नेपालमा अाफ्नो पहिलो शोबाटै अहिलेसम्मकै सर्वाधिक रुचाइएको र हेरिएको रियालीटी शोका रुपमा द भ्वाइस अफ नेपाल सिजन १ को अहिलेसम्म अाधा दर्जनबढी श्रृंखला सार्वजनिक भइसकेको छ ।
संसारलाई एकै सुत्रमा बाँध्न कुनै चिज सफल छ भने त्यो हो सङ्गीत । गायन अनि विभिन्न वाद्यवाधनबाट तरङ्गीत सङ्गीत हाम्रो मानव सभ्यताको रगरगमा बसेको छ । कहिले भजन त कहिले मेलापात, कहिले चाडपर्व त कहिले दशैंको सरायँ, नेपाली परिवेशमा त सङ्गीतको बिछट्ट छाप सदासर्वदा रहिआएको छ ।
झ्याउरे, लोक, आधूनिक, पप, हिपहप, र्याप हुँदै अहिले सबै जनराका कभर गीत अनि अन्तराष्ट्रिय क्षेत्रमा समेत शास्त्रिय अनि मौलिक सङ्गीतमा प्रखर देखिएको नेपाली जनमा सङ्गीतको मोह अतूलनिय छ । नेपाली भूमिको कुना कन्दरामा रहेका प्रतिभाहरुको मूलधारको सङ्गीतमा पहुँच पक्कै पनि समान छैन तथापि नेपाली साङ्गीतिक नक्षत्रमा नयाँ नयाँ प्रतिभा अनि शैलीको खोजि गरिन जरुरी छ । गायन एउटा सपना हो जो हामीमध्य धेरै जनाको मनमष्तिष्कमा बसेको छ । गायक अनि गायकीको कुरा जब जब आँउछ तब तब आँउछ रियालीटी शोहरुका कुरा ।
रियालीटी शोको मञ्च अनि हातमा माईक लिएर उभिएका सहभागीहरु, उनीहरुको गायकी अनि निर्णायकहरुले उनीहरुमाथी दिने अभिव्यक्ति । सङ्गीत अनि कलामा हामी सबै विशेष छौं अनि एउटा बास्तविक कलाकार राष्ट्रले प्राप्त गर्नका लागि निर्णायकले राम्रो, नराम्रो भन्दा पनि प्रतियोगीलाई निखार्नु अनि सिकाउनु महत्वपूर्ण रहन्छ । कला त एउटा साधना न हो, जहाँ लगातारको साधना अनि प्राविधिक रुपमा सङ्गीत बुझ्ने शक्तिको महत्व धेरै रहन्छ ।
नेपालमा अाफ्नो पहिलो शोबाटै अहिलेसम्मकै सर्वाधिक रुचाइएको र हेरिएको रियालीटी शोका रुपमा द भ्वाइस अफ नेपाल सिजन १ को अहिलेसम्म अाधा दर्जनबढी श्रृंखला सार्वजनिक भइसकेको छ । हल्याण्डमा प्रथमपटक आयोजना गरिएको यस द भ्वाईस श्रृंखलाहरु अहिले विश्वका धेरै देशहरुमा प्रसारण भइरहेका छन् । पुराना धारका रियालीटी शोहरुमा प्रतियोगीहरु बिचको निरपेक्ष प्रतिस्पर्धा र अन्य देखावटी आधारहरुको तुलनामा द भ्वाईस सिरिज अलिक पृथक मानिन्छ ।
प्रतियोगीलाई कन्टेस्टेन्ट भनेंर प्रतिस्पर्धाको मैदानमा उचाल्ने अनि पछार्ने द भ्वाईस को पृथक शैलीले शो अवधिभर कुर्सी छाड्न दिन्न । प्रतियोगीलाई कन्टेस्टेन्ट भन्ने चलन छैन तर हरेकको गायनमा भेटिएको विविधतालार्इ सम्मान गर्दै द भ्वाईस सिरिजमा सहभागीलाई ट्यालेन्ट भन्ने शव्दसंज्ञा प्रयोग गरिन्छ ।
अब कुरा रह्यो, जज अर्थात निर्णायकहरुको । निर्णायक अर्थात कुर्सिमा पर बसेर सहभागीको प्रस्तुती हेर्दै सहि गलत खुट्याउन बसेका जज नव पुस्ताका अनूभूतिसंग सम्भवत नजित हुन नसक्लान । फेरी यो हैन की जज पुरातन हो अथवा अर्थहीन हो यो अाफैमा एउटा सम्मानसहितको शब्द हो, ठूलो भूमीका हो । अग्रेजी शव्द जज अर्थात् सही गलत छुट्याएर सजाय या कारावास सुनाउन बसेका न्यायमुर्तिहरु, यस्ता भूमिका अनि संज्ञा द भ्वाइस सिरिजमा भने नितान्त फरक अपनत्व पस्किन सफल भएको छ ।
