रहिनन् जयललिता | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

रहिनन् जयललिता




२ महिनादेखि चेन्नईको अपोलो अस्पतालमा उपचार गराइरहेकी जयललिता लार्इ हार्ट अटैक आएपछि आइ सी यु मा भर्ति गरियो



सोमबार राति ११.३० मा तामिलनाडु की मुख्यमन्त्रि जयललिताले आफ्नो अन्तिम स्वास फेरिन । ६८ बर्षिया जयललिताले राजनीतिमा प्रवेश गर्नुअघि करीब १४० चलचित्रमा अभिनय गरेकी थिइन । तमिल, तेलेगु, मल्यालम, कनाडा र हिन्दि फिल्महरुमा समेत अभिनय गरेकी जयललिता आफ्नो नृत्य र फरक जनराको चलचित्रमा अभिनय गरेकाले निक्कै चर्चित थिइन । खासगरी तामिलनाडुमा उनलाई "अम्मा" को उपनाम दिइएको थियो ।

२ महिनादेखि चेन्नईको अपोलो अस्पतालमा उपचार गराइरहेकी जयललिता लार्इ हार्ट अटैक आएपछि आइ सी यु मा भर्ति त गरियो तर निक्कै नै नाजुक अवस्थामा पुगिसकेकी जयललिता बाच्न सकिनन् र भारतले एउटा लोकप्रिय नेत्री गुमायो।  एउटा होनहार कलाकार र शक्तिशाली नेत्री को मृत्युले ले उनको सम्पूर्ण समर्थकलार्इ मात्र नभएर भारतीय सिनेमा जगत लार्इ पनि स्तब्ध बनाएको छ ।

थुप्रै भारतीय सिनेस्टारले सामाजिक संजालमार्फत जयललिताको असामायिक निधन प्रति दुख प्रकट गरे ।
त्यसरी दुख ब्यक्त गर्ने मा अमिताभ बच्चन , शाहरुख खान , रजनीकान्त , हेमा मालिनी , ए आर रहमान, परेश रावल र अरु थुप्रै कलाकारहरु थिए ।

जयलालिताका केहि नयाँ र पुराना तस्विरहरु :











*तस्वीरको श्रोत : इन्टरनेट



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.