ज्योतिष र ज्योतिषिमा फरक | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

ज्योतिष र ज्योतिषिमा फरक





ज्योतिष र ज्योतिषि दुवै शब्द एकै अर्थ मा छन् जस्तो देखिन्छ।वास्तवमा,ज्योतिष भनेको एक प्राचीन विज्ञान हो जसले ग्रहहरुको गति र तत्वहरुको आधारमा व्यक्तिको जिवनमा हुने घटनाहरुको अनुसन्धान,पूर्वानुमान र ज्ञान गराउछ। यसकारण,ज्योतिष र ज्योतिषि दुबै सम्बन्धित शब्द हुन्।

तर,ज्योतिषि भनेको उसका विशेषज्ञ वा विद्यावान् व्यक्ति हो जसले ज्योतिष विज्ञानको विभिन्न पहलुहरुमा आधारित अध्ययन र अनुसन्धान गरी सिद्धान्तहरु विस्तृत गर्न सक्नुहुन्छ।जस्तै तारा र तारात्मक अनुसन्धान गरिएको ज्योतिष विज्ञान र ज्योतिषिहरुका कुशल व्यक्तिहरुका नाताले दिने आधारमा तयार गरिएको फलादेश हो।ग्रहहरु खगोलशास्त्रमा भूमि संग संसारमा फैलेका प्रकाशका कणहरु हुन्। ग्रहहरुले चक्रमा घुम्ने अवस्थामा भूमि र मानिसहरुको जीवनमा प्रभाव पार्दछ। ज्योतिष भनेको दैवीय शक्तिको संकेत हो र चेतना,उर्जा,र समयलाई बुझ्ने मानिसले जिवन सुखमय बनाउन सक्छ।ग्रह र ताराहरुमा त्यो प्रभाव हुन्छ जसले हजारौंको भाग्य बदलिदिन्छ।ज्योतिषशास्त्रको अध्ययन र अनुभवद्वारा गूरुले हाम्रो समस्याको समाधानको उपाय भन्नुहुन्छ। गुरुले हामिलाई यस्तो सुत्र दिनुहुन्छ,जुन जिवनमा लागू गर्नाले हामिले ठूलो ठूलो उपलब्धि हासिल गर्न सकिन्छ।वेदको शिक्षा,कल्प,व्याकरण,निरुक्त,छन्द तथा ज्योतिष छ अंग मध्ये ज्योतिष एक अंग हो।वेदको सम्यक् ज्ञान गराउनलाई,मन्त्रको उचित् उच्चारणकोलागि,शिक्षा,कर्मकाण्ड,यज्ञीय अनुष्ठानको उचित काल निर्णयको लागि ज्योतिषलाई अति उपयोगि मानिएको छ।

“ज्योतिषामयनं चक्षुः”जसरि मनुष्य बिना आँखाले कुनैपनि पदार्थलाई हेर्न असमर्थ हुन्छ त्यस्तै वेदशास्त्र या वेदशास्त्रविहित कर्मलाई जान्नलाई ज्योतिषको महत्वपुर्ण भूमिका हुन्छ।भूतल,अन्तरिक्ष एवं भूगर्भका प्रत्येक पदार्थलाई जान्ने शक्ति मात्र ज्योतिषशास्त्रमा हुन्छ।भविष्य जान्ने ईच्छा प्रत्येक युगमा मनुष्यको मनमा सर्बदा प्रबल हुन्छ।जसको एकमात्र उपाय ज्योतिषशास्त्र नै हो।बिहान उठ्ने देखि लिएर स्वप्नपर्यन्त गर्भदेखि मृत्यु पर्यन्त परलोक-पुनर्जन्मको कुराहरु पनि ज्योतिषले नै ब्यक्त गर्दछ।अन्य जन्ममा गरेका शुभाशुभ जे जस्तो कर्म गरिएका छन् तेसको फल र फलप्राप्तिको समयलाई ज्योतिष शास्त्रले अध्यारोमा बालेको दियोले जसरि वरिपरिको पदार्थलाई छर्लङ पारिदिन्छ त्यसरिनै छर्लङ पारिदिन्छ।त्यहि भएर ज्योतिष शास्त्रलाई नेत्र(आँखा) भनिएको छ।

-ज्यो. स्मारीका आचार्य



यसमा तपाईँको के प्रतिक्रिया छ?


14 Likes

2 Dislikes

  Save
प्रतिक्रियाहरु10 Liked by
Liked by
0 /600 characters
Cindy Byrd ६ महीना अघि
My love spell was successfully! Dr. Excellent helped me change my husband’s heart to love and want me again. email him for help: Excellentspellcaster@gmail.com
 REPLY  LIKE   DISLIKE
Ramkailash Yadav १० महीना अघि
nameste
 REPLY  LIKE1  DISLIKE
Binita Singh ११ महीना अघि
namaste
 REPLY  LIKES2  DISLIKES
Rahul Rai ११ महीना अघि
hi
 REPLY  LIKES3  DISLIKES
Sushila Bhatta ११ महीना अघि
Sahi ,kura
 REPLY  LIKES2  DISLIKES
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.