यहाँ जज भन्ने शव्दको प्रयोग गरिँदैन्, र जज गर्ने पनि कोही हुँदैनन । जजको साटो कोच भनिन्छ । कोच अर्थात पथप्रदर्शक अझ भनौं सहभागी गायकहरुको गायकीमा निखार ल्याउनका लागि उपस्थित रहन्छन् मूर्दन्य सङ्गीत सर्जकहरु गुरुका रुपमा । नेपालभरिका ट्यालेन्टहरुलाई मार्गदर्शन तथा उनीहरुको गायनमा देखिएका त्रुटी, भेटिएका सम्भावनालार्इ थप सुधार गर्नका लागि सहयोग गर्न नेपाली सङ्गीत नछत्रका ४ अोजिला ताराहरु यस वर्षको प्रथम द भ्वाइस अफ नेपाल सिरिजमा देखिएका छन् जसमा बुवा पुस्ताका दीप श्रेष्ठदेखि नव पुस्ताका अभया सुब्बा, सनुप पौडेल अनि प्रमोद खरेल छन् । आ-आफ्ना विधामा प्रखर अनि अभ्यस्त यि ४ कोचहरुलार्इ यस प्रथम सिजनको द भ्वाईस अफ नेपाल छनौट गर्ने अभिभारा दिइएको छ ।
बिभिन्न फरक फरक बिधाका ४ जना यस्ता कोचहरु जसलाई ब्लाइण्ड अडिशनका क्रममा बजरबाट स्विकृति पाएका सहभागिहरुले आफै अाफ्नो कोच रोज्ने अवसर प्रदान गर्छ । ब्लाइण्ड अडिशनमा सहभागिको अनुहार नदेखिने गरि केवल आवाज मात्र सुनिने गरि बडेमानको अाकर्षक घुम्ने कुर्सीमा बिराजमान सबै कोचहरु पछाडि फर्केर बसेका हुन्छन् अनि सहभागीको प्रस्तुती मनपरेमा कुर्सि अघिल्लतिर रहेको बजर थिचेर सहभागीको सामुन्ने फर्कदछन् ।
यसरी कुनै एक कोचमात्र फर्कीएमा दोश्रो चरणका लागि सहभागी छनौट हुन्छ भने चारवटै कोच फर्किएको खण्डमा सहभागीको खुशीको कुनै सीमा रहँदैन र प्रचूर उर्जाका साथ अर्को राउण्डमा जाने बाटो पनि खुल्दछ । एक वा बढि कोचले बजर थिचेको खण्डमा सहभागीले आफ्नो रोजाई अनुसार कोच रोज्ने भूमिका पनि सहभागीकै भागमा रहन्छ तर त्यस अघि प्रत्येक कोचले सहभागीलार्इ अाफ्नो टोलीमा पार्न गरेको मीहिनेतका गतिविधि कुराकानी भने हेर्ने लायक हुन्छ मलार्इ त मन पर्ने सबैभन्दा रमाइलो क्षण यही हो तर उता सहभागी भने लगभग रणभूल्लमा पर्छन् दोधारे अवस्थामा पुग्छन्, के गर्नु यसको शैली नै यही हो ।
यसरी ब्लाइण्ड अडिशनबाट प्रत्येक कोचले आफ्नो तर्फबाट १२ जनाको टिम बनाएर उनीहरुलाई उत्कृष्ट गायक बन्नका लागि कोच गर्ने कार्य प्रारम्भ हुन्छ । यसरी प्रत्येक कोचको १२-१२ जनाको समूहबाट खारिँदै ६-६ जना अनि त्यहि क्रमलार्इ निरन्तरता दिंदै अन्तिम् चरणका लागि क्रमशः १-१ जना ट्यालेन्ट बाँकी रहन्छन् ।
फाइनलमा हरेक कोचका १ जना सर्वोत्कृष्ट ट्यालेन्ट बाँकी रहन्छन् र ४ कोचका ४ ट्यालेन्टबिच प्रतिस्पर्धा हुन्छ । कोचको समूह अनि प्रतिभाको प्रस्तुती दुबैमा कोच स्वंयमको पनि साखको सवाल हुन्छ । नेपाली टेलिभिजन इतिहासको यस एतिहासिक कार्यक्रममा अहिले नेपालमा दर्शकको चाँसो हेर्नेलायक छ यसले भविष्यमा अन्य नयाँ सोंचलार्इ पनि राम्रो कन्टेन्टका लागि बाटो खोलीदिएको छ ।
आउँदा दिनमा कार्यक्रमका समाचार अनि अन्य गतिबिधी लिएर नेपालीहरुको सर्वप्रिय मोबाईल सहयात्री मोबाइल एप्स हाम्रो पात्रो मार्फत् यहाँहरुको दैलोमा अाइनै रहनेछौं ।
नेपालको उत्कृष्ट आवाज छनौट गरिने यो कार्यक्रम नबिराई हेर्नुहोला, हरेक हप्ता शनिबार र आईतबार राती ९ बजेपछि कान्तिपुर टिभीमा, सोही दिन राती १० बजे पछि हाम्रो पात्रो मोबाईल एप्समा र "द भ्वाइस अफ नेपाल"को युट्यूब च्यानलमा प्रसारण भएका ताजा सिरिजहरु हेर्न सकिनेछ ।
-----
‘द भ्वाईस अफ नेपाल’का लागि सुयोग ढकाल