रुद्राक्ष महिमा तथा परिचय भाग - ६ | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

रुद्राक्ष महिमा तथा परिचय भाग - ६





सोह्रमुखी रुद्राक्षः– सोह्रमुखी रुद्राक्षलाई भगवान विष्णु तथा शिवको स्वरूप मानिएको छ। सोह्रमुखी रुद्राक्ष सोह्रकला तथा सिद्धिहरुको प्रतीक हो। यो केतुद्वारा संचालित हुन्छ। यो रुद्राक्षलाई विजय लक्ष्मी रुद्राक्ष पनि भनिन्छ। यसलाई धारण गर्नेवाला व्यक्ति सोह्रकला तथा सिद्धिहरुको ज्ञाता हुन्छ। अत्यन्त दुर्लभ तथा प्रभावकारी रुद्राक्षको प्रभावले यो रुद्राक्ष धारण गर्ने जातक गुप्त शत्रुहरूदेखि जोगिन्छन्। यो रुद्राक्षले चोरीबाट बचाउँछ भने अतुल यश, धन पनि प्राप्ति हुन्छ। यो रुद्राक्षको प्रभावकारी गुणलाई अनुभूति गर्नका लागि अष्टलक्ष्यार्चन वा लघुरुद्रीको पाठ गरेर “ॐ नमः शिवाय” यो पंचाक्षरी मन्त्र जप गर्दै सोमवारका दिन धारण गर्नु पर्दछ।

लाभः– यो रुद्राक्ष धारण गर्ने जातकले भगवानको भक्ति प्राप्त गर्छ तथा सत्यतालाई स्वीकार्दै आफ्नो यो जन्ममा सात जन्मको पुण्यलाभ प्राप्त गर्दछ। यस्तो पनि भनिएको छ कि अर्जुनले जब माछाको आँखामा लक्ष्य भेदन गरेका थिए तब उनले यही रुद्राक्ष धारण गरेका थिए अतः यो रुद्राक्ष धारण गरेपछि व्यक्तिमा असाधारण क्षमता आउछ तथा उ शक्तिशाली हुन्छ। यो रुद्राक्षले सम्पूर्ण सुख सुविधा दिन्छ तथा सबै पापबाट बचाउछ। जुन घरमा सोह्रमुखी रुद्राक्ष राखिएको हुन्छ त्यस घरमा चोरी, डकैती तथा आगलागी जस्तो संकट आउँदैन। सोह्रमुखी रुद्राक्षलाई उपयोगमा ल्याउनाले पक्षपात जस्तो रोग पनि ठीक हुन्छ, शरीर फुल्ने, गर्दन दुःने, तपेदिक, कुष्ठरोग, फेफडाको रोगले पीडित व्यक्तिका लागि लाभदायक हुन्छ।

सत्रमुखी रुद्राक्षः– अत्यन्त दुर्लभ यो सत्रमुखी रुद्राक्षलाई भगवान श्रीराम र माता सीताको प्रतीक मानिएको छ। यसले राजयोगको सुख प्रदान गर्दछ। सुख एवं समृद्धि दायक यस रुद्राक्षले श्रीराम र सीताको संयुक्त बलको प्रतिनिधित्व गर्दछ। यसलाई विश्वकर्मा रुद्राक्ष पनि भनिन्छ। आत्मज्ञानको वृद्धिको साथमा धन–सम्पत्तिको प्राप्ति शीघ्र गराउने यो रुद्राक्षले जातकलाई समाजमा प्रतिष्ठित गराउँछ भने नयाँ कार्यका लागि उत्प्रेरित पनि गराउँछ। सत्रमुखी रुद्राक्ष भौतिक सुख सुविधा हेतु विशेष रूपले उपयोगी हुन्छ। यो रुदाक्ष धारण गर्नाले आफ्नो कुण्डलीनी शक्ति जागृत हुन्छ र ज्ञान तथा धन धान्यको वृद्धि हुन्छ। यदि कुनै जातकमा श्रोत त छ तर उसलाई परिचालन गर्ने आँट छैन, विद्या छ तर साधना र उपयोग गर्ने आँट छैन, आय छ वचत छैन या वचतका लागि अनुकूलता बनेको छैन, शरीरमा बल (तागत) छ तर त्यो बलको प्रयोग भएको छैन तथा त्यसै क्षीणता आएको छ भने यो रुद्राक्षको धारणले जातकमा त्वरित गतिमा प्रभाव देख्न सकिन्छ र भविष्यमा जातकमा कुनै पश्चाताप गर्ने बाटो रहँदैन। यो रुद्राक्ष धारण गर्नु पूर्व सहश्रार्चन गर्नाले उपर्युक्त प्रभाव देख्न र अनुभूति गर्न सकिन्छ। यो सत्रमुखी रुद्राक्षलाई “ॐ नमः शिवाय” यो पंचाक्षरी मन्त्र जप गर्दै सोमवारका दिन धारण गर्नु पर्दछ।

