महावीर जयन्ती | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

महावीर जयन्ती





आउनुहोस् आज कुरा गरौँ जैन आदर्श को ।

प्रकृतिको अत्यन्त नजिक रहेको यस आदर्शमा तिन वटा मन्त्रहरू छन्, हामी सबैले सिक्न अनि मनन गर्न जरुरी तिन वटा मन्त्रहरू:

 अहिंसा अर्थात् हरेक प्रकारका हिंसा वाट परै रहने कुराहरू हुन् । हिंसा भन्ने बित्तिकै जनावर या मान्छे मार्ने मात्र नभईकन आफ्नो वचनमार्फत अरूहरूलाई चित्त दुखाउने अनि अरूको नराम्रो सोच्ने पनि पर्दछ है ।

अनेकान्त वाद
अर्थात् कुनै पनि कुरा या तथ्यलाई वह दृष्टिले हेर्न सक्ने क्षमता अनि कला हो । हामीहरू मध्य धेरै जनाले पहिल्यै एउटा विशेष विचार अनि धारणाले प्रभावित भएर तथ्य अनि सत्यको मन्थन गर्दछौ, शायद यसै कारणले होला हामीले सत्यको हरेक कोणहरूलाई नियाल्न नसकेको । उदहारणका लागी कालो चस्मा लगाएको आँखाले त पानी पनि कालै देख्छ नि हैन र ? यसरी एउटा मात्र नभई अनेक विचार र आदर्शले मात्र सत्य को मन्थन गर्न जैन धर्म र विचारले प्रेरित गर्दछ ।

अपरिग्रह
अर्थात् लोभ, लालच अनि संवेगहरूबाट पर रहन सक्नु अपिन आत्म शुद्धि लगायत दान पुण्यका मार्गहरूको पैरवी पनि यस जैन आदर्शहरूले गरेका छन् ।

यिनै जैन धर्मका महान् प्रवर्तक स्वामी महावीर को आज जन्मदिन भव्यताका साथ मनाइदैछ । स्वामी महावीरले आफ्नो मन, आफ्नो बोली र आफ्नो शरीर माथि नै नियन्त्रण गरी सासांरीक कुराहरूमाथि विजय प्राप्त गरेको उल्लेख छ, स्मरण रहोस् जैन धर्म सिन्धु घाँटी सभ्यताको प्राचीन धर्महरू मध्य पर्दछ । जैन धर्मग्रन्थ अनुसार जीव र अजीव गरी मुख्य दुई वटा पदार्थ तथा बनाउन र हटाउन नसकिने छ वटा द्रव्यबाट संसार बनेको हुन्छ । जसलाई जीव, अजीव, धर्म, अधर्म, आकाश र काल भनिएको छ । जैन धर्ममा ईश्वरलाई सर्व शक्तिशाली त्रिलोक ज्ञाताका रूपमा मात्रै मानिन्छ भने कर्ताका रूपमा जिन अर्थात् अरिहन्तलाई मान्दछन् ।

जैन धर्ममा २४ तीर्थंकरहरु
 जैन धर्ममा २४ तीर्थंकरहरु रहेको उल्लेख गरिएको छ, तिर्थकर भन्नाले धर्मको मूल मर्मलाई अगाडी बढाउने गुरुहरूको पुस्ता र नेतृत्वलाई बुझिन्छ । पहिलो तीर्थंकर ऋषभदेव र अन्तिम तीर्थंकर स्वामी महावीर नै हुनुहुन्छ ।

महावीरको जन्म
महावीरको जन्म ईश पूर्वभन्दा ५९९ वर्ष पहिला लिच्छवि वंशका राजा श्री सिद्धार्थ र माता त्रिशला देवीको कोखबाट कुण्ड ग्राममा भएको थियो । महावीरको जन्म हुनु पहिला उनकी माता त्रिशलाले १६ खालका सपना देखेकी थिइन् । ती सपनाहरूमा हात्ती, साँढे, सिंह, लक्ष्मी, फूल, पूर्ण चन्द्रमा र सूर्यहरू थिए । जैन धर्ममा तिर्थांकरहरुको जन्म हुनु अगाडि जन्म दिने आमाले उल्लेखित कुराहरू सपनामा देखेका हुन्छन् भन्ने मान्यता रहेको छ ।

जूभिका नाउँ गरेको गाउँस्थित ऋजूकूला नदी किनारमा घोर तपस्या सम्पन्न गर्नुभएको महावीरलाई वैशाख शुक्ल दशमीका दिन ज्ञान प्राप्त भएको थियो । असत्य र समानताका प्रवर्तक महावीर गुरुले वर्गभेद र आर्थिक असमानता पन्छाउन समताको सिद्धान्त समेत अघि सार्नुभएको थियो ।
अर्को तर्फ हिन्दु सनातन शास्त्रहरू ऋग्वेद लगायतका पौराणिक शास्त्रहरूमा पनि जैन धर्मका बारेमा उल्लेख गरिएको हुनाले यो स्पष्ट हुन्छ कि जैन धर्मको अस्तित्व वेद लेखिनुभन्दा अगाडि नै थियो । श्रीमद्भागवत महापुराणमा प्रथम तिर्थांकर श्री ऋषभदेवलाई विष्णुको आठौँ अवतारका रूपमा चर्चा गरिएको छ । त्यस्तै विष्णु पुराणमा पनि श्री ऋषभदेव, मनुस्मृतिमा प्रथम जिन अर्थात् ऋषभदेव, स्कन्द पुराण र लिङ्ग पुराण आदिमा बाइसौँ तीर्थंकर अरिष्टनेमीका बारेमा उल्लेख गरिएको छ । महावीरलाई फलफूल, चामल, पानी, सुगन्ध र पैसा आदि वस्तु चढाएर पूजा गरिन्छ । महावीर जन्म जयन्तीका अवसरमा जैन मन्दिरहरूलाई विशेष रूपमा सजाउने गरिन्छ । महावीर जयन्तीका अवसरमा जैन धर्मावलम्बीहरूले अहिंसा र्यालीहरु आयोजना गर्दछन् । गरिबहरूलाई भोजन जस्ता सेवामूलक काम गर्दछन् । काठमाडौँ नक्सालको जैन भवन लगायत देशैभरका जैन समुदाय अनि भवनहरूमा आज विशेष उत्साह रहन्छ । सामुदायिक क्रियाकलाप अनि अत्यन्त मेलमिलापका साथ आपसमा रहेका जैन समुदायहरूबाट हामी सबैले सिक्नुपर्ने कुराहरू धेरै छ । अहिंसा अनि बन्धुत्वका लागी यस समुदायलाई श्रेष्ठ मानिन्छ । हरेक वर्ष चैत शुक्ल पक्ष त्रयोदशी का दिन महावीर स्वामीको जन्म जयन्ती मनाउने गरिन्छ ।

ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥

हाम्रो पात्रोकालागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.