भ्यालेन्टाइन बिशेष - काया | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

भ्यालेन्टाइन बिशेष - काया




   निराजन आचार्य - Feb 14 2017

उनी परबाट मुस्कुराएर आउने छिन। दन्तलहरको आडमा फिस्स मिसिएको उनको मुस्कानमा रातो क्याड्बेरि ओठले आकार दिनेछ्न। मेरो नजिक न आइ हामी बिचमा आँखाकै सानबाट बिम्बित हुने प्रेमका प्रहार हुनेछ्न। यसरि सुरुवात हुने छ मेरो प्लेटोनिक लभ बुझ्यौ।नजिकको सुबिनले मेरा पाखुरा च्यापेर मज्जाले हास्यो।”ओइ! येस्तो लभ त सिनेमा मा हुन्छ बुझ्यौ….हाहा”। म अलि सिरियस मुडमा भने "आखिर जीवन एक सिनेमा त होनि"। मेरो भनाइले गहिराइको एक पर्खाललाई भत्काएछ क्यार सुबिनले हारको अनुभव गर्दै चुप्प लाग्यो। जाडो महिना भएकोले गर्दा मौसमलाई चिसोले ठूलो च्यालेन्ज गरिरहेको थियो भने मौसम बिभागलाई एति र उती डिग्री भन्न ठिक्क थियो।”आछुछु…क्या जाडो यार, जाम हिड्न क्याफेमा !सागर।हल्का कफि खाउ”सुबिन करायो।हामि लाग्यौ कफि खान। कलेजका दिनहरु यसरीनै बितिरहेका थिए मानौ समयलाई कुनै तत्तोले ठूलो गतिका साथ चलाइरहेको छ जस्तै गरेर।

