नयाँ बिहानी... | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

नयाँ बिहानी...




   पुष्प अार.जे - Sep 14 2017

ताप्लेजुङको ग्रामीण ईलाका फुलुङ्ग। फरक व्यक्तित्व भएर पनि यी दुई छिमेकीको बाल्यकाल यहीँ बित्यो । सानोतिनो झगडा बाहेक कहिले पनि मनमुटाव भएन। मेलापात घाँस दाउरा र चाड पर्वमा सधैं संगै बिताए तेन्जिङ शेर्पा र शिशिर थापाले। जहाँ जालझेल भन्दा पर अाफ्नै पौरखमा जीवनका धेरै वसन्त पार गरे । थोरै माथि कान्लामा तेन्जिङको घर छ भने कान्ला मुनि शिशिर थापको। नेपालमा अनेकौं व्यवस्था फेरिए, जात-पातका कुराहरू उठे तर यिनीहरुको सम्बन्धमा कुनै असर परेन ।

यो पनि हेर्नुहोस् : "कथाकार"मा छाडी जानेलाई...

तेन्जिङको सानै उमेरमा विवाह भए पनि ३ छोरी पछि बल्ल छोरा भएको थियो । ठुली छोरीको विवाह अलि तल सदरमुकाममा गरिदिएको थियोे। शिशिरको भने १ छोरी र एक छोराको सानो परिवार थियोे। दुवै परिवारका नानीहरु कहिले शेर्पा र कहिले थापाको घरमा हुर्कदै गए एकै परिवार झैँ भएर। चाडपर्वमा पनिसगैँ हुन्थे यी नानीहरू । बेला बेला झन तेन्जिङको ठुली छोरी नानी लिएर अाउँदा पालैपालो भोज नै हुन्थ्यो दुवै परिवारमा ।

शिशिर कहिलेकाहीं तराई झर्ने गर्दथ्यो । उस्का काका र अाफन्त सबै झापाको दमक झरिसकेका थिए। राम्रो धान फल्ने सबै सुबिधाले भरिएको थियोे दमक । गाउमा स्कुल धेरै टाढा भएकोले छोराछोरीको पढाइमा असर पर्छ भनेर तराई झर्न चाहन्थ्यो शिशिर पनि । बेला बेला श्रीमती बिरामी भइरहनुले पनि र भनेको बेलामा उपचारको समस्याले गर्दा पनि छट्पटी हुन्थ्यो उसलाई सधैं ।

एकदिन शिशिर घरको काम सकेर बिहान तेन्जिङलाई भेट्न गयो । तेन्जिङ गोठमा काम गरिरहेको थियोे । शिशिरको अावाज अाउने बितिकै उसले पिँडिमा भएको गुन्द्री अोच्च्छ्याइदिदै सोध्यो, "तराईतिर गएको थिइस् रे ! के छ त उताको खवर ? फेरि धेरै दिन पनि लाईस त ?"
"हैन यार....यसो भेट्घाट र केही त्यस्तै उस्तै काम थियोे त्यहि भएर अलिक ढिला भयो" शिशिरले भन्यो ।

शिशिरलाई कुरा कहाँबाट सुरु गरौ झै भयो । कतै रिसाउने पो हो कि साथी यहि पिर पनि लागिरहेको थियो उसलाई । घरि यता घरि उता हेर्दै थियोे । अाज शिशिरले तेन्जिङलाई सिधा नजरले हेर्न सकिरहेको थिएन।तेन्जिङकि श्रीमती फुर्वाले दुबैका लागि पिंडीमा नै चिया ल्याईदिईन र भान्सातिर काम गर्न लागिन्।

तेन्जिङले शिशिरको यो चाला देखेर छक्क पर्दै सोद्छ "हैन शिशिर तलाई सन्चै त छ...! के भयो कुरा पनि गर्दैनस् । यता उता मात्र हेर्छस् । 'मोही माग्न अाउने ढुङ्रो लुकाउने' जस्तो नगर न । के भयो भन् न ।"

