कस्तो बनेको छ चलचित्र “लाल पुर्जा”? - समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्तो बनेको छ चलचित्र “लाल पुर्जा”? - समीक्षा




   मन्दिप गाैतम - Jan 20 2018

आफ्नो पहिलो चलचित्र “छड्के” निर्देशन गरेको लामो अन्तराल पछी निर्देशक निगम श्रेष्ठले आफ्नो दोश्रो चलचित्र “लाल पुर्जा” निर्देशन गरेका छन् । “लाल पुर्जा” नाम सुन्ने बित्तिकै सबै चलचित्र प्रेमीहरुको मनमा "मह जोडी"को पुरानो तर यादमा ताजा बसेको नाटक शृंखला आउने गर्दछ । के निगम श्रेष्ठको सौगात मल्ल र बिपिन कार्की अभिनीत यो चलचित्रले पुरानो लाल पुर्जाको स्तरलार्इ भेटाउन सक्छ त ? जानौं चलचित्र लाल पुर्जाको समीक्षामा ।

प्लट
लालपुर्जा दुइ दाजु भाइ (सौगात मल्ल र बिपिन कार्की) बीच भएको बाउको जग्गाको अंश बण्डा बीचको तालमेल नमिल्दा उत्पन्न भएको बिबादको कथा हो । गाँउका मुखिया हरिहर शर्मा, सधै झगडा गरिरहने यी दुइ दाजु भाइलार्इ मिलाउने प्रयास गर्दैछन् । के कस्तो उपाय लगाउछन् त मुखियाले ? के पछी यी दाजु भाइको सम्बन्ध सुध्रिन्छ ? यो सबै जान्न यहाँहरुले चलचित्र "लाल पुर्जा" हेर्नपर्ने हुन्छ ।

कथा पटकथा संवाद
बिक्रम सिंह थारु र निगम श्रेष्ठको कथा पृथक छ, राम बाबु गुरुङ निर्देशित पुरानो डुंगा जस्तै यो पनि दुइ दाजु भाइकै विबादको कथा हो । तर, मितेरी गाँउ , सौगातको प्रेम कथा , मुखियाको पात्रले यो कथालार्इ रोचक बनाएको छ । सुजित बिडारीको पटकथामा थोरै समस्या अवश्य छ, चलचित्रको सुरुवातको बिस मिनेटले दर्शकको ध्यान तान्न सकेको छैन । त्यसपछि भने बल्ल चलचित्रले लय पकड़छ र अन्त्यमा क्लाइमेक्स उल्लेखनीय छ । "पर्पल गाँउ" काल्पनिक भएपनि यँहाका बासिन्दाहरु मौलिक लाग्दछन् । चलचित्र हास्य दृश्यहरु निक्कै फितलो छ, पात्रहरुको दमदार प्रस्तुति बावजुद दर्शकहरु मन खोलेर हास्न भने सक्दैनन् ।

संवादको कुरा गर्न पर्दा, चलचित्रको मुख्य कमजोरी नै संवादहरु हुन पुगेका छन्, संवादहरु सटिक नहुदा यसले दर्शकको मुड बिगार्छ । रमाइलो र प्रभावशाली संवादहरुको कमि प्रसश्तै महसुस हुन्छ ।

कलाकार
सौगात मल्ल फाट्टफुट्टका केहि दृश्यहरुमा अलि धेरै नै लाउड लाग्दछन्, आफ्नो पात्र भन्दा पनि लाउड । त्यसबाहेक फेरी एकपटक फरक गेटअपमा उनले राम्रो काम गरेका छन् । बिपिन कार्कीको काम अव्वल छ, उनको अभिनयमा भने त्यो सन्तुलन महसुस हुन्छ । उनले आफ्नो प्रस्तुतिबाट दर्शकको मन जीत्नेछन् । मेनुका प्रधान र कामेश्वोर चौरसिया जस्ता अव्वल कलाकारहरुलार्इ निर्देशक निगम श्रेष्ठले आफ्नो चलचित्रमा त्यति स्थान दिन सकेका छैनन् । पर्दामा रहदा पनि कामेश्वोर चौरसियाको कमि दर्शकलाई महसुस हुन्छ । हरिहर शर्माले आफ्नो पात्रलार्इ न्याय गरेका छन् भने मिरुना मगरको काम राम्रो छ । खासमा चलचित्रले मिरुनाको इन्ट्री पछी लय समात्न थाल्दछ ।

प्राविधिक पक्ष र सङ्गीत
नरेन्द्र मैनालीको छायांकन उत्कृष्ट छ, उनले निर्देशक निगमको साथमा मिलेर अव्वल दर्जाको फ्रेमिंग गरेका छन् । लामो समयपछी यो स्तरको छायांकन देख्न पाउदा दर्शक उत्साहित हुनेछन् । लोकेश बज्राचार्यको सम्पादन ठिक छ , केहि दृश्यहरु नभएको भए फरक पर्दैन थियो होला जस्तो अनुभव हुन्छ, खासमा सुरुकै २० मिनेटमा त्यस्ता दृश्यहरु छोट्याउन सकिनेथियो । टाईम ल्याप्स ट्रान्जिसन भएतापनि चन्द्रमाको मोन्टाज अत्यधिक राखिएको छ । ज्यासन कुँवरको ब्याकग्राउण्ड स्कोर चलचित्रको अर्को मजबुत पक्ष हो । छायांकन जस्तै स्तरीय ब्याकग्राउण्ड म्युजिकले दर्शकलार्इ राम्रो महसुस गराउनेछ । साजन थापा मगरको कला निर्देशन पनि तारिफयोग्य छ ।

सङ्गीतको कुरा गर्न पर्दा नाइट ब्याण्डको मितेरी एन्थम उत्कृष्ट छ, चलचित्रमा अर्को पनि एउटा गीत छ र त्यो गीत पनि ठिक छ ।

निर्देशन
लामो समयपछी चलचित्र निर्देशन गरेका निगम श्रेष्ठले आफ्नो कथा दर्शकमाझ मजाले पुर्याएका छन्, काल्पनिक मितेरी गाँउमा भरपुर मौलिकता भर्न उनि सफल छन् । क्लाइमेक्समा उनको काम प्रशंशनिय छ । तर चलचित्रको सुरुवात थोरै कम्जोर भने पक्कै छ । उनले धेरै हदसम्म चलचित्रलार्इ न्याय गरेका छन् ।

समीकरण
समग्रमा लाल पुर्जा चलचित्र हेरिसकेपछि यँहाहरुको मन खिन्न भने हुदैन । फिक्का सुरुवात र संवाद सम्पादन नभएको हुदा समय समयमा दर्शकको मुड थोरै खिन्न हुन्छ । चलचित्रको कथा, बिपिन कार्की , छायांकन र ब्याकग्राउण्ड म्युजिकले चलचित्रलार्इ एक पटक हेर्न सकिने चलचित्र अवश्य बनाएको छ ।

रेटिंग : ३/५ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.