Hindi Dubbing Of Awaited Movie Prem Geet Three | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै





प्रेम गीत -३ मा बाहुबलीका कलाकारहरुको पनि भोइस एक्टिङ्ग रहेको छ । प्रेमगीत - ३ को हिन्दी भाषामा डबिङ्ग को सम्पूर्ण काम सकिएको निर्माता,निर्देशक सन्तोष सेनले जानकारी दिनुभयो । फिल्मको सम्पूर्ण काम सकिन साथ चाँडै बिभिन्न भाषामा रिलिज गर्ने सेन को भनाइ छ । फिल्ममा हलियुड फिल्म deadpool, बाहुबली देखी KGF सम्मका मुख्य भोइस एक्टरहरुले फिल्ममा भोईस् मार्फत आफ्नो कला भरेका छन्.. भोइस् आर्टिस्टले फिल्म र कलाकारहरुको अभिनयको खुलेर प्रसंसा गरेकाछन ।

बाहुबलीमा भलालदेभ् का लागी भोइस दिएका मनोज पाण्डेले प्रेम गीत कुनै पनि एङगल बाट नेपाली फिल्म जस्तो नलागेको बताए । फिल्म को शुट देखी लिएर कुनैपनी कुरामा कमी नदेखिएको पाण्डेको दाबी छ । पाण्डेले फिल्मका निर्देशक र कलाकारको खुलेरै प्रसंसा गरेका छन । प्रेम गीत -३ ले नेपाली फिल्मलाई निकै उचाइमा पुर्याउने पाण्डेको विश्वाश छ । फिल्ममा एक माताको भूमिकामा स्वर दिएकी बाहुबलिकी अर्की भोइस एक्टर सविना मलिक मौसमले पनि फिल्म को खुलेर प्रसंसा गरिन । उनका अनुसार फिल्मको कथा अनुसार लोकेशन र कलाकारको अभिनयले फिल्मलाई सफल बनाउने दावी गरिन । नेपाली फिल्म को कथा अनुसार लोकेशन , भेस भुसामा र क्यारेक्टरमा धयान दिएर बनाइएको फिल्म भएको अर्का भोइस एक्टर मनिस भवन को भनाइ थियो । फिल्म मा deadpool देखी सैयौ साउथ् फिल्ममा भोईस् दिएका संकेत म्हत्री ले प्रेम को र काजल अग्रवाल लगायत धेरैलाई आवाज दिएका पूजा पन्जावी ले गीत को भूमिकामा भोइस दिएकाछन । उनिहरु सङ्गै आयुशी , अजय यादव ,शक्ती सिंह ,KGF मा येश् को भोइस् दिने सचिन गोले र समय को भोइस एक्टिङ रहेकोछ ।

प्रेमगीत ३ को हिन्दी डब यसरी हुँदैछ :


फिल्म को क्यारेक्टर अनुसार फिल्ममा बलिवुडकाका दिग्गज कलाकारको साथ रहेकोले प्रेम गीत ३ को बाँकी काममा पनी कुनै कुराको कम्प्रमाईज् नगर्ने सेनले दाबी गरेका छन..२०० सय बर्षअघिको प्रेम काहानीलाई पर्दा मा उतारेको फिल्म स्वर्गिय छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेकाछन । छेतेन गरुङ र मन्दिप गौतमले लेखक हुन । सन्तोष सेन निर्माता रहेको फिल्ममा सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल छन् । फिल्ममा मा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङग, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.