Vaigyanik Yogma Jyotishiya Pramarshko Saandarbhikta | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

वैज्ञानिक युगमा ज्योतिषीय परामर्शको सान्दर्भिकता





अहिलेको आधुनिक र वैज्ञानिक युगमा ज्योतिष शास्त्रलाई एक अन्धविश्वासपूर्ण अभ्यास हो भनेर यसलाई बेवास्ता गर्ने गरिन्छ । तर, यसलाई नजिकबाट नियालेर हेरियो भने हामीले थाहा पाउन सक्छाैँ कि ज्योतिषीय परामर्शले हामीलाई मार्गदर्शन गर्न महत्त्वपूर्ण योगदान गर्दछ । यसले हामीलाई आफू र हाम्रो वरपरको संसारको बारेमा बुझाइ थप मद्दत गर्दछ । अहिलेको समकालिन वैज्ञानिक संसारमा ज्योतिष शास्त्रको सान्दर्भिक कसरी हुन्छ त?

१. आफैलाई बुझ्न:
ज्योतिष शास्त्रको मुख्य उद्देश्य भनेको आफ्नो बारेमा बुझ्ने हो । ज्योतिष शास्त्रको मद्दत लिएर हामीले आफ्नै बारेमा अझ गहिराईमा बुझ्न गर्न सकिन्छ । हाम्रो जन्मको समयको आधारमा विभिन्न ग्रहहरू र खगोलीय पिण्डहरूको स्थितिको अध्ययन गरेर हाम्रो निश्चित व्यक्तित्व, विशेषता, प्रवृत्ति, र सम्भावित जीवन अनुभवहरू हुन्छन् भन्ने विश्वास ज्योतिष शास्त्रको हुन्छ । तर वैज्ञानिक ज्ञानले भने हाम्रो जीवनको भौतिक पक्षहरूमा मात्र ध्यान केन्द्रित गर्दछ । यसमा व्यक्ति विशेषको व्यक्तित्व, विशेषता, प्रवृत्ति, र सम्भावित जीवनको बारेमा भने जान्न कठिन हुन्छ । तर ज्योतिषशास्त्रको माध्यमबाट भने हामीले जन्म कुण्डलीको आधारमा पत्ता लगाइएका र स्वअध्ययनको तुलना गरि हामीले आफ्नो भावनाहरू, इच्छाहरू र प्रेरणाहरूको गहिराइ पत्ता लगाउन सक्छौं, जुन वैज्ञानिक अध्ययनबाट सम्भव नहुन सक्छ । यसले हामीलाई व्यक्तिगत विकास र आत्म-सुधार गर्न सक्षम बनाउन मद्दत गर्दछ ।

२. सम्बन्धहरू बुझ्न:
हाम्रो जीवनको अनुभवको केन्द्रबिन्दु भनेको सम्बन्धहरू हो, जस्तै बुवा, आमा, पति, पत्नी, साथीभाइसँगको सम्बन्ध । ज्योतिष शास्त्रको सहयताले व्यक्तिहरू बीचको सम्बन्धमा बहुमूल्य दृष्टिकोण प्रदान गर्न सक्छ । विभिन्न व्यक्तिहरूको जन्म कुण्डलीहरू तुलना गरेर उनीहरूको सम्बन्धमा हुन सक्ने सम्भावित अनुकूलता र चुनौतीहरू पहिचान गर्न सकिन्छ, चाहे त्यो प्रेम सम्बन्ध होस्, पारिवारिक सम्बन्ध होस्, वा व्यावसायिक सम्बन्ध होस् । ज्योतिषीय परामर्शले मानिसहरूको व्यवहारको बारेमा जस्तै बोलीचालीका तरिकाहरू, उनीहरूको भावनात्मक आवश्यकता र द्वन्द्वहरूका बारेमा पनि बुझ्न सकिन्छ, जसले हामीलाई त्यसैअनुसार अन्य व्यक्तिहरू प्रति सहानुभुती र समझदारी बढाउन मद्दत गर्छ । यो ज्ञानको आधारमा हामीले सम्बन्धहरूलाई अझ बलियो बनाइ सम्बन्धहरूको जटिलताहरू व्यवस्थापन गर्न सकिन्छ । यहि सम्बन्धहरूको बारेमा वैज्ञानिक अध्ययनबाट सहजै पत्ता लगाउन सकिदैन ।

