"गिनिज बुक" मा नाम दर्ता गराउन तयार चलचित्र "जालो र जालो रीटर्न्स" | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"गिनिज बुक" मा नाम दर्ता गराउन तयार चलचित्र "जालो र जालो रीटर्न्स"




यसअघिको ३ घण्टा २८ मिनेट ४ सेकेन्डको रेकोर्ड तोड्न ४ घण्टा लामो सिंगल सोट चलचित्र बनाएको चलचित्रका निर्देशक अराज केशब र निर्माता मोहित मुनालले हाम्रो पात्रो संगको कुराकानीमा बताउनु भयो ।


अराज केशब र मोहित मुनालसंगको कुराकानी वान सट भूमी 'जालो' विशेष

संसारको सबैभन्दा कान्छा निर्देशक बनेर नेपाली चलचित्र जगतका सौगात बिष्टले "गिनिज बुक अफ वर्ल्ड रेकर्ड" मा आफ्नो नाम दर्ता गराएको धेरै समय नबित्दै एउटा अर्को चलचित्र "जालो र जालो रीटर्न्स" मार्फत् पुनः एकपटक गिनिज बुकमा आफ्नो नाम दर्ता गराउन तयार भएको छ ।

यस चलचित्रले भने एकै सट मा ४ घण्टाको चलचित्र सकाएको हुनाले गिनिज बुकमा नाम दर्ता हुने लगभग पक्का पक्कि भएको हो । जालो र जालो रीटर्न्सले यसअघिको ३ घण्टा २८ मिनेट ४ सेकेन्डको रेकोर्ड तोड्न ४ घण्टा लामो सिंगल सट चलचित्र बनाएको चलचित्रका निर्देशक अराज केशब र निर्माता मोहित मुनालले हाम्रो पात्रोसंगको कुराकानीमा बताउनु भयो ।



विश्व सामु देशको नाम चिनाउने गरि चलचित्र जालो र जालो रीटर्न्स निर्माण गर्न सजिलो नभएको वहाँहरुको भनाइ थियो । सुरुमा कसैले पनि वहाँहरुको सोंचलार्इ प्रोत्साहन दिएनन्, सबैले एस्तो फिल्म निर्माण गर्न लगभग असंभव छ भन्दा भन्दै पनि आफुहरुले यो काम गरेकोमा दुवैले निक्कै खुशी ब्यक्त गरे । निक्कै नै चाँडै दर्शकले हेर्न पाउने वहाँहरुको यो प्रयास सिंगल सट फिल्म मात्र नभएर एउटा भरपूर व्यवसायीकता बोकेको मूलधारको चलचित्र बनेको र दर्शकलार्इ चलचित्र हेर्दा यो सिंगल सट मै खिचिएको भन्ने भान सम्म पनि नपर्ने कुरा चलचित्रका निर्माता मोहित मुनालको गर्नुभयो ।

त्यस्तै यसअघि "बिर्खेलाइ चिनछस" निर्देशन गरिसकेका निर्देशक अराज केशबले भने यस्तो चलचित्र देशमै पहिलो पटक बनेको हुँदा प्रदर्शनमा आएपछि सम्पूर्ण नेपालीले एकचोटी भएपनि जालो र जालो रीटर्न्स हेर्नैपर्ने बताउनु भयो ।

चलचित्र जालोको गीत सुन्न यहा क्लिक गर्नुहोस :

निक्कै नै चाँडै गिनिज बुक मा नाम दर्ता गराएर एतिहासिक चलचित्र बन्न लागेको यस चलचित्रमा अनुप बिक्रम शाही , निर शाह , मेनुका प्रधान , निराजन प्रधान , रेमोन दास आदि कलाकारको अभिनय रहेको छ ।

चलचित्र जालो र जालो रीटर्न्सले ४ घण्टा लामो सिंगल सट मा दुर्इ चलचित्रको कथा समेटेर मङ्गसीर १५ गते नै एउटा सफलता कायम गरिनै सक्यो , गिनिज बुकमा नाम दर्ता गराउने औपचारिकता चाडै सकियोस्, हाम्रो पात्रोको तर्फबाट जालो निर्माण टोलीलालार्इ अग्रिम शुभकामना र धेरै धेरै बधाई ।

------------
हाम्रो पात्रोकोलागि मन्दिप गौतमले तयार गर्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.