कस्तो बनेको छ चलचित्र "राज्जा रानी"? - समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्तो बनेको छ चलचित्र "राज्जा रानी"? - समीक्षा




   मन्दिप गाैतम - Jan 07 2018

नाजिर हुसैन -केकी अधिकारी अभिनित चलचित्र "राज्जा रानी" यो हफ्ताबाट प्रदर्शनमा आएको छ । रमेश एम के पौडेलले निर्माण र यम थापाले लेखन निर्देशन गरेको यो चलचित्रले सार्वजनिक गरेको ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया बटुली सकेको छ । सन् २०१७ नेपाली चलचित्र जगतको लागि एउटा उत्कृष्ट बर्ष रहन सफल रह्यो, आउनुहोस् जानौं के सन् २०१८ को पहिलो प्रदर्शन चलचित्र "राज्जा रानी" यो बर्षको लागि एउटा उत्कृष्ट सुरुवात हुन सक्छ त ?

प्लट
"राज्जा यादव" अर्थात नाजिर हुसैन आफैले मानेको भोलिको कन्फर्म मन्त्रि हो । उनलाई आफ्नै गाँउको गारिब बाउ कि छोरी केकी अधिकारी अर्थात रानीसंग प्रेम बस्छ । तर रानी अर्थात केकीको परिवार उनको विवाहमा दाइजो दिन असक्षम छन् । यस्तोमा के हुन्छ त राज्जा र रानीको प्रेम सम्बन्ध , यसको लागि यहाँहरुले चलचित्र "राज्जा रानी" हेर्नपर्ने हुन्छ ।

कथा पटकथा संवाद
चलचित्र राज्जा रानीको कथाले समाजमा चलिआएको नारि प्रतिको भेदभाव, दाइजो प्रथा, एसिड आक्रमण र अरु थुप्रै कुराहरुको बारेमा संदेश दिन खोजेको छ र सबै भन्दा महत्वपूर्ण कुरा, संदेशलार्इ मनोरञ्जनात्मक ढंगले दिन खोजिएको छ । निर्देशक यम थापाको पटकथाले चलचित्रमा संदेश र मनोरञ्जन बीचको तालमेल उत्कृष्ट किसिमले मिलाएका छन् । चलचित्रले कहि पनि पकड छाड्दैन, पहिलो हाफ उत्कृष्ट छ , तर दोस्रो हाफ केहि समस्या बोकेर अवश्य आएका छन् । लेखक निर्देशक यम थापाले नाजिरको हिरो लाग्ने पहिलो हाफको पात्रलार्इ दोस्रो हाफमा सीधै भिलेन बनाइदिएका छन् । यहाँ गएर चलचित्र थोरै चित्त नबुझ्दो अवश्य हुन्छ ।

गाँउमा कसैले विबाह नगरेको गरिब बाउ कि छोरीलार्इ बिना दाइजो विबाह गर्ने नाजिरमा एक्कासी शैतान रुप देखिन्छ जुन अलि अपाच्य छ , दर्शकहरु नाजिरको पात्रमा आएको परिवर्तन बुझ्न नसक्दा नसक्दै राज्जाले जे पनि गलत गर्न थालि सकेका हुन्छन् । पहिलो हाफमा केहि गलत नदेखिने राज्जाको पात्रमा दोस्रो हाफमा भने केहि सहि देखिन्न । तर, जसोतसो चलचित्रको बेगले दर्शकहरुलाई यस्तै सानो सानो कुराहरुमा अल्झी राख्न भने दिदैन । संवाद चलचित्रको अर्को उत्कृष्ट पक्ष हो, ट्रेलरमा सुनिएका थुप्रै संवादहरुले तपाईको दिमागमा छाप छोड्न सफल भएको थियो होला, चलचित्र हेर्दा त्यस्तै संवादहरु अझ धेरै सुन्न सकिनेछ ।

कलाकार
नाजिर हुसैन (राज्जा यादव) ले फेरी एकपटक आफ्नो अभिनयबाट सबैको मन जीत्ने पक्का हो, तर उनको पात्र सहि देखि गलत हुनुमा राम्ररि नडोहोर्याइएको हुनाले उनले दोस्रो हाफमा दर्शकर्लाइ कन्फ्युज अवश्य गराउछन् । केकी अधिकारीको अभिनय पनि तारिफयोग्य छ । खासमा कलकारहरुको अव्वल प्रस्तुति कै कारण पनि चलचित्रले आफ्नो होल्ड छाडेको छैन । दीपक क्षेत्रीले यस चलचित्रमा आफ्नो प्रभाव अवश्य छाडेका छन् । त्यसबाहेक कामेश्वोर चौरसियाले सदाझै इम्प्रेस गर्छन, उनको लक्ष्मी बर्देवासंगको रोमान्स दर्शकहरुले अवश्य रुचाउनेछन् । बाकि सबै कलाकारहरुको प्रस्तुति पनि अव्वल छ । चलचित्रमा रेखा थापाको सरप्राइज उपस्थिति छ , तर त्यो पात्रमा रेखा कतिको उपयुक्त थिइन, त्यो भने बुझ्न सकिएन ।


प्राविधिक पक्ष र संगीत
पुरुषोत्तम प्रधानको छायांकन सदाझै अव्वल नै छ । बिक्रम कार्कीको ब्याक ग्राउण्ड स्कोर राम्रो छ । चन्दन दत्तको सम्पादन तारिफयोग्य छ भने संगीतको कुरा गर्न पर्दा "चिपक चिपक" बोलको गीत राम्रो छ र चलचित्रमा पनि राम्रो स्थानमा आउछ । सो गीतमा बिक्रम सवारको नृत्य निर्देशन पनि उल्लेखनीय छ ।

निर्देशन

निर्देशन एबं लेखक यम थापाले आफ्नो पहिलो निर्देशन चलचित्र "राज्जा रानी"लार्इ सकेसम्म उत्कृष्ट बनाएकै छन् । तर दोस्रो हाफ थोरै फिक्का अवश्य छ र चलचित्रको अन्त्य अति सरल लाग्दछ । उनको निर्देशन समग् मा ठिक छ तर थोरै मात्र तलमाथि भएर उनले एउटा सर्वोत्कृष्ट चलचित्र बनाउन भने चुकेका छन् ।

समीकरण
राज्जा रानीले २०१८ को सुरुवात मै नेपाली चलचित्र जगतलार्इ एउटा राम्रो सुरुवात दिन सफल भएको छ । चलचित्र उत्कृष्ट पहिलो हाफ र ठिक ठाक दोस्रो हाफले तपाईलाई मनोरञ्जन अवश्य प्रदान गर्नेछ । यो चलचित्र हेर्नपर्ने किसिमको चलचित्र बनेको छ ।

रेटिंग : ३/५ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.