३. सामयिक निर्णय लिन:
ज्योतिषशास्त्रले ब्रह्माण्डको ग्रह, नक्षत्र, आदिका आधारमा कुन समयमा कस्तो काम गर्न अनुकूल हुन्छ भनेर जानकारी दिन्छ । ग्रहहरूको अवस्था, आगमन, बहिर्गमन, उपस्थितिहरू अध्ययन गरेर ज्योतिषीहरूले हाम्रो जीवनमा शुभ र चुनौतीपूर्ण समयहरू पहिचान गर्ने गर्दछन् । यी ग्रहहरूको प्रभावहरू बुझ्दा हामीलाई कुन निर्णय कहिले गर्ने, नयाँ उद्यमहरूमा लाग्ने वा थप अनुकूल समयको लागि पर्खने भन्ने जस्ता निर्णय लिन मद्दत गर्न सक्छ । जबकि वैज्ञानिक ज्ञानले घटना वा कार्यहरूको तथ्यहरू मात्र प्रदान गर्दछ र कुन समय कुन कार्यको लागि उचित छ छैन भनेर जानकारी दिन कठिन हुन्छ । ज्योतिषशास्त्रको यो भिन्न किसिमको विश्लेषणले हामीलाई ग्रहहरूको प्रवाह अनुसार निर्णयहरू लिन प्रोत्साहित गर्छ र हाम्रो प्रयासहरूमा सफलताको सम्भावना पनि बढाउन सहयोग गर्छ ।

४. जीवनमा मार्गदर्शन खोज्न:
हाम्रो जीवनमा अनिश्चितताहरू धेरै हुन्छन् र त्यसको सामना गर्दा हामीहरू प्राय विज्ञानको क्षेत्रभन्दा बाहिर निस्केर मार्गदर्शन खोजीरहेका हुन्छाैँ । ज्योतिषीय परामर्शले हाम्रा जीवनका ती अनिश्चित घटनाहरूलाई बुझ्न र व्याख्या गरेर सान्त्वना दिन्छ । यसले हामीमा भएको कुनै शंका वा भ्रमको समयमा मार्गदर्शन प्रदान गर्छ । हामीलाई फराकिलो दृष्टिकोणबाट जीवनलाई हेर्न र तिनीहरूको अनुभवहरूमा अर्थ खोज्न पनि मद्दत गर्दछ । ज्योतिषशास्त्र हाम्रो जीवनको यात्रामा एक बहुमूल्य साथीको रूपमा कार्य गर्दछ, जसले चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्न प्रोत्साहन प्रदान गर्छ र मार्गदर्शन गर्न सहयोग गर्छ ।

समकालीन वैज्ञानिक युगमा, ज्योतिष शास्त्रले फरक धारणा दिन्छ जसले हामीलाई जीवनको मार्ग तय गर्न वा बुझ्न सान्दर्भिकता प्रदान गर्छ । यसले हामी आफू र सम्बन्धहरूलाई राम्रोसँग बुझ्न, उपयुक्त निर्णयहरू लिन र कठिन समयमा सान्त्वना लिन सक्षम बनाउँछ । जहाँ विज्ञानले तत्थ्यपरक आधार प्रदान गर्दछ भने ज्योतिष ज्ञानले हाम्रो जीवनमा गहिराइ र अर्थको तह थप्छ । ज्योतिष शास्त्रलाई एक साधनको रूपमा अँगालेर हामीले आफ्नो व्यक्तिगत वृद्धि र खुशीको खोजीमा सहजता प्रदान गर्छ ।

यदि हजुरहरूले पनि नेपालका प्रख्यात ज्योतिषहरूबाट आफ्नो बारेमा गहिराईमा बुझ्न, सम्बन्धहरूको बारेमा जानकार हुन, सामयिक विषयमा निर्णय लिन र जीवनमा मार्गदर्शन खोजिरहनु भएको छ भने हाम्रो ज्योतिष मार्फत सजिलै अनलाईन परामर्श लिन सक्नुहुन्छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.