रुद्राक्ष महिमा तथा परिचय भाग - ४ | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

रुद्राक्ष महिमा तथा परिचय भाग - ४





दशमुखी रुद्राक्षः– दशमुखी रुद्राक्षका अधिपति देवता भगवान विष्णुलाई मानिएको छ अथवा विष्णुको दिव्य दशावतारलाई मानिन्छ। यो दशमुखी रुद्राक्ष दश–दिशा, दश–दिक्पाल तथा दशावतारको प्रतीक हो। यसका संचालक ग्रह सम्पूर्ण नवग्रह नै हुन्। मान्यता छ कि यो रुद्राक्षमा भगवान विष्णुको दश अवतारको शक्ति समाहित छ। जसरी भगवान विष्णुको कृपा र अनुग्रहले सबै दिशाहरूबाट शुभ संकेत वा शुभफल प्राप्त भैरहेका हुन्छन् ठीक त्यसैगरि यो रुद्राक्षले पनि आफ्नो प्रभाव त्यस्तै देखाउँछ। राजनैतिक कार्यमा सफलता प्राप्त गर्नका लागि, वाद–विवाद वा झैझगडाबाट मुक्त हुनका लागि, कुलमा समुत्रति प्राप्तिका लागि तथा भूत–प्रेतको बाधाबाट बँच्नका लागि यो रुद्राक्ष धारण गर्न अनिवार्य देखिन्छ। दशमुखी रुद्राक्षको पूर्ण प्रभाव देख्न “ॐ ह्रीं नमः” यो बीज मन्त्रको पुरश्चरण गरेर सोमवारका दिन धारण गर्नु पर्दछ।

लाभः–
धन, प्रतिष्ठा बढाउने यो दशमुखी रुद्राक्षले मनुष्यको सम्पूर्ण कामना पूर्ण गर्दछ। विघ्न– बाधा तथा समस्त विपत्तिको नाश गर्दछ। दशमुखी रुद्राक्षले राजकीय कार्यमा सफलता, राजनैतिक क्षेत्रमा प्रतिष्ठा, कानुनी क्षेत्रमा विजय तथा मुद्दा–मुकद्मा आदि विवाद सुलझाउनमा लाभदायक हुन्छ। दिमागीरोग, चिन्ताको नाश तथा सन्तान प्राप्तिमा सहायक हुन्छ।

एघारमुखी रुद्राक्षः– एघारमुखी रुद्राक्षका अधिपति देवता स्वयं रुद्र भगवान हुन् भने हनुमानलाई पनि अधिपति मात्र सकिन्छ। किनकि हनुमानसंग रुद्रको गुण विद्यमान छ र कहिं कतै रुद्रको अवतार पनि भत्रे गरिन्छ। यसलाई एकमुखी रुद्राक्षको प्रतिरूप पनि मानिएको छ। यो रुद्राक्ष सुख, समृद्धिदायक हुन्छ, यसलाई धारण गर्नाले सबै कार्य सिद्ध हुन्छन् र यसलाई आध्याम्मिक प्रभावले युक्त मानिएको छ। यो रुद्राक्षमा इन्द्रको स्वामित्व हुन्छ। यो रुद्राक्षको प्रभावले जातक निर्णय दिनमा सक्षम बन्छ, शरीर बलिष्ठ र निरोगी बन्छ, व्यापार तथा व्यवसायमा उत्तरोत्तर वृद्धि हुन्छ, यात्राद्वारा पनि यश तथा लाभ नै मिल्छ। यो रुद्राक्ष धारण गर्नु पूर्व “ॐ ह्रीं हुं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर सोमवारका दिन धारण गर्नु पर्दछ अनि मात्र रुद्राक्षले आँफु क्रियाशील भएर जातकको मानसिक भाव अनुसार काम गर्दछ।

