Kundali Milaan Nagari Bibaha Garda Ke Huncha | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

कुण्डली मिलान नगरि विवाह गर्दा के हुन्छ ?





हिन्दु धर्ममा विवाहलाई जन्म जन्मान्तरको साथ मानिन्छ, त्यसैले विवाह गर्नु अघि वर-वधुको कुण्डली मिलाएर योग र गुण मिलाउने प्रथा छ । ज्योतिषीय मिलापक खाली परम्पराको निर्वाह गर्नु मात्रै होइन, यसले दम्पतिको स्वाभाव, गुण, प्रेम सम्बन्ध, एक आपसमा हुने व्यवहार, सन्तान सुख भावी दामपत्य जीवन सफल हुन्छ वा हुँदैन भन्ने जस्ता प्रश्नको जवाफ पाउन सकिन्छ ।

जन्मेको समयलाई आधार मानेर ग्रह नक्षत्र राशि, ग्रहको प्रभाव अष्टकुटर (गण, नाडी, योनी, भकुट, वर्ण, वश्य, तारा, ग्रहमैत्री) हेरिन्छ । मंगल दिष छ कि छैन, गुरु सूर्यको स्थिति हेरेर विवरण दिईन्छ । चिनामा परेको दोषनिवारणका उपाय नगर्दा दोषले दिने दुस्प्रभाव भोग्नै पर्दछ । जसमा बिवाह विच्छेद, वंश परम्परा अगाडी नबढ्नु, सन्तानमा हानि गर्नु इत्यादि । जस्तै- योनि दोषले वैवाहिक पक्षमा विभेदता ल्याउछ । एकअर्काको कुरो नमिल्दा व्यवहार संचालनमा समस्या आउँछ ।

षडाष्टक अर्थात पति वा पत्निको राशीबाट एक अर्काको राशीमा छैंटैा वा आठैाँ परेमा पनि व्यवहारिक जीवनमा समस्या आउँछ । यद्यपि पितृ षडाष्टक परेमा बिवाह गर्न हुँदैन । यदि केटा केटीको संस्कार, संस्कृति, रितितरिवाज, रगत समूह मिल्दछ भने राम्रो ज्योतिष सँग परामर्श गरेर विवाह गर्दा हुनेभए विवाह गर्न सकिन्छ ।

-ज्योतिष स्मारीका आचार्य



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.