लाभः– हिन्दु पौराणिक कथा अनुसार यसले देव शिल्पकार विश्वकर्माको प्रतिनितित्व गर्दछ। यो सत्रमुखी रुद्राक्षलाई धर्म, अर्थ, काम तथा मोक्षको प्रदाता मानिएको छ। यसले देवी कात्यायनीको रूपमा भगवती दुर्गाको प्रतिनिधित्व गर्दछ। यो रुद्राक्षले सम्पत्ति, वाहन, आभूषण तथा अनेक प्रकारको सुख सुविधा प्रदान गर्दछ। शारीरिक ऊर्जा तथा स्मृतिको कमीले पीडित व्यक्तिका लागि यो रुद्राक्ष धेरै नै उपयोगी मानिएको छ। यसका साधै जुन महिलाले यस रुद्राक्षलाई धारण गर्दछिन् उनलाई राम्रो वैवाहिक जीवन, पुत्र तथा दाम्पत्य सुख प्राप्त हुन्छ।

अठारमुखी रुद्राक्षः– अत्यन्त दुर्लभ यो रुद्राक्ष साक्षात्पृथ्वीको प्रतीक हो। यसलाई कामधेनु गाईको रूप तथा भैरव स्वरूप पनि भनिएको छ। अठारमुखी रुद्राक्ष धारण गर्नाले जातक अचल सम्पत्तिको स्वामी बन्छ, दीन–दुःखीहरूको सेवक बन्छ, आयको बाटो अविछित्र चलिरहन्छ। यो रुद्राक्ष विशेष गरी भूमि सम्बन्धित कार्यसंग जोडिएका व्यक्तिहरुका लागि उत्तम मानिएको छ। तसर्थ यो फलाम, अयस्क, जवाहरात, बिल्डर, आर्किटेक्ट, डीलर तथा किसान आदिका लागि उपयुक्त हुन्छ।

उद्यमी बन्दै नयाँ होनहार मनुष्यले समूल राष्ट्रलाई नै आर्थिक तथा सामाजिक रूपमा प्रभावित पारेको हुन्छ। उपर्युक्त रुद्राक्षको पूर्ण प्रभाव पाउनका लागि लक्ष्यार्चन वा लक्ष्यहोम गर्न आवश्यक हुन्छ। यसले आध्यात्मिक, मानसिक तथा शारीरिक लाभ प्राप्त गराउँदछ। यो रुद्राक्ष सोमवारका दिन “ॐ नमः शिवाय” जप गर्दै धारण गर्नु पर्दछ।

लाभः– अठारमुखी रुद्राक्ष धारण गर्नाले समाजमा मान–सम्मान प्राप्तहुन्छ। यो रुदाक्ष गर्भवती महिलाहरुका लागि धेरै नै लाभदायक भनिएको छ। यो धारण गर्नाले गर्भमा पलिरहेको शिशुको रक्षा हुन्छ। शारीरिक क्षमता तथा ऊर्जा शक्तिको विकास हुन्छ। विशेष गरी स्वास्थ्य क्षेत्रमा यो रुद्राक्षको प्रयोग चमत्मारी सिद्धहुन्छ। यसले ग्रहहरुको कुप्रभावलाई निष्क्रिय तथा स्नायु तन्त्रमा मजबुति, निडर र दुर्घटना आदिबाट सुरक्षा प्रदान गर्दछ।

उत्राइसमुखी रुद्राक्षः– परम दुर्लभ उत्राइसमुखी रुद्राक्षलाई भगवान शिव, पार्वती तथा गणेशको प्रतीक मानिएको छ। यो उत्राइसमुखी रुद्राक्षलाई नारायण रुद्राक्ष पनि भनिन्छ। जो कोहीले पनि यो रुद्राक्ष धारण गर्दछ त्यसले सबै प्रकारको सांसारिक सुख प्राप्त गर्दछ तथा त्यसको जीवनमा कुनैपनि चिजको अभाव रहँदैन। जसरी भगवान नारायणले यो चराचर सृष्टिलाई मायाको वशमा राखेका छन् ठीक त्यसरी यो रुद्राक्षमा मायातत्व लुकेको छ। व्यापारी वर्ग, राजनैतिक, उच्च ओहोदाका व्यक्ति, न्यायिक सेवामा कार्यरत व्यक्ति, प्रशासनिक सेवाका उच्च पदस्थ कर्मचारी, निकासी या पैठारीमा लागेका उच्च श्रेणीका न्यायिकहरू, निर्वाण या मोक्षको अनुकूलता खोज्ने साधकहरू यो रुद्राक्षको धारणले लाभान्वित बन्दछन्। आफ्ना गुरु वा पूजनीय व्यक्तिहरूबाट विधिवत लक्ष्यार्चन वा महारुद्रको सांगतामा यो रुद्राक्ष सोमवारका दिन “ॐ नमः शिवाय” जप गर्दै धारण गर्नु पर्दछ।

