशेषगरी बिष्णु भगवानको "जिष्णु-बिष्णु-महाविष्णु-हरि-कृष्ण-अधोक्षज-केशव-माधव-राम-अच्युत-पुरुषोत्तम-गोविन्द-वमन-श्रीश-श्रीकण्ठ-श्वसाक्षी-नारायण-मधुरिपु-अनिरुद्ध-त्रिविक्रम-वासुदेव-जगद्योनि-शेषतल्पगत-संकर्षण-प्रद्युम्न-दैत्यारी-विश्वतोमुख-जनार्दन-धराधर-श्रीधर-गरुडध्वज-हृषिकेश-पद्मनाभ" यी ३३ नामले पुजा गर्ने र सम्भव भए यिनै ३३ नामले हवन गर्नु राम्रो मानिन्छ । तत्पश्चात काँसको थालमा ३० वटा मालपुवा राखी पहेँलो वस्त्रले ढाकी ब्राह्मणलाई दान गर्नाले अनन्त गुणा बढी पुण्य फल मिल्ने शास्त्रोक्त कथन रहेको छ । यसै पुरुषोत्तम मासमा तीर्थाटन एवम् तीर्थ स्थलमा स्नान र दानको पनि उत्तिकै महत्व छ । पुरुषोत्तम मासमा यस्तो गर्नाले सबै मनोकामना पूर्ण भई यस लोकमा दुःख, कष्ट नष्ट हुने र सम्पूर्ण भौतिक सुख एवम् सुविधाले युक्त भई पछि वैकुण्ठलोकको वास मिल्ने कुरा धर्मग्रन्थहरूमा उल्लेख छ । भगवान् पुरुषोत्तमले स्वयम् भन्नुभएको छ -

अकाम: सर्वकामो वा योऽधिमासं प्रपूजयेत् ।
कर्मणि भस्मसात् कृत्वा मामेवैष्यत्यसंशयम् ।।


अर्थात् जो प्राणी कुनै इच्छा नराखी वा इच्छा राखेर अधिकमासको पूजा गर्दछन् त्यो आफ्ना सबै लौकिक कर्महरूलाई भस्मीभूत पारेर अन्त्यमा निश्चय ममा नै मिल्दछ अर्थात् मलाई प्राप्त गर्दछ ।

-ज्योतिषाचार्य प. नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.