लाभः–
एघारमुखी रुद्राक्ष धारण गर्नाले एक हजार गाई दान गर्नुको बराबर पुण्य प्राप्तहुन्छ। यो रुद्राक्षको उपयोगले एकादशी व्रतको समान फल प्राप्तहुन्छ र यसलाई शिखामा धारण गर्नाले एक हजार अश्वमेधयज्ञ र वाजपेय यज्ञको समान पुण्य मिल्दछ। महिलाहरुले यसलाई पतिको दीर्घायु र सन्तान प्राप्ति हेतु धारण गर्न सक्छन्। श्रावण महिनामा एघारमुखी रुद्राक्षको पूजा अमोघ फलदायी हुन्छ। यो रुद्राक्षले धारकलाई उचित निर्णय लिनका लागि क्षमता प्रदान गर्दछ। यसले योग, साधना, यम, नियम, आसन, षटकर्म तथा अन्य यौगिक क्रियामा सफलता प्रदान गर्दछ। यसको उपयोगले दमा एवं श्वास–प्रश्वास सम्बन्धित विमारीलाई ठीक गर्दछ। यो रुद्राक्ष मस्तिष्क विकार, संक्रमण नाशका लागि तथा बलिष्ठ एवं निरोगी बनाउनमा सहायक हुन्छ।

बाह्रमुखी रुद्राक्षः– बाह्रमुखी रुद्राक्षलाई भगवान विष्णुको स्वरूप मानिएको छ। यसका देवता बाह्र आदित्य अर्थात् बाह्र सूर्य हुन्। सूर्य स्वरूप हुनुको कारण यसले व्यक्तिलाई शक्तिशाली तथा तेजस्वी बनाउँदछ। यसलाई धारण गर्नाले गौहत्या, मानव हत्या जस्ता महापापबाट मुक्ति मिल्दछ। यो रुद्राक्ष धारण गर्ने जातकमा नेतृत्व शक्ति स्वतःस्फुर्त बढ्दछ। फराकिलो सोच राख्ने व्यक्ति मन्त्री, उद्योगपति जस्ताले यो रुद्राक्ष धारण गर्न अनिवार्य देखिन्छ किनकि एउटा सुविचार राख्ने व्यक्तिको सोचाइले समाजमा ठूलो परिवर्तन हुनसक्छ। एउटा मन्त्रीको सत्य तथा निष्ठाले हजारौं, लाखौं जनताको जीवनमा परिवर्तन आउन सक्छ भने उद्योगपतिको कारण हजारौं वेरोजगारीले रोजगारी प्राप्त गर्दछन् तथा उसको उत्पादनले आफुले त पैसा कमाउँछ कमाउँछ साथै देश पनि समृद्ध बन्छ। त्यसैले यो रुद्राक्ष धारण गर्नुभन्दा पूर्व “ॐ क्रौं क्षौं रौं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर सोमवारका दिन धारण गर्नु पर्दछ।

लाभः–
बाह्रमुखी रुद्राक्षले दरिद्रतालाई नाश गरेर सुख एवं सम्पत्ति प्रदान गर्दछ। यसलाई धारण गर्नाले अश्वमेध यज्ञको समान पुण्यफल प्राप्त हुन्छ, भयानक जंगली पशुबाट पनि रक्षा हुन्छ, जातक सूर्यको समान यशस्वी बन्दछ। बाह्रमुखी रुद्राक्षले समस्त बाधालाई समाप्त गरिदिन्छ, बाधालाई शमन गर्नुको कारण नै यसलाई आदित्य नामले चिनिन्छ। बाह्रमुखी रुद्राक्षको उपयोगले हृदयरोग, फेफडाको रोग, त्वचारोग तथा आंत सम्बन्धीरोग तथा सबै प्रकारका शारीरिक एवं मानसिक पीडाहरु नाश हुन्छन्।