कक्षा ११को पहिलो दिन परिचय भएको साथी सुबिन जो सङ्ग अक्सर समय बिताउथे। अलि ठट्ट्याउलो पाराको छ तर दिलको बहुत सफा छ।जीवनले कक्षा ११ को भागलाई लिएर १२ को एक अबधि समयसङ टुक्का गासिसकेको थियो। एक दिनको कुरा हो। महत्तोहिन मानिएका कुनै चिजका अर्थहरुले फरक समयमा फरक शब्दकोषबाट नया अर्थ भाव पाए झै म पनि कक्षा१२ लागे लगत्तै कुनै केटि प्रती घनिष्टता बड्दै गएको थियो।ठूलो स्वोरको लवजले अगाडिका दातलाई जिब्रोले छुदै उच्चारण गर्नुहुन्थ्यो त्यो शब्द “काया श्रेष्ठ”। उ पनि बिध्यार्थी भएकै भरमा सासलाई घाँटिसम्म तान्दै “एस! सर “भन्थी।कर्ली हियर,चिमिक चिमिक बत्ती जस्तै बलिरहने आँखा,राता रोजफुल ओठ,एन्ड कलासको ब्युटिफुल चसमिस गर्ल काया श्रेष्ठ। ए सुन त तिमीले पि.सि सरको होमवोर्क गर्यो। आँखा र मुख एकै पटक सुकाउदै “ए छ। मैले त म्यात्तै भुलेछु।”कसैको आँखामा न हेरि गर्न सुरु गरिन। साइन्स पढ्ने विद्यार्थी आधा जिन्दगी त फिजिक्समा लेट अस कन्सिडर अनि क्यामिस्ट्रीमा अपरेटस रिक्वायर लेख्दै बित्छ। समय आफै चलिरहेको थियो।एक दिन शुक्रबारको दिन थियो। उदासिनताको एक पर्खाललाई भत्त्काएर हाथले मोबाइल भित्रको फेसबुक एप खोलीसकेको थियो।खोल्न नपाउदै म्यासेन्जरले “टिङ…..”घण्टि बजायो। खोले,कायाको रहेछ” हेलो मिस्टर! पढाइमा ब्यस्थ हो कि क्या हो?”।मैले लेखे ” हैन बरु अब तिमीसङ च्याटमा ब्यस्थ भन्दा हुन्छ”। उ हाहा लेखेर हासेको संकेत दिदै “how sweet”लेखी। "sweet लागे चियामा हालेर खाउन"।मैले लेखे अलि जिस्किने मुडमा। उसले प्रतिउत्तरमा लेखी ” मलाइ चिया खानु छ! रसबरि हैन बुझ्यौ”। उसले फेरि लेखी” ए बाहुन बा! भोलि हजुरबाको सराद छ आउन पुजा गर्न।म धेरै पैसा दिएर पठाउला”।अलि च्यापेर भनिन कायाले।मलाइ आफ्नो जात जोडिएर जातीवादको कमसल महत्तोहिन धुवा उडाउन मन पर्दैन। अफ भए फेसबुकबाट।एकछिन पछि फोन आयो कायाको। मोबाइलले लिपस्टिकको भागलाई ढाडस दिदै मन मुस्कान दिएको फोटो देखाउदै “काया is calling ” देखायो। उठाए । “तिमी भोलि बिहान 11 बजे बानेशोर आउ है।सरु भक्तको थाङ्ला नाटक लाग्या छ रे “एकै सासमा यी कुरा सकेर फोन काटियो कायाको। कस्तो केटि रहिछे यार “ह,हाँ”नगर्दै फोन काटि।भोलिको दिनको कल्पना गर्दै त्यो दिन बित्यो।भोलिको दिन आयो , 11 पनि बज्यो।कफि कलरको टिसर्ट माथी कर्ली हेयरलाई एक भागमा अड्डाएर फिस्स किन्चित मुस्कान दिईन कायाले। गइयो थाङला नाटक हेर्न। शीटको कुना कुनासम्म उसले लगाएको पर्फिउमले मग-मगाएको थियो। उसले आँखाका एक तन्तुलाई नचलमलाइ नाटक हेरिरहेकि थिइ अनि म उसलाई हेरिरहेको थिए।नाकलाई ढाडस दिदै गाजलले आफू सुन्दर भएको भन्न खोजिरहेको थियो।”के ट्वल्ल परेर हेरिराको आलु मान्छे,उ त्यो केटिलाई हेरन। क्या राम्रो acting है।”थङ्ला नाटक सकियो।मण्डलिको बाहिर आउन न पुग्दै ” ए सागर! भोक लाग्यो लास्टै।केही नास्ता गरुम न “कायाले भोकको रातो अनुहार देखाउदै भनीन। गइयो खाजा घर।खायौं खाजा।छुट्टिने बेला एउटा गिफ्ट बक्स हातमा थमाइ दि कायाले।घर गए खोले रुघा र खोकीको औसधि रहेछ।बल्ल याद आयो मलाइ। म कलेजमा खोकी र रुघाले आतिएर घर आएको थिए। मुसुक्क मन्द मुस्कानको साथ भित्रबाट कायाको समिप्यतालाई सम्झे।