उस्को यो कुराले अलि बल दिए झै भयो शिशिरलाई । अनि हिम्मत गरेर भन्यो "हेर साथी तँ नरिसा है । म त तराई झर्ने भएँ । सानी छोरी पनि ५ कक्षा भन्दा माथि पढ्न पाईन । छोरा पनि त्यति टाढाको बाटो धाएर पढ्दैछ । त्यो भन्दामाथि पढ्नलाई गाउँमा स्कुल पनि छैन । यता जहान पनि बिरामी भईरहन्छे । दमकमा सुकुम्बासी बस्तीमा बस्ने बिचार पो गरेँ त मैले त । नजिकै खेती अंधिया गर्ने ठाउँ भेटेको छु । यहाँको सबै तँलाई जिम्मा लगाउँछु । पछि अलि राम्रो भए, तँ पनि उतै जानुपर्छ । त्यो बेला चाहिँ नाई न भन् है....!"
बल्ल तेन्जिङले अघिदेखि शिशिर छट्पटीएको कारण थाहा पाउँछ ।

"भन् त तँ कहिले जान्छस्...?
मेरा नानीहरू पछि लाग्लान् कसैलाई केही पनि नभन्नु है फेरि । म पनि तँलाई पुर्याउन सदरमुकामसम्म जान्छु !"
तेन्जिङले मुटु मिचेर भन्यो ।

"पर्सि बिहानै भालेको डाकमा जान्छु ।"
शिशिरले पनि अध्यारो मुख पारेर भन्यो । दुवैले एक अर्कासङग आँखा जुधाउन सकेनन् ।

दिनभरि मनमनै रोईरहयो तेन्जिङ । सँगैको साथीले छोडेर जाने कुराले मन नै उदास बनायो। जहानले खाना खान बोलाउँदा पनि भाग त लियो तर निल्न सकेन। बरन्डामा बसि यता उता हेर्दै चुरोटको ठुटा सल्काएर तानिरहयो । मनमा अनेक कुराहरु खेलाउँदै ।

हुनत दुबैका श्रीमती खुब मिल्थे । दिदीबहिनी झैँ थिए उनीहरु । मन त उनीहरुको पनि रोएको थियोे । घरि घरि साडीको सप्कोले श्रीमान् बाट लुकेर अाशु पुछ्दै एक अर्काको मन पढ्न खोज्थे सबै । अामाको मन कत्ति दह्रो हुनुपर्छ ! अाफुले जन्म न दिएपनि अाफ्नै अगाडि हुर्केका छोराछोरीले छोडेर जाँदैछन् । दिल खोलेर अंगालेर रुन पनि पाएनन उनीहरुले । अरु नानीहरूले थाहा पाउँछन् भनेर ।

तेन्जिङको छोरी सिन्जि सुन्दर र हँसिली थिई। यता शिशिरको छोरा प्रेम पनि सुन्दर र पढ्नमा पनि तेज थियो । दुबैले प्रा.बि. सम्म सँगै पढे।सगै जाने अाउने गर्दथे । सिन्जिले लगेको खाजा बराबर बाडेर खान्थे। कहिलेकाही स्कुलबाट फर्कदा सिन्जिको अनुहार थाकेजस्तो भयो भने बाटोमा प्रेमले बोकेर तलसम्म लग्थ्यो । पछि नि.मा.बि. गाउँमा न भएकोले गर्दा सिन्जिले स्कुल छाडिन् भने प्रेमले २ घण्टा को पैदल हिडेर पढिरहयो। दुबै जना खुब मिल्ने गर्दथे मेलापात घाँस दाउरा गर्न सगै हुन्थे ।

पहिले एकैठाउ हुँदा तेन्जिङ शिशिरलाई भन्ने गर्दथ्यो, "हेर साथी एकदिन म तेरो छोरालाई ज्वाइँ नबनाई छाड्दिन। मेरो छोरीलाई एकछिन् त छोड्न मान्दैन तेरो छोरो ।"
"सक्छस भने बना न । छेत्रीको छोरा हो तेरो छोरिलाई के हेर्थ्यो र...। उल्टै तेरो छोरी पो पछि लागेकी छ....उ हेर त...हा..हा...हा....।"

