"किस्मत २" चलचित्र समिक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"किस्मत २" चलचित्र समिक्षा




   Suyog Dhakal - Oct 13 2016

छवीराज प्रोडक्शनले निर्माण गरेको यो चलचित्र कस्तो बनेको छ त ?


किस्मत-२ चलचित्र समिक्षा - AUDIO कस्तो छ त "किस्मत २"?

सन २००७ मा रिलिज भएको रेखा थापा, आर्यन सिग्देल आदि अभिनीत चलचित्र किस्मतको सिक्वल किस्मत २, दशैंको मौका पारेर आज रिलिज भएको छ । छवी र रेखाको समबन्ध अलि चिसिएको कारणले गर्दा छवीले भने अर्की नायीका शिल्पा पोखरेललाई कास्ट गरेका छन् । दशैंताका रिलिज भएको यो चलचित्रलार्इ अर्को फिल्महरु "सुब्बासाप" र यसअघि नै उत्कृष्ट ब्यापार गरिरहेको "छक्का पञ्जा"ले राम्रो टक्कर दिनेछ । यस्तोमा छवीराज प्रोडक्शनले निर्माण गरेको यो चलचित्र कस्तो बनेको छ त ? आउनुहोस आज यसको समिक्षा तर्फ लागाैं ।

प्लट
जोमसोममा बस्ने एउटा दृष्टिविहीन युवतीको भूमीकामा छिन शिल्पा, जड्याँहा पिता, सौतनी आमा र दृष्टिविहीन छोरी रहेको परिवारमा एकजना परदेशी युवकको रूपमा पृथ्वीराजको अागमन हुन्छ र त्यसपश्चात् कथामा सबैले सोंचेजस्तै पृथ्वीराज र शिल्पाबिच प्रेम भइछाड्छ । शिल्पाको बुवाको मृत्यु हुन्छ अनि पृथ्वीराजले शिल्पालाई सहारा दिने उद्देश्यले काठमाण्डौ लिएर जान्छन् । शिल्पाको बुवाको मृत्यु हुन्छ र पृथ्वीराजले शिल्पालाई सहारा दिने हिसाबले काठमाण्डौ लिएर जान्छन, काठमाण्डौ लगेर उनले शिल्पाको आखाँको उपचार गर्दछन र शिल्पा देख्न थाल्छिन तथापि उनले आफ्नोलागि त्यति ठूलो सहयोग गरेको मानिस पृथ्वीराजलाई भने त्यसपछी कँही देख्दिनन र पृथ्वीराज गायब हुन्छन् । काठमाण्डौमा एक्ली रहेकी शिल्पालाई साथ दिनलाई किशोर खतिवडा आइपुग्छन र चलचित्रमा त्यसपछाडीका कथाहरु यी तीनबिचमा हुने त्रिकोणात्मक प्रेम नै हो ।

कथा पटकथा र संवाद
जड्याँहा पिता, सौतनी आमा र दृष्टिविहीन छोरी रहेको परिवारमा एकजना परदेशी आउने यो कथा कुनै पनि हिसाबले नौलो त हुँदैहैन त्यसैले चलचित्र किस्मत २ को कथापनि फरक भने कतैपनि छैन तर यो बाहेक कथाले धेरै कुराहरुलाई समावेश गरेको हुँदा चलचित्र अवधीभरमा यसले दर्शकलाई बोर हुन भने दिंदैन ।

कथा झैं पटकथापनि भिन्न छैन, झन दोश्रो हाफ त पूरै अनुमानयोग्य छ तर पनि पटकथा ठिकठाकै छ । संवादहरु केही खास छैनन, मसालेदार सिनेमामा हुनेजस्तो प्रभावशाली संवाद नभएतापनि चलचित्रमा सामान्य किसिमका संवादहरु छन् ।

अभिनय
डेब्यूट्यान्ट पृथ्वीराज प्रसाइले ठिकठाकै काम गरेको भएतापनि उनको इमोशनल सिन निकै कमजोर छ । किशोर खतिवडापनि रोमान्समा कमजोर लाग्दछन । उनको एक्शन तारिफयोग्य छ तर चलचित्रको भार आफ्नो काँधमा बोकेर चलचित्रकी नायीका शिल्पा प्रस्तुत भएकी छिन । उनको अभिनय निकै स-शक्त छ र उनले आफ्नो कलाकारिता निक्कै मज्जाले देखाएकीछिन, सन्तुलित अभिय गज्जबको छ । चलचित्रको अन्तिम् दृश्यमा उनी भिन्न अवतारमा देखापर्दछिन र त्यतीबेला हलमा ताली र सिठी बज्ने पक्का छ । त्यसबाहेक चलचित्रमा सन्तोष पन्तले जड्याहाँकारुपमा गरेको शिल्पाको बुवाको अभिनय तारिफयोग्य छ । बाँकी सहायक कलाकारहरुको अभिनय पनि राम्रो छ ।

प्राविधीक पक्ष
मदन कश्यप घिमीरेको छाँयाङ्कन उत्कृष्ट छ र उनले जोमसोमको दृश्यहरुलाई निकै मज्जाले क्यापचर गरेका छन्, अनन्त थपलियाको संपादन ठिकठाक छ भने दिनेश सुनामको पाश्र्व संगीतले फिल्ममा भरपुर रुपमा ड्रामा भरेको छ । अच्यूत घिमीरेको एनिमेशन अपत्यारिलो छ । अर्जून पोखरेल र दिपक शर्माका गीतहरु निकै उत्कृष्ट छन् । "तिम्रो पिक्चर हिट" र "तिमी आकाशबाट झरेकी अप्सरा" बोलका गीतहरु उत्कृष्ट छन् । कमल राई , किविराज र रामजी लामीछानेको नृत्य पनि राम्रो छ, चलचित्रको कला निर्देशन पनि राम्रो छ । चलचित्र निक्कै रिच देखिन्छ । चन्द्र पन्तको द्वन्द्व ठिकठाक छ ।

निर्देशन

ऋषी लामीछानेको निर्देशन राम्रो छ, उनले सिंगल स्क्रिनका दर्शकहरुकालागि एउटा पर्फेक्ट मसाला प्याकेज बनाउन खोजेका छन् र धेरै हदसम्म उनले किस्मत २ लाई अाफ्नो निर्देशनमार्फत् न्याय गरेकाछन् । क्लाइमेक्स अलि मज्जाले प्रस्तुत गर्न सकिने प्रशस्तै ठाँउ थियो तर पनि क्लाइमेक्स फिका लाग्दछ, त्यसबाहेक उनले यो चलचित्रमा ओके काम गरेका छन् ।

समीकरण
किस्मत २ मा केही पृथक काम त भएको पक्कै छैन तर चलचित्र हेर्दा कँही अल्छी पनि लाग्दैन । मल्टिप्लेक्स अडियन्सलाई यो फिल्म नपच्ला तर सिंगल स्क्रिनका दर्शकहरुले दशैंमा यो चलचित्रबाट पूर्ण मनोरञ्जन पाउनेछन् । शिल्पाको उत्कृष्ट पर्फोमेन्सकालागि पनि यो चलचित्र उन्का फ्यानले एकपटक हेर्नैपर्ने हुन्छ ।

हामी यो चलचित्रलाई कुल ५ मध्य ३ अकं दिन्छौ । 

-------

यो समिक्षा मन्दिप गाैतमको सहयोगमा सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.