पर्यटन बोर्डले देखाएको 'हुम्ला चित्र' | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

पर्यटन बोर्डले देखाएको 'हुम्ला चित्र'




   मन्दिप गाैतम - Feb 03 2017
पर्यटन बोर्डका सुधन सुबेदी सँगको कुराकानी

नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्धनको लागि हरेक अंग्रेजी महिनाको पहिलो साता नेपाल कै कुनै ठाउँ या व्यक्ति बिशेष तस्विरहरुको प्रदर्शन गर्दै आएको छ। यहि सिलसिलालार्इ कायम राख्दै बिहिबार नरेस कुसी र उनको एकजना मित्र मिलेर क्यामेरामा कैद गरेको नेपालको बिकट मानिने हुम्लाका केहि तस्विरहरु स्वदेशी तथा बिदेशी दर्शकहरुको लागि प्रदर्शनमा राखियो ।

नेपाल पर्यटन बोर्डको प्रांगणमा हुम्लाका ति जीवन्त तस्विरहरु हेर्दा आँखालार्इ आनन्द महसुस मात्र भएन मनमा उत्साह र गर्व पनि भरीयो ।भनिन्छ नि “तस्विर आफै बोल्छ” , हुम्लाका ति तस्विरहरुले त्यहाँ को सौन्दर्यता र भौगोलिक बिविधतालार्इ प्रष्टै ब्याख्या गरेको छ ।


नेपालकै धेरै भन्दा धेरै जनसंख्यालार्इ यो अनुमान छैन कि हाम्रो देशमै स्वर्ग जतिकै सुन्दर स्थानहरु छन् । पर्यटन बोर्डले यो अभियान त्यहि व्यक्तिहरुको लागि पछिल्लो एक बर्ष देखि आयोजना गर्दै आएको हो ।तस्विर प्रदर्शनीमा राखिएको एउटा तस्विरमा हुम्लाबाट देखिने तिब्बतको कैलास पर्वत र मान सरोवर देखा पर्यो। हिन्दु धर्मावलम्बीहरुको लागि बिशेष महत्व राख्ने ति पर्वत हेर्न आफ्नै देश बाटै पाइने कुरा सायद प्राय कसैलाई थाहा छैन होला । तर पर्यटन बोर्डको यो फोटो प्रदर्शनीमा सहभागी भएर सबैले यस्ता र यो भन्दा अरुपनि धेरै थाहा नभएका कुराहरुको जानकारी लिन सक्नुहुनेछ । सर्वसाधारणहरुको लागि यो प्रदर्शनी निशुल्क यहि शुक्रवार देखि आइतवार सम्म खुल्ला रहनेछ । पर्यटन बोर्डको यो निम्तो स्वीकारेर यहाँहरु सबैजना यो तस्विर प्रदर्शनीमा जान सक्नुहुनेछ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका अन्तराष्ट्रिय स्तरका साइकल चालक पुस्कर शाह ले फोटो टागेर तस्विर प्रदर्शनी को उद्घाटन गरेका थिए ।


तस्विर प्रदर्शनीको उद्घाटन कार्यक्रममा  पुगेका हाम्रो पात्रोको टिम ले नेपाल पर्यटन बोर्डका सुधन सुबेदी सँग कुराकानी गर्दा उहाको भनाइ अनुसार मानिसहरु बिकट भनेर हुम्ला जस्तो ठाउँ जाने योजना सित्ति मित्ति बनाउदैनन् तर सबैले कुनै पनि ठाउँ बिकट भनेर नजाने नभई त्यस ठाउँको सुन्दरताको लागि त्यहाँ जानु पर्ने बताउनु भयो ।


 यो वर्ष पर्यटन बोर्डले घुमफिर बर्ष नेपाली पर्यटकहरुका लागि नै लक्षित भएको र नेपाली पर्यटक ले सक्दो धेरै भन्दा धेरै  स्वदेशी ठाउँ हरु घुम्न पर्ने उहाले हामीसँग को कुराकानी मा उल्लेख गर्नु भयो । कहाँ जाने भनि अन्योलमा भएका हरुका  लागि पर्यटन बोर्ड को वेबसाइट www.welcomenepal.com मा  हेरे  स्वदेशका बिभिन्न रमणीय स्थलहरुको  जानकारी त्यहि पाइने उहाको भनाइ थियो । पर्यटन बोर्ड का सुधन सुबेदी सँग भएको कुराकानी ब्रिस्तित रूपमा हाम्रो  अडियो सामाग्री मा सुन्न सक्नु हुनेछ । सम्पूर्ण देश बासीलाई लक्षित गरिएको यो घुमफिर वर्षमा धेरै भन्दा धेरै ठाउँहरु पुगौ ,  पर्यटन बोर्ड को यो सम्माननीय  प्रयासलार्इ हाम्रो पात्रो स हृदय कदर गर्दछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.