पर दुई जना सगै डोकोमा सोत्तर ल्याउदै गरेको देखाउदै भन्छ शिशिर। सिन्जि पछिपछि प्रेम अघि अघि हुन्छ।

यसरी हासि मजाक चलिरहन्थो दुबैमा। तराई झरे पनि प्रेमको मन उतै थियोे। बाबाले सोध्दा केही हैन भनी टार्ने गर्दथ्यो।

शिशिरले ताप्लेजुङ छोड्ने बेलामा तेन्जिङलाई दिएको बाचा सम्झियो एक्कासि ।
" अो...हो..अाज त दुई बर्ष भएछ । हैन एकपटक त जानू पर्छ। यता अधियामा कमाउन खेत पनि पाईरहेकै छु । दुईजना भएपछि अझ सजिलो पनि हुन्छ । फेरि मैले बाचा पनि त गरेको छु। उताको खेत अरुलाई कमाउन दिउँला। बेला बेला बाली उठाउन कोही एक जना जाँदा भैहाल्छ।यस्तै सोचेर शिशिर लाग्यो पहाड तिर । एक हप्तापछि तेन्जिङका परिवार सहित लिएर आयो ।

तेन्जिङ दमक झरेपछी प्रेम र सिन्जीको पुनर्मिलन भएको थियो । प्रेम दमकमै उच्च शिक्षा पढ्दै थियोे। सिन्जिको साथले गर्दा उसलाई उर्जा मिलेको थियोे । सिन्जिले घरको काम जिम्मा लिएकि थिई। कलेजबाट अाउने बितिकै प्रेम भोक लाग्यौं भन्दै सिधै सिन्जिकोमा जान्थ्यो र उसले खादै गरेको खाजा खोसेर खान थाल्यो । ऊ रिसाउथी । प्रेम केही गाँस खाएर तैले पकाएको मीठो छैन भनी उठेर घरतिर जान्थ्यो । सिन्जिले पनि उ कलेजबाट अाउनु पूर्व नै खाजा तैयार गरेर राखेकि हुन्थि । कहिलेकाही समय मिल्न साथ दुबैजना एकान्तमा धेरै बेर हराउँथे। सिन्जिले उस्को काधमा टाउको राख्दै सोध्ने गर्थी,
" प्रेम...तिमी धेरै पढेर के गर्र्छौ नि।"

प्रेम परको छितिज देखाउदै भन्थ्यो,"धेरै पढेर जागिर खाएर, पैसा कमाएर, उ ......परको शहरमा घर बनाउछु । तिमीलाई बेहुली बनाएर सगै राख्छु।"
सिन्जि राति पिरो हुन्थि । प्रेमको कुरा सुनेर।अनि लजाएर कुरा टार्न खोज्थी ।
"अनि बा अामालाई नि।"
"घरमा माथिल्लो तला बनाउछु । त्यहीँ तिम्रो र मेरो बा अामालाई राख्छु" भविस्यका सपना सजाउदै मायामा हराउने दुवै जना ।

जनयुद्धको प्रभाव सबैतिर परिरहेको थियोे। गाउँ गाउँ बाट धेरै युवा युवती हराईरहेका थिए । कोही रहरमा त कोही जवरजस्ती। बेला बेला भिडन्तका खवरहरु अाउने गर्दथ्यो। यसबाट यस सुकुम्बासी बस्ती पनि अछुतो रहेन। केही दिन पहिलेबाट बस्तीमा नयाँ मान्छेहरुको चहलपहल हुदै थियोे। साझँ नपर्दै ढोकाहरु बन्दहुन थालेका थिए। एकदिन मध्यरातमा गोलिका अावाजहरु सुनिन थाले । मान्छेहरु सजिलै अनुमान लाउन सक्थे कि बस्तीमा पनि दोहोरो भिडन्त भईरहेको छ। कोही चिच्याउदै कोही कराउदै गरेको अावाज स्पस्ट सुनिन्थ्यो। २ घण्टा पछि अवाज शान्त भयो। मान्छेहरु डराउदै डराउदै फेरि निदाउन कोसिस गर्दै थिए । तर केही घण्टा पछि नै कसेनाका ड्रेस लगाउनेहरुले ढोका ढकढकाउन थाले । कसैले डराउदै ढोका खोले । नखोल्नेको बुटले हानेर ढोका फोड्न थाले। फेरि अर्को एउटा त्रास शुरु भयो बस्तिमा। सेनाहरु जवरजस्ति घर भित्र पस्दै चिलले कुखुराको चल्ला झम्टे झै गरि अाईमाइ केटाकेटी हेर्दै तान्न थाले । प्रतिकारमा अाउनेलाई बन्दुकको कुन्दै कुन्दाले हानेर घाईते पार्दथे। रातभरि कोही केही बोल्न अनि निदाउन नै सकेन्।