यसरी बितिरहेको थियो दिन। कहिले धुलिखेलको यात्रा,कहिले कालिन्चोकको यात्रा। काहा काहा घुमिएन कायासङ्ग।मौका पाउना साथ म कर्ली हेयर समाउ थे । उ भने गिर्लाकि भन्ने डर माने जस्तै गरेर हिर्काउथी।मंसिरको महिनाको अन्तिममा कलेजले नगरकोट वान नाइट स्टेको लागि लग्ने सुचना जाहिर गर्यो।त्यती भएपछि पुगिहाल्यो बिध्यार्थिलाई। केटि कुन कपडा लगाएर आउने भन्ने कुरा गर्न ब्यस्थ थिए भने केटा चाहिँ भोड्का लिएर आउछ्स कि छ्याङ लिएर आउछस भन्नेमा ब्यस्थ।म हरेकको कुराको चियोचर्चो गरिरहेको थिए।हेर्दा हेर्दै समयले त्यो छाललाई पनि ल्याइदियो। कलेज अगाडि ठूलो बस उभिएको थियो। म कलेज पुग्नासाथ कायालाइ कल गरे।” ए हेलो का छौ?….”।" म कलेज पुगिसके।आलु दायाँतिर हेर त को छ?” फोनकै भरमा कुरा भैराखेको थियो।” "छि कति हप्सी भएर आएको यार” अलि जिस्किने मुडमा भने।फोन काटियो।एक्कस्सी आएर बज्रपाथ परेपछी पो महसुस गरे म कायाको कट्घरामा रहेछु। एक छिनको जिस्काइ पछि बस चढियो।बसको यात्रा झ्याक्क अनि झुक्क गर्दै बित्यो।नगरकोट पुग्दा साझ परिसकेको थियो।हाम्रो नाइट होटेल dreamland मा बित्ने सरले अवगत गराउनु भयो। केटिहरु माथिलो तल्लाको रुममा अनि केटाहरु तल्लोमा बस्ने निर्णय भयो। केटाहरु पुग्ने बित्तिकै भोड्का खोलीहाले रुममा।you have to taste it भन्दै खुवाइ दिए।मलाई कसरी हिम्मत आयो थाहा थिएन।मोबाइल उठाएँ,कल गरे कायालाइ।”हेलो!के भयो मिस्टर?”कायाले भनिन।”काया! मलाइ तिम्रो साथको लत लागेको छ।म जान्दिन कसरी म तिम्रो प्रेममा परे।तर बाच्नै नसक्ने गरि तिम्रा लागि धड्किरहेको छ यो मुटुपनि।काया तिम्रो साथको समिप्यतामा सँसारको शक्ति माथी जितेको अनुभव हुन्छ। I love youबकाया”।एकै लवजमा यी सबै कुरा बक्न पुगे अनि अनायासमै रुन पुगेछु आफ्नै मदहोसि तालमा।फोन काटियो कुनै प्रतीकृया बिना।भोलिको दिन घुमियो अलि अलि ह्याङ्ग भएर भोड्काको साथित्त्वमा तर कुनै हर्ष उल्लास थिएन मनलाई।कायाको कडा ब्यवहारका कारण मुटुको धमनीमा ठूलो दुर्घटना घटेको थियो।साला! यी भोड्काहरु पनि क्या निर्धही हुदा रहेछन भन्दै भोड्काको सिसि माथी रिस पोखे।कलेज सुचारु भयो तर कायाको कुनै प्रतीउत्तर आयो न त कुनै बोलावट।एक दिन हाफ टाइममा कायाले पानी खादै गर्दा बोलाए” ए काया !काया!” तर काया ती मृघ नयनले मलाइ हेरिन अनि उहीँ टिउनिङ स्वोरमा भनिन “साझ पाउछौ जवाफ,सागर”। हल्का मुस्कान दिएर।मलाइ साझ कुर्नु थियो।साझले जिस्काउदै घामको प्रबेगलाई छोप्दै आयो।7 बजि सक्दापनि कुनै म्यासेज आएन।म हारेको खेलमा लुटिएको म्यानेजर जस्तै फिस्स अनुहार बनाउदै बसिरहेको थिए।राती ९ बजे मोबाइल बज्यो ” टिङ..टिङ “मोबाइल खोले फेरि ncell ले नया अफर लिएर आएको सुचना दियो।केहि मिनेट पछि अर्को म्यासेज आयो। मोबाइल खोले “म अरुलाई नै प्रेम गर्छु ,सागर । "Thanks for love me”म्यासेज by काया देखयो मोबाइलले। मन भाडियो,टुट्यो ,बज्रपाथ पर्यो शरीरमा नै। श्वासप्रश्वास नै एकछिन सम्म ठप्प भयो।मनले कुनै बिद्रोह गर्न सकेन।प्रमका आबेग लहराले थिचिएको यो शरीरमा कुनै बस्तुप्रती भव निस्कन सकेन।निन्द्रा नै लागेन।बाहिर निस्किए राती। नजिकैको wine shop मा गएर golden oak लिए अनि खाए लुकाएर।

