रुद्राक्ष महिमा तथा परिचय भाग - ३ | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

रुद्राक्ष महिमा तथा परिचय भाग - ३





सातमुखी रुद्राक्षः– सातमुखी रुद्राक्षले सप्त घृत–मातृका तथा सप्तऋषिहरुको प्रतिनिधित्व गर्दछ। यो अत्यन्त उपयोगी तथा लाभप्रद रुद्राक्ष हो। यसको उपयोगले धन–सम्पत्ति, कीर्ति तथा विजय प्राप्त हुन्छ। सातमुखी रुद्राक्षलाई महालक्ष्मीको स्वरूप मानिएको छ। यसको संचालक ग्रह शनि हो। ऐश्वर्य तथा आरोग्य प्राप्तिका लागि यो रुद्राक्ष धारण गर्न सकिन्छ। आर्थिक, शारीरिक तथा मानसिक विपत्तिबाट ग्रस्त व्यक्तिहरुका लागि यो कल्पतरुको समान हो। यो रुद्राक्षमा शनिको प्रभाव रहेको हुनाले न्यायोचित कार्यगर्न, विपत्ति वा संकट हटाउन यसले मदत पुर्याउँछ। यो रुद्राक्ष धारण गर्नुभन्दा पूर्व “ॐ हुं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर शनिवार तथा सोमवारका दिन मात्र धारण गर्नु पर्दछ तब मात्र यसको असर (प्रभाव) देख्न तथा अनुभव गर्न सकिन्छ।

लाभः– शनिद्वारा शासित हुनुको कारण शनिको प्रभावबाट मुक्ति हेतु यसलाई धारण गर्न सकिन्छ। चोरी, व्यभिचार तथा हत्या जस्तो जघन्य अपराधबाट मुक्ति प्रदान गर्दछ। यो रुद्राक्ष धारण गर्नाले महालक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ। कालसर्पयोगको दुष्प्रभावबाट बचाव तथा शरीरमा कुनैपनि विषको असर हुँदैन र शनिको दुष्प्रभाव पनि समाप्त हुन्छ। यो रुद्राक्ष धारण गर्नाले खोकी, गठिया, पेट दुख्ने, हड्डी एवं मांसपेशीमा पीडा, प्यारालाइस, मिर्गी, बहिरोपन, मानसिक चिन्ता, दमको विमारी, यौनरोग, हृदयरोग जस्तो समस्याबाट मुक्ति मिल्दछ।

आठमुखी रुद्राक्षः– आठमुखी रुद्राक्ष अष्ट महालक्ष्मीको प्रतिनिधि तथा भगवान गणेशको स्वरूप हो। यसको संचालक ग्रह राहु हो। आठमुखी रुद्राक्षले विद्या, ज्ञान प्रदान गर्ने तथा यसलाई धरण गर्नाले द्वेष, ईष्र्या जस्तो नकारात्मक सोच समाप्त हुन्छ र व्यक्तिको मनमा आस्था तथा सात्विक विचारको प्रवाह हुन्छ। इन्द्रिय नियन्त्रित गर्ने क्षमता तथा भूत, प्रेत जस्तो बाधाको भय समाप्त हुन्छ। आठमुखी रुद्राक्षलाई विनायक अर्थात् विघ्नहर्ता मानिएको छ। आठमुखी रुद्राक्षलाई भैरवनाथको स्वरूप पनि मानिएको छ। यो रुद्राक्षको साथमा ऋद्धि, सिद्धि वास गरेका हुन्छन्। सत्य तथा वास्तविक कार्यमा आँफू सयौं विरोधीहरूको बीचमा भएपनि यो रुद्राक्ष धारण गर्ने जातकले सफलता प्राप्त गर्दछ। “ॐ हुं नमः” यो बीज मन्त्रद्वारा पुरश्चरीत रुद्राक्ष सोमवारका दिन धारण गर्ने जातकले देश तथा परदेशमा यश, मान तथा मित्र भरपुर मात्रामा जोड्दछ।

लाभः– व्यापारमा सफलता, अकस्मात्धन प्राप्ति, चिठ्ठा पर्ने, कुण्डलीनी शक्ति जागृत हुने, मान सम्मानमा वृद्धि, राहुको दुष्प्रभावबाट मुक्ति, दुर्घटना एवं शत्रुबाट रक्षा, चर्मरोग, मोतियाविन्दु, श्वास–प्रश्वासरोग, फेफडाको विमारी, खुट्टा दुख्ने तथा प्रोष्टेट एवं पिताथ्यको उपचारमा उपयोगी सिद्ध हुन्छ।

नौमुखी रुद्राक्षः– नौमुखी रुद्राक्ष नवशक्ति सम्पत्र भगवती जगदम्बा दुर्गा भवानीको प्रतिनिधि हो र नवदुर्गाका नवै रूप यसमा समाहित भएका हुन्छन्। यसको संचालक ग्रह केतु हो। यसलाई भैरवको स्वरूप मानिन्छ। नौमुखी रुद्राक्षलाई नवग्रह, नवनाथ तथा नवधा भक्तिले परिपूर्ण मानिएको छ। यो रुद्राक्ष धारण गर्ने जातक साहसी तथा सहन शक्ति भरपुर भएको हुन्छ। कर्मठतामा वृद्धि, मन, वचन, कर्मले गरेको संकल्प पूर्ण गराउँछ। सन्तान बाधा भएमा यो रुद्राक्ष धारण गर्नाले सन्तान हुन्छन्। यो रुद्राक्षको पूर्ण प्रभाव प्राप्त गर्नका लागि “ॐ ह्रीं हुं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर सोमवारका दिन धारण गर्नु पर्दछ।

लाभः– यो नौमुखी रुद्राक्षले व्यापार–व्यवसायमा वृद्धि, अकालमृत्युको भय समाप्त, कर्मठता तथा आत्मविश्वासमा वृद्धि गराउँछ। नौमुखी रुद्राक्ष अद्भुत शक्तिको तथा सुख, शान्ति, समृद्धि, शहनशीलता, शत्रुनाश, वीरता, साहस प्रदान गर्नेवाला हुन्छ। यसले केतुको दुष्प्रभावलाई समाप्त गर्छ। फेफडा सम्बन्धित समस्याबाट मुक्ति, नेत्र पीडा, त्वचारोग, शारीरिक पीडा इत्यादिबाट मुक्ति प्रदान गर्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.