भोलिपल्ट बिहानै हराएका अाफन्त यता उता छन् कि भनी खोज्न थाले। बस्तीमा केही नयाँ मान्छेहरुको लास छरिएका मध्येमा गाउँलेका पनि थिए । शिशिरको छोरी र तेन्जिङको छोराछोरी र श्रीमतीका लास अझै भेटिएको थिएन। धेरै बेर खोजी गर्दा घर पछाडि को झ्याङ्गमा तेन्जिङको छोराको लास क्षत बिक्ष्यत अवस्थामा थियोे । गाउँका अरुको पर पर छरिएको थियो। अन्य केही गाउँलेको भने भेटिएको थिएन् ।सबैले कराउँदै रुदै खोज्दै थिए। त्यहाँ न मानवअधिकारवादि थिए न स्थानीय नेता। सबै जना अाफ्नो टाउको बचाउन लुकेका थिए।

करिब १ कि.मी.माथी रतुवाको बगरमा रगतले तलपतिएको अर्धनग्न अवस्थामा दुबैका छोरी श्रीमती र अन्य रातो फेटा बाधेका महिलाहरुको पनि लास थियो । मानौ रतुवामा पानी हैन रगत बगेको थियोे ।जो यही बस्तीका मानिसहरु थिए । केवल अरुको प्रतिशोधका लागि यी निर्दोष गाउले मारिएका थिए ।
तेन्जिङ र शिशिरका अाखा दिनभरि अोभाउन सकेनन । यसको प्रभाव दुवै परिवारलाई परयो । भाग्य भन्नू पर्छ , त्यो दिन सिन्जि पल्लो गाउँ मितिनीकहाँ गएकि थिई । त्यसैले त बाची । तर रातिको गोलिको अावाजले गर्दा उ न ननिदाइकन रुदै कराउँदै झिसमिसमा घर अाएकि थिइ ।

यो घटनाको केही महिना पछि शिशिरले अाफ्नो छोरालाई पढाइ छाड्न लगाएर बिदेशतिर पठायो। ऊ भने एक्लै दुख गर्न थाल्यो । यता तेन्जिङले एउटि छोरीको सानै उमेरमा बिवाह गरिदियो या भनौ उसले बाल बिवाह गरिदियो नरपशुहरु बाट बचाउन। अर्कि छोरी सिन्जिले विहे गर्न मानिन। उसको मनमा बेग्लै ज्वालामुखि दन्किरहेको थियोे । उ दिन प्रतिदिन रिसालु हुदै गईरहेकि थिइ । अाफ्नै अामा, बहिनी र भाइका बिभत्स लास अाखाबाट हटाउन सकेकी थिईन्। जुन उस्को मस्तिष्कमा नमेटीने छाप बनेर बसेको थियोे।

---------

यो पनि हेर्नुहोस् : प्रेम कथा

बिहानैबाट यता उता खोजी गर्यौ तेन्जिङले छोरी सिन्जिलाई , तर कहि कतै भेट्न सकेन। अाफन्त पहाड सबैतिर खोजि गर्यौ। जिउदो या मरेको केही थाहा पाउन सकेन। बस्तीकाले अनेकौं अड्कल काट्दैथिए । उ बदला लिन जंगल पसि होला..। कतै सेनाले समातेर....! तेन्जिङले केही सोच्न सकेन। यही पिरले उ अाफैबाट दिन प्रतिदिन कम्जोर हुदै गईरहेको थियोे ।

