Prem Story | Hamro Patro

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

लधुकथा : प्रेम




   सीता आस्था ढुंगेल - Apr 08 2024

ऊ हस्पिटलको बेडबाट भन्दै थियो । ‘अब निको भएर बिहे गर्ने ।’ प्रेम पनि थियो सोनीका सँग । ऊ आफूलाई थाह थियो मलाई क्यान्सर लागेकोछ । ब्लड क्यान्सर।बाँच्ने सम्भावना कम थियो तर पनि सपना सझाउँन भने उसले छाडेकै थिएन ।

जो स्वस्थ्य मान्छेले भोलिका लागि सपनामा बुनेर बाँच्छ । त्यस्तै सपना बुनेको थियो उसले पनि । साथीभाइबाट आर्थिक सहयोग राम्रै थियो । ठूलै सहयोग पुर्याएका थिए पैसा देखि अस्पताल सम्म । उसको आर्थिक अवस्था कम्जोर थियो । महिनै पिच्छे उसको शरीरमा ब्लड चढाउँनु परेको थियो । त्यो पनि साथी भाइकै सहयोगले सम्भव थियो ।
भरतपुर क्यान्सर हस्पिटलमा पाँच दिन पछाडि अप्रेसन छ भन्ने सुने पछि सोनीका आएकी थिई गाउँबाट । ऊ खुसीले पुलकित भएको थियो सोनीका आउँदा ।

सोनीका उसकी प्रेमिका । पाँच दिनमा उसको अप्रेसन हुँदैछ भन्ने सुनेर शान्त्वना दिन र सहयोग गर्न आएकी । डाक्टरलाई पनि थाह थियो ऊ बाँच्दैन । ब्लड उत्पादन गर्ने क्षमता छैन उसमा । कोसिस मात्र गर्न सकिन्छ । यो कुरा त उसको साथमा रहेको साथी मनोजलाई पनि थाह थियो । डाक्टरले पनि भनेकै हुँन् ।

मनोज पनि उसको स्वास्थ्य जीवनको कामना गरिरहन्थ्यो । आफ्नो साथी गुमाउन चाँहदैन थियो मनोज ।
अप्रेसन थिएटरमा लगियो । बाहिर प्राथना गरेर बसे सोनीका र मनोज । अप्रेसन सफल भयो ।

वार्डमा राखेर सोनीकाले सम्झाई अब तिमी बिसेक भए पछि हामी बिहे गर्नु पर्छ । सोनीकाको प्रेम र साथी मनोजको प्रेमले आत्मबल थपिँदै गयो । प्रेम औसधि बन्यो ।आत्माबल र प्रेमले क्यान्सरलाई पनि जित्यो ।






Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.