तेह्रमुखी रुद्राक्षः– यो रुद्राक्षलाई कामदेव तथा इन्द्रको रूपमा मानिन्छ। तेह्रमुखी रुद्राक्षले समस्त कामनाको पूर्ति गर्दछ तथा दाम्पत्य जीवनलाई सुखद एवं खुशिले भरपूर बनाउँदछ र साथै इच्छाभोगको प्राप्ति पनि हुन्छ। यसलाई धारण गर्नाले कामदेव तथा रतिको आशिर्वाद प्राप्त हुन्छ। यो रुद्राक्षको प्रभाव ऐश्वर्य तथा आकर्षणमा देखिन्छ। अष्ट सिद्धि प्राप्तिका लागि यो रुद्राक्ष प्रयोग गर्ने गरेको पाइन्छ। यो रुद्राक्ष धारण गर्ने व्यक्तिमा वशीकरण तथा आकर्षण गर्ने क्षमता धेरै हुन्छ। यो रुदाक्षमा कामदेव तथा रतिको वास हुन्छ अतः यसलाई धारण गर्नाले वैवाहिक जीवनमा आनन्द प्राप्तहुन्छ। साधु, तपस्वी तथा योगीजन यो रुद्राक्षलाई आध्यात्मिक उपलब्धी हेतु धारण गर्ने गर्दछन्। यदि कोही संगीत, नृत्य आदि कलामा जान चाहेको तर जन्म लग्नमा शुक्र ग्रह नीच राशि वा त्रिक् (६,८,१२) भावमा बसेको भए यो रुद्राक्ष धारण गर्नाले चमत्कारिक परिवर्तन देख्न सकिन्छ, त्यसको लागि धारण गर्नु पूर्व “ॐ ह्रीं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर सोमवार तथा शुक्रवारका दिन धारण गर्नु पर्दछ।

लाभः–
तेह्रमुखी रुद्राक्ष धारण गर्नाले मनुष्य राजसी मान सम्मान, कीर्ति, शारीरिक सुन्दरता तथा आकर्षण व्यक्तित्व भएको हुन्छ। स्त्री–पुरुष दुबैलाई रूप, गुण प्रदान गर्दछ। लक्ष्मी प्राप्तिमा अत्यन्त उपयोगी तथा यसले धारकलाई धन सम्पदाले युक्त गरिदिन्छ। ज्योतिषको अनुसार यो रुद्राक्ष शुक्र ग्रहको समान हुन्छ, यसले निसन्तानलाई सन्तान प्रदान गर्दछ। तेह्रमुखी रुद्राक्षले चर्मरोग तथा आंतरिक रोगबाट लढ्ने साहस प्रदान गर्दछ।

चौधमुखी रुद्राक्षः– यो रुद्राक्षका अधिपति देवता शिवको अवतार भगवान हनुमानजीको स्वरूप मानिएको छ। चौधमुखी रुद्राक्षलाई शिखामा धारण गर्ने व्यक्तिले परमपद प्राप्त गर्दछ। यस रुद्राक्षमा हनुमानको निवास हुनुको कारण कुनै पनि विघ्न–बाधा, भूत, प्रेत, पिशाच आदिले हानि पुर्याउन सक्दैनन्। चौधमुखी रुद्राक्ष धारण गर्नाले शक्ति, सामथ्र्य, एवं उत्साह वर्धन हुन्छ र संकट समाप्त हुन्छ, त्यसैले यो रुद्राक्ष अत्यन्त दुर्लभ पनि मानिन्छ। कतै कतै यो रुद्राक्षलाई देवमणि पनि भत्रे गरेको पाइन्छ। देवमणि रुद्राक्षको प्रभावको कारण “ॐ नमः” यो बीज मन्त्रले सोमवारका दिन पुरश्चरण गर्ने जातकमाथि जीवनमा कहिल्यै अस्वाभाविक हानी हुँदैन। दुर्घटनाबाट बच्ने बुद्धि स्वयं उमाथि आउँछ, रोगमाथि विजय प्राप्त हुन्छ भने मनमा कुनै किसिमको चिन्ता रहँदैन।

लाभः–
चौधमुखी धारण गर्नाले शिवको सात्रिध्य प्राप्तहुन्छ। सन्यासी, वाममार्गी एवं शिव शक्तिका भक्तजनले यसलाई धारण गर्दछन्। यो रुद्राक्ष धारण गर्नाले साधना सिद्धहुन्छ। चौधमुखी रुद्राक्ष परम दिव्य ज्ञान प्रदान गर्नेवाला हुन्छ। चौधमुखी रुद्राक्ष सुखदायी हुन्छ, यो रुद्राक्षलाई चौध विद्या, चौध भुवन तथा चौध मनुको स्वरूप पनि मानिएको छ। शनिको साढेसाती, महादशा तथा शनि पीढाबाट मुक्ति हेतु यस रुद्राक्षलाई धारण गर्नुपर्दछ।