तेन्जिङको घरमा कहिले चुला बल्थ्यो कहिले बल्दैनथियो। ऊ खालि फुर्वा र छोराछोरीको फोटो हेरेर टोलाई रहन्थ्यो । कहिलेकाही शिशिरको घरबाट खाना अाउथ्यो तर केही गास भन्दा खान सक्दैनथ्यो । उ लगभग सबैबाट टाढा हुदै गईरहेको थियो। उमेर नै भए नि बुढो झै देखिदै थियो।

८ महिना पछि रातको करिब १०तिर बजे कसैले ढोका ढक ढक पारेको अावाज अायो ।ऊ चुपचाप केही नबोली बसिरहयो। धेरै बेरको ढोका ढकढकाई पछि "को हो" भनेर सोध्यो ।
सानो नारी स्वरमा....म साने....भन्ने आवाज आयो ।
को साने हो यति राती.... । फेरि तेन्जिङ कड्कियो ।

सिन्जिको सानोमा बोलाउने नाम साने थियोे। तेन्जिङले ध्यान दिएर सुन्यो आवाज । बोली पनि चिने चिने झै लाग्यो उसलाई ।

"साने....!
ऊ झस्कियो । यो त मेरो छोरी सिन्जि हो । हत्तपत्त बत्तीको स्विच दाबेर ऊ बाहिर निस्कयो। अागनिमा अार्मिको झै ड्रेस लगाएको टाउको मा फेटा र हाथमा पेस्तोल बोकेकी सिन्जि उभिएकी थिइ ।
अहिले ऊ कम्रेड शीतल भएकि थिइ । कुनै बेला ठुलो अावाज गर्दा डराउने, काटेको देख्यौं कि बेहोस् हुने अाज अाफै बन्दुक बोक्ने भएकि थिइ । अागनिमा अन्य साथीहरू पनि थिए उ जस्तै ।

उस्ले शिशिरको घरमा पनि गएर ढोका ढकढक्याइ । सिशिरले पनि डराउदै ढोका खोल्यो । अकस्मात आफ्नो सामु त्यो भेष भुसामा सिन्जिलाई देख्दा सपना झै लाग्यो शिशिरलाई पनि ।

उसले प्रेमका बारेमा पनि सोधि। एउटा चिठी निकालेर सिन्जिलाई दिदै भन्यो शिशिरले " हुनत तिमी शेर्पा कि छोरी हौ । तर मलाई केही फरक पर्दैन । मलाई थाहा छ,मेरो छोराले मन पराउछ तिमीलाई। अब तिमिले त्यो बन्दुक छोडेर यो घर संम्हाल । तिम्रै हो यो घर अब । अरबबाट पनि तिमीलाई भनेर उसले बेग्लै चिठी पठाएको छ लेउ ।"

राति धेरैबेरसम्म यी दुई परिवार गाउँले र सिन्जि सगै बसेर कुराकानी गरिरहे। बिहान भालेको डाकसगै सिन्जिले सबैसँग बिदा मागि । नयाँ बिहानी सगै क्रान्ति सफल पारेर मात्रै घर फर्कने र प्रेमको दुलही बन्ने अनि यहीँ बस्ने बाँचा बाधि ।
सिन्जिले लालसलाम गरि सबैतिर फर्केर । जनयुद्ध जिन्दावाद !! ठुलो आवाजमा नारा लगाइ । सबैले आवाज खप्टिए ।

अनि फनक्क फर्केर बाटो लागि नयाँ बिहानीको खोजिमा । उसका साथीहरूले पनि उसलाई पच्छ्याए लालसलाम गर्दै ।
.....जनयुद्ध जिन्दावाद......!
अमर सहिद जिन्दावाद....................! अावाज सानो सानो हुदै गईरहेको थियोे।

पूर्व अाकाशमा भर्खर सूर्य उदाउदै थियोे...!!



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.