मीन बहादुर शेरचन, सगरमाथा समाधी | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मीन बहादुर शेरचन, सगरमाथा समाधी




   Suyog Dhakal - May 09 2017

चैत बैशाख पर्वतारोहणको समय हो, यसै समय ताका धेरैले शिखर चुम्ने, पूनः चुम्ने अनि किर्तिमान राख्ने सोच राखेका हुन्छन् । यहि वर्ष सन् २०१७ को मे ७ मा मीन वहादुर शेरचनको सगरमाथा आरोहणको तैयारी क्रममा आधार शिविरमा मृत्यू भएको छ ।

सगरमाथा चढ्ने सबैभन्दा बुढा पर्वतारोहीको किर्तिमान सन् २०१३ सम्म यिनै बिर मीनवहादुर शेरचनको नाममा थियो भने जापानका अर्का यस्तै आरोही यूछिरो मिरुवाले सन् २०१३ मा ८० वर्षको उमेरमा सगरमाथामा पाईला टेकेपछी मीनवहादुरको ७६ वर्षको किर्तिमान तोडिएको हो ।


८५ वर्षिय मीनवहादुर यस वर्ष आफ्नो अन्तीम अनि किर्तिमानी आरोहणका लागी आधार शिविर पुगेका थिए तथापी नियतीलाई अरुनै केही मञ्जुर थियो । साहसका पर्याय ब्यक्तित्व अनि पूर्व ब्रिटीश सैनिकले आफ्नो अन्तीम श्वाँस त्यही लिए ।

यो पनि हेर्नुहोस् :अमेरिका जहाँ नयाँ व्यापारको आविष्कार हुन्छ 

मीनवहादुर वास्तवमै अत्यन्त वहादुर जीवन बाँचेर गएका छन्, ८५ वर्षम पनि उन्को अनवरत साहस अनि लक्ष्य केन्द्रित क्रियाकलापको आज संसारभरिका सञ्चार माध्यमहरुले खुलेर प्रशंशा गरिरहेका छन्, आँउदा पुस्ता अनि हामीसबैले मीनवहादुरको दढ संकल्पवाट सिक्नपर्ने कुराहरु धेरै छ । नेपाल टुरिज्म वोर्डले पनि शनिबार उन्को मृत्यूको पुष्टी गरेको छ, चिकित्सकहरुको अनुमानमा उन्लाई हृदयाघात भएको जनाईएको छ । मीनवहादुरका किर्तिमानको प्रतिद्धन्दी जापानका मिउराले ८१ वर्षको उमेरमा पूनः आफ्नो किर्तिमान तोड्न चाहेकोमा मौसम प्रतिकुलताले गर्दा नसकेको वताईएको छ, उन्ले ४ वर्ष अगाडि पूनः आरोहणको अभ्यास गरेका थिए ।

सन् २०१५ मा सगरमाथा आरोहणका क्रममै भुईचालो का कारणले प्राकतिक प्रतिकुलता देखिएपछी मीनवहादुर र उन्का समुह फर्केका थिए, त्यसै वर्ष एउटा जर्मनी एजेन्सीलाई उन्ले सगरमाथा चढ्न चाहनुको कारण यसरी प्रष्ट्याएका थिए ।
  

म जस्ता बृद्धबृद्धाहरुले पनि ठूला र साहसी सपना देख्न नहिच्किचाउन भनेर म यस उमेरमा पनि सगरमाथा चढ्न चाहन्छु, मेरो सगरमाथा आरोहण पुराना पुस्ताकालागी गर्व होस् ।

२० जुलाईमा भएको उन्को जन्म दिनका शुभकामनाहरु उन्को फेसबुकमा अझै देख्न सकिन्छ, नाती नातीनासँग आईसक्रिम खाँदै गरेका मीन वहादुरको हंसमुख फोटो भएको फेसबुक पेजले उन्को सरल र शालिन जिवनशैली ब्याख्या गर्दछ । सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका यी आरोहीका कथाहरु अब ईतिहासले सुत्रधार भएर सुनाँउनेछ । यिनै मीनवहादुरले सन् २००३ मा नेपाल भरि १२०० किमी पैदलयात्रा गरेका थिए, उमेरलाई भसक्कै जितेका यीनी समय योद्धाको साहस अभुतवूर्व थियो र रहनेछ ।

त्यस उमेरमा पनि सगरमाथा आरोहण गरेर अन्तराष्ट्रिय किर्तिमान वनाँउनकालागी सरकारी तवरवाट खासै सहयोग नभएको र आर्थिक समस्या रहेको उन्का नजिकका मान्छेहरु वताँउदछन् ।

सन् १९५३ मा एडमन्ड हिलारीसँग सगरमाथा को चुचरो चुम्न सफल आरोही तेन्जीगं नोर्गेलाई आफ्नो प्रेरणाका श्रोत मान्ने यि पर्वतारोहीले सन् १९६० मै विश्वको सातौँ अग्लो हिमाल धौलागिरी ( २६७९५ मिटर) आरोहण गरेका थिए, मेरो यसपालाको आरोहणले उमेरले लक्ष्य प्राप्त गर्न रोक्दैन भन्ने देखाँउछु भनेका यि महान आरोहीको अन्त्यमा वेलायती पत्रिका टेलिग्राफले समेत समवेदना प्रकट गरेको छ ।
मीन वहादुरको वहादुरिता लाई सलाम, आत्माले चिर शान्ती पाओस् अनि अर्को जन्म हुन्छ भने नेपालमै आउनु है

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.