यसरि दिन बितिरहेको थियो।साबिक भन्दा अलि बढी पिउने भएको थिए।हरेक साझ अलि अलि गर्दा लतको हुन्डरीमा च्यापिएको थिए।न मलाइ कायाको साथ थियो ,थियो त केबल यी बोत्तलहरुको जस्ले आफ्नो अस्तित्व उडाउन चहान्छन आफै प्रतेक रात गिलास मा रित्तिएर।काया कलेज न आएको दुई हप्ता भएको थियो।म पनि प्राय कलेज जादैनथे।12 को परिक्षा सकियो।कायाको मोबाइल जहिले बि.जि देखाउँथ्यो।निरास जिन्दगीप्रती हर रात भोड्काको केही साथ बाहेक अरु केही पाउदैनथे।एक दिन उमाको कल आयो” सागर ,काय कान्तिपुर हस्पिटलमा छे। सिट नं 12।भेट्न गाएको छौ"। फोन काटे ।खै के लगाएर गए, केही पत्तो पाइन। होस हवस सबै उडिसकेको थियो।हस्पिटलको बेडमा निस्लोट एउटा शरीर पल्टीरहेको थियो। मेरि परि त्यो दिन आफ्नो परित्त्व सुन्दर्ता बिर्सेर मलाइ जिस्काउन सेतो कपडा लगाएर ढोङ रचिरहे कि छे जस्तो लाग्यो।” ए काया ! काया! उठन काया!म आएँ काया।जाउन साहारा होटेलमा म:म खान।” उ केही बोलिन एस्तो लग्यो कि उ सबै प्रस्नको मौन उत्तर दि रहेकी छे।सेतो पर्दा हटाएँ।उस्को मुहार बादलको एक कण आएर ढाकेको जस्तो देखिन्थ्यो।कमलो फेसको साइडमा सलाइनका बोत्तलले मेरि कायालाई बिउझाउन प्रयत्न गर्दै थिए।उस्को मुहारलाई सुमसुमाए।

“ए सुन्नुहोस ! अहिले कस्तो छ हजुरलाई” डाक्टरले सोधे।कायालाइ त्यहा बाट लगिसकेका रहेछन अनि मलाइ उहीँ कायाको बेड नं 12मा सुताइएको रहेछ"।अरु दिन हलुङ्गो लाग्ने यो सरिरले पुरै ब्रह्माण्डको तौल भार अनुभव गरिरहेको थियो।मोबाइल हेरे । कायाको म्यासेज रहेछ। हत्त्पत्त खोले।"सागर म एक ब्लड क्यान्सरको कालो पर्दाले छेकिएकि एक निर्बल स्त्री हुँ।मेरो मन कुहिएको छ,रगत कुहिएको छ।यो कुहिएको रगतबाट कसरी प्रेमको सुहाग पैदा गर्न सकुँ।”आँखाबाट आँसुले आफ्नो इतिहास रच्न सुरु गरिसकेको थियो। अहिले सम्म पनि हरेक रात काया प्रेमी हुन्छ्न।हररात कायाप्रेमी हुन्छ्न।एक प्याक नगरकोट आउटिङको लागि काया,एक प्याक साहारा होटेलको लागि काया, एक त्यो प्रेमको जस्को कुनै रुप नै भएन,एक प्याक त्यो समयको लागि जुन समयले तिमी अनि मलाइ चिन्न सकेन काया।रक्सीको तरलले पुरै शरीरलाई भिजाएर निस्लोट पारेर पल्टायो।मदहोसिमा पनि उस्कै नाम लिइ रहेको थिए “काया,काया…..काया।
--------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.