वृहस्पति ग्रहको पौराणिक कथा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

वृहस्पति ग्रहको पौराणिक कथा





महाभारतको आदि पर्वमा एक कथा आउछ कि वृहस्पति ऋषि अंगिराका पुत्र हुन् भनेर। ऋषि अंगिरा कि पत्नीले सनक–सनन्दन–सनातन–सनत्कुमारले भनेको उत्तम व्रतको पालन गरी वृहस्पतिलाई पुत्र रूपमा पाएकि हुन्। कहीं कतै यस्तो कथा पनि भेटिन्छ कि ऋषि अंगिरसका पुत्र भए अथर्वन, अथर्वनका पुत्र उशिज, उशिजका तीन पुत्र भए क्रमशः उचथ्य, वृहस्पति र संवत्र्त। स्कन्ध पुराणको अनुसार प्रभास तीर्थमा गएर वृहस्पतिले भगवान् शंकरको कठोर तपस्या गरे, त्यसको फल स्वरूप भगवान् शंकर प्रसत्र भएर वृहस्पतिलाई देवगुरुको पद प्रदान गरे तथा एक शुभग्रह बनाई ग्रहहरुको माझमा प्रतिष्ठित गराए। वृहस्पतिकी तीन पत्नीहरु भए क्रमशः शुभा, तारा तथा ममता। शुभाबाट सात कन्याले जन्म लिए जसको नाम क्रमशः भानुमती, राका, अर्चिकाति, महामती, महिष्मती, सिनीवाली र हविष्मती। ताराबाट सात पुत्र र एक कन्याको जन्म भयो तथा ममताबाट दुई पुत्रले जन्म लिए क्रमशः भरद्वाज र कच। भरद्वाज सप्तर्षिहरुमध्ये एक ऋषि भइ चमके अन्य छ ऋषि क्रमशः कश्यप, अत्रि, गौतम विश्वामित्र, वशिष्ठ तथा जमदग्नि। भरद्वाज ऋषि वाल्मीकिका शिष्य बने।

श्रीमद्भागवत महापुराणको अनुसार वृहस्पति प्रत्येक राशिमा एक–एकवर्ष रहन्छन्। वक्री भएको अवस्थामा थोरै अन्तर अवश्यनै आउदछ। वृहस्पतिद्वारा रचित “बृहस्पति संहितामा” धर्म तथा दानको विशेष चर्चा गरिएको छ। भन्छन् कि देवगुरुले वृहस्पति संहिता देवताका राजा इन्द्रलाई प्रदान गरेका हुन्। वृहस्पति देवताका गुरु हुनुको कारण स्वाभाविकै थियो कि देवासुर संग्राममा देवताहरुको केही पनि कतै क्षति नहोस्। किन्तु राक्षसका गुरु थिए शुक्राचार्य जसले भगवान्शंकरसंग मृत–संजीवनी विद्या प्राप्त गरेका थिए। असुरहरुका राजा वृषपर्वाका गुरु शुक्राचार्य कुनै पनि युद्धमा मरेका असुरहरुलाई जीवित गराउथे। देवताहरुको क्षतिपूर्ति गराउन नसकेको क्षोभ (दुःख) वृहस्पतिलाई त थियो नै। त्यसैकारण वृहस्पतिले पुत्र कचलाई शुक्राचार्यको पास मृत–संजीवनी विद्या सीखनाका लागि पठाए, जहाँ शुक्राचार्य कि एकमात्र संतान देवयानी नामकी कन्याले कचको प्रति बडा स्नेहभाव देखाइन् र देवयानीको जीदको कारण नै शुक्राचार्यले कचलाई आफ्नो शिष्यको रूपमा स्वीकार गरे। दुई–दुई पटक जब असुरहरुले कचलाई मारेका थिए तब शुक्राचार्यले नै मृत– संजीवनीद्वारा उसलाई जीवन दान गराएका थिए, तर तेस्रो पटक असुरहरुले कचलाई मारी आगोमा जलाएर त्यसको खरानि मदिरामा घोलेर गुरु–शुक्राचार्यलाई नै पिलाइ दिए।उता कचलाई आज घर फर्कन विलम्ब देखेर देवयानीले पिता शुक्राचार्यसंग कचलाई घर बोलाउनको लागि प्रार्थना गरी। शुक्राचार्यले आवाज लगाए तो थाहा भयो कि कच तो उनैको पेटभित्र रहेछ तब देवयानीको प्रार्थना तथा आग्रह सुनेर कचलाई शुक्राचार्यले मृत–संजीवनी विद्या सिखाए। कच शुक्राचार्यको पेट चिरेर बाहिर आयो र मृत–संजीवनीको प्रयोगले शुक्राचार्यलाई पुनःजीवित गरायो।

गुरुको शुक्रसंग विभित्र सम्बन्ध छ— गुरुले शुक्रलाई आफ्नो शत्रु मान्दछन् तर पनि आफ्नो छोरालाई पढ्नका लागि उनैको सात्रिध्यमा पठाउछन्। शुक्रका लागि गुरु सम हुन् तथा शुक्र गुरुको राशि मीनमा उच्चका हुन्छन्। गुरुको ज्योतिषशास्त्रमा पूर्ण प्रभाव हुन्छ। उच्च पदका लागि पनि गुरुनै कारकग्रह हो, साथ–साथै ज्ञान, धन, पुत्र तथा स्त्री कारक त हुननै। भनिन्छ— लग्नमा बसेको एउटै वृहस्पतिले जन्म पत्रिकामा भएका लाखों–लाख दोषलाई नष्ट गरिदिन्छ। हुन पनि हो लग्नमा बसेको वृहस्पतिले लग्नको अतिरिक्त पंचम दृष्टिले– पंचम स्थानमा, सप्तम दृष्टिले सप्तम स्थानमा र नवम दृष्टिले नवम स्थानमा पूर्णदृष्टि दिएर यो लोक तथा परलोक दुबै सन्तुष्ट गराइदिन्छ।

By Jyotish Vaman Sapkota



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.