प्रेम जीवन र विवाहको योग | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

प्रेम जीवन र विवाहको योग





प्रेम एउटा स्वभाविक मानवीय गुण हो । जीवनको कुनै मोडमा विपरीत लिङ्गप्रति आकर्षण बढ्ने र आफ्नो मनमा अनेक तर्कहरू आउन सक्दछ । धेरै नै प्रयास र धेरै कर्म गर्दा पनि प्रेमजीवन असफल र निराश भएको देख्न सकिन्छ । प्रेममा जति सुकै त्याग गरे पनि, तपस्या गरे पनि मान्छेलाई प्रेम हातमा नपर्न सक्दछ । आफ्नो प्रेम किन अगाडि बढ्न सकेन भन्ने कुराको बारेमा पनि कुन्डलीमा ग्रहको आधारमा विश्लेषण गर्न सकिन्छ । आफ्नो जन्म कुण्डली र भाग्य अनुसार प्रेमको योगहररू अनुमान गर्न सकिन्छ ।

सामान्यतया जन्मकुण्डलीमा जातकको शुक्र र मंगल ग्रहको योग बनेको छ र एक आपसमा सम्बन्ध बनाएको छ भने जीवनमा प्रेम आउन सक्छ । पञ्चम अथवा सप्तम घरको मालिक एकैसाथ आएर बसेको छ भने पनि प्रेमले सकारात्मक उर्जा पाउन सक्दछ । यदि शुक्र ग्रहको दृष्टि पंचम अथवा चन्द्रमाको दृष्टि पंचम भावमा देखिएको भए, पंचमेश र सप्तमेश बसेका छन् भने पनि प्रेम योग मान्न सकिन्छ ।

सूतौद्यूनाधिपः शुक्रोऽब्देधूनेबलवान्भवेत् ।
लग्नेशेनेत्थशालश्चेत्स्त्रीलाभं कुरुते सुखम् ॥
गोचरमा शुक्रग्रह सप्तम भावमा बलवान् भएर सप्तम स्थानमा छ भने र लग्नेशसङ्ग राम्रो छ भने प्रेम जीवन सफल हुन्छ ।

भौमेऽब्दपेसितहशाशुक्रेऽब्देशेकुजेक्षया ।
मतदृष्टेदारसहमे स्त्रीलाभो भवति ध्रुवम् ।।
वर्षेश मंगलमा शुक्रको दृष्टि छ भने स्त्री लाभ हुन्छ तथा वर्षेश शुक्रमा मंगलको दृष्टि छ भनेपनि प्रेम जीवन विवाहमा परिणत हुन्छ । यदि सहम राशिमा मंगलको शुक्रको दृष्टि छ भने निश्चय नै विवाहयोग हुन्छ ।

जन्मलग्नाधिपेऽस्तस्थेदारसौख्यंबलान्विते ।
जन्मशुक्रक्षमस्तेऽब्दे स्त्रीलाभाय सितेऽब्दपे ॥
जन्मलग्नेश वर्षकालमा सप्तम भाव बलवान छ भने प्रेम जीवन सुखद् हुन्छ, जन्मको शुक्रराशि वर्षमा सप्तम हो र शुक नै वर्षेश हो भनेपनि प्रेम जीवन सफल हुन्छ । प्रेम किन असफल हुन्छ भनेर केलाउदा यदि चन्द्रमासंग शुक्रको युति भएर आफ्नो कुण्डलीमा योग भएको छ र यसमा शनिको दृष्टि परेको छ भने प्रेमीलेछोड्न सक्दछन् । साना साना कुरामा मनमुटाव हुने सम्बन्धविच्छेद, अथवा ब्रेकअप हुन सक्ने सम्भावना प्रवल हुन्छ । यस बाहेक जन्म कुण्डलीमा अन्य योगहरू, ग्रहहरू, ग्रहगोचर, चलिरहेको दशा,महादशा र अन्तरदशाले पनि प्रेम जीवनलाई असर पार्दछ ।

यदि शुक्लपक्षको बिहीवार देखि लक्ष्मीनारायणको पूजा सुरुगरेर स्फटिकको मालाले  ॐ लक्ष्मी नारायणाय नमस्  यो मन्त्रद्वारा जप गर्दापनि प्रेम विवाहमा परिणत हुनसक्छ । सोमवार शिवजीको अथवा मंगलवार गणेशजी को चोखो मनले व्रत बस्दा पनि इच्छानुशारको वर वधु पाइने जन विश्वास छ । जन्म कुण्डलीमा केटा र केटीको जन्ममिति, जन्मसमयको आधारमा कुण्डली मिलान गरेर सुखद् दाम्पत्य जीवनको यात्रा सुरुवात गर्न सकिन्छ । कुण्डली मिलानमा सके सम्म अठाह्र गुण कटाएर अन्य दोष शान्ति गरेर उचित समयमा विवाहको लागि अगाडी बढ्ने परामर्श दिने गरिन्छ ।।

ज्यो.पं. घनश्याम पोखरेल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.