यसले शनि तथा मंगलको अशुभ प्रभावबाट मुक्ति दिलाउँछ। चौधमुखी रुद्राक्षको पूजनले सुख, सौभाग्य प्रदान गर्दछ। चौधमुखी रुद्राक्षले व्यक्तिलाई ऊर्जावान तथा निरोगी बनाउँछ। यसले समस्त रोगको शमन गर्दछ। दुर्घटना, चिन्ता आदिबाट मुक्त गरी सुरक्षा एवं समृद्धि प्रदान गर्दछ। चौधमुखी रुद्राक्षले वंश रक्षा तथा सौभाग्यमा वृद्धि गराउँछ।

पन्ध्रमुखी रुद्राक्षः– पन्ध्रमुखी रुद्राक्षलाई पशुपति रुद्राक्ष भनिन्छ। यो रुद्राक्ष पन्ध्र तिथिहरुसंग सम्बन्धीत छ। यो राहुद्वारा शासित हुन्छ। यस रुद्राक्षलाई धारण गर्नाले आफ्नो सम्पूर्ण उद्यममा सफलता प्राप्त हुन्छ। ऊर्जा शक्तिद्वारा आफ्नो सबै कार्यमा सफलता प्राप्त हुन्छ। यो रुद्राक्षलाई धारण गर्ने व्यक्ति तीव्र बुद्धिवाला हुन्छ तथा उसले आफ्नो ज्ञानद्वारा सबैलाई प्रवाहित गर्नमा सक्षम हुन्छ। मान्यता छ कि देव शिल्पकार विश्वकर्माले देवताहरुका लागि हथियार बनाउने समयमा शिवसंग आफ्नो यस कार्यमा सफलता प्राप्तिका लागि आशीर्वाद हेतु प्रार्थना गर्दछन् र यसबाट भगवान शिव प्रसत्र भएर उनलाई आशीर्वादको रूपमा पन्ध्रमुखी रुद्राक्ष प्रदान गर्दछन्। जो मनुष्य फलाम तथा रसायनको व्यापारमा लागेको छ त्यसका लागि यो पन्ध्रमुखी रुद्राक्ष अत्यन्त उपयोगी मानिएको छ। यो रुद्राक्ष निकै दुर्लभ हुन्छ र प्रभावकारी पनि उस्तै नै। यो रुद्राक्ष धारण गर्नाले तत्व बोध हुन्छ, आत्मज्ञान बढ्छ, योग ध्यान तथा साधना प्रति आशक्ति बढ्छ। सात्विक सम्पदाबाट सन्तुष्टि प्रदान गर्छ। उपर्युक्त गुण धर्ममा अनुरागी जातकले शतरुद्रीय पाठ सम्पत्र गरेर सोमवारका दिन “ॐ पशुपतये नमः” यो मन्त्र जप गर्दै धारण गर्नाले जातकमाथि यो रुद्राक्षको प्रभाव शीघ्र पर्दछ।

लाभः– यसले सच्चा सुख तथा मनमा शान्ति प्रदान गर्दछ। स्वास्थ्य, धन, शक्ति, ऊर्जा, समृद्धि, आत्मबल तथा आध्यात्मिक शक्तिमा वृद्धि तथा उत्तम मार्ग प्रसस्त गर्दछ। पन्ध्रमुखी रुद्राक्ष धारण गर्नाले कहिल्यै पनि धनको अभाव रहँदैन। मोक्ष प्रदान गर्नमा तथा उच्च शक्तिहरुको वृद्धिमा सहायक हुन्छ। यसले चर्मरोग ठीक गर्दछ तथा पौरुष शक्ति बढाउनमा लाभदायक हुन्छ। प्राचीन वैदिक ग्रन्थहरुको अनुसार पन्ध्रमुखी रुद्राक्षले गर्भपातको समस्यालाई समाप्त गरिदिन्छ र प्रसव पीडालाई पनि कम गर्दछ। यो आफ्नो विचार–धारा तथा ध्यान–केन्द्रित गर्नमा सहायक हुन्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.