लाभः– यो उत्राइसमुखी रुद्राक्ष धारण गर्नाले गुण, सुन्दरता तथा सफलताको साथ भगवान विष्णु र लक्ष्मीजी को सात्रिध्य प्राप्तहुन्छ, आफ्नो निजिकार्यमा पदोत्रति, व्यापार–व्यवसायमा लाभ, मान–सम्मान, जीवनमा सफलता, पत्नी तथा सन्तान सुख प्राप्तहुन्छ। यो उत्राइसमुखी रुद्राक्ष धारण गर्नाले मधुमेह–यौन समस्या रक्तचाप जस्ता विमारीसंग लढ्ने क्षमता र विशेष गरी ढाडको समस्याबाट पीडित व्यक्तिका लागि फायदा जनक हुन्छ।

बीसमुखी रुद्राक्षः– अत्यन्त दुर्लभ बीसमुखी रुद्राक्षका सत्तारुढ देवता भगवान ब्रह्मा हुन्। ब्रह्मा, विष्णु, महेशको शक्तिको रूपमा यो रुद्राक्षमा आठ दिक्पाल, नवग्रह तथा आठ दिशाका परमेश्वर पनि विद्यमान छन्। यो रुद्राक्षले ज्ञान–विज्ञानको क्षेत्रमा विशिष्ट स्थानमा पुग्न मद्दत पुर्याउँछ भने साहित्य र लेखन क्षेत्रमा अघि बढ्न सहायक बनाउँछ। त्यस्तै सम्भाषण क्षमता प्रखर बनाउछ। नयाँ विषयमा खोज तथा अनुसन्धान गर्न, मानव धर्म अनुरूप सेवा गर्न यो दुर्लभ रुद्राक्षले ठूलो मद्दत पुर्याउछ। क्षत–विक्षत नभएको पूर्णरूप तथा आकार भएको यस्तो रुद्राक्ष धारण गर्ने कसैमा श्रद्धा भएमा वैदिक यज्ञको सांगताको समय पारेर अथवा सात दिने सप्ताह वा नौ दिने यज्ञको साधना गरेर यो रुद्राक्ष सोमवारका दिन “ॐ नमः शिवाय” जप गर्दै धारण गर्नु पर्दछ।

लाभः– यो बीसमुखी रुद्राक्ष धारण गर्नाले आध्यात्मिक ज्ञान प्राप्त हुन्छ। पाचीन वैदिक ग्रन्थको अनुसार यो रुद्राक्ष धारण गर्नाले भूत, प्रेत, पिशाच, साँप एवं अन्य भयानक जीवहरुको भयले सताउदैन। यसले नकारात्मक शक्ति विरुद्ध संरक्षणको कार्य गर्दछ। यो रुद्राक्षलाई विश्वावशु मुनि तथा साधुको प्रतीक पनि मानिएको छ। जो कसैले पनि यसलाई विधि विधानका साथमा धारण गर्दछ भने ऊ अगाध भक्तिमा लीन रहन्छ। बीसमुखी रुद्राक्ष धारण गर्नाले यक्षराज कुबेरद्वारा धन– धान्यको प्राप्ति हुन्छ। सांसारिक सुख, मानसिक शान्ति, उत्तम दृश्य, व्यापार तथा समृद्धि प्राप्त हुन्छ।

यो रुद्राक्ष विशेष गरी राजनैतिक नेता, निर्देशक, कानूनी सल्लाहकार, कम्पनिका कार्यकर्ता तथा आँनलाइन व्यापारसंग जुडेका व्यक्तिहरुका लागि सबैभन्दा उत्तम मानिएको छ। यसले दिमागी शक्ति बढाउछ, क्रुर ग्रहहरुको अशुभ प्रभावबाट मुक्ति प्रदान गर्दछ र यो तन्त्र विद्या साधनामा उपयोगी सिद्धहुन्छ। यस्तो पनि मान्यता छ कि बीसमुखी रुद्राक्ष धारण गर्नाले सर्पको टोकाइबाट पनि सुरक्षित भइन्छ र नेत्रदृष्टि समस्याबाट ग्रसित व्यक्तिहरुका लागि धेरै नै उपयोगी सिद्धहुन्छ भत्रे।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.