ब्लग - साहित्य / हाम्रो लेख

वार्षिक १२% ब्याजसहित एनआईसी एसियाले ल्यायो धनवर्षा योजना





२८ जेष्ठ, २०७५ । निजी क्षेत्रका बैंकहरु मध्ये २०७४ साल चैत्र मसान्तसम्मको बित्तिय बिवरण बमोजिम सबैभन्दा बढि निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसावले निजी क्षेत्रको बैंकहरुमध्ये दोश्रो ठुलो बैंकको रुपमा स्थापित भैसकेको एन आई सी एसिया बैंकले सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजनापुनः सञ्चालनमा ल्याएको छ । धनवर्षा मुद्दती निक्षेप योजनानामा रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने छ ।

यस अघिपनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ग्राहक महानुभावहरुमाझ अत्यन्त लोकप्रिय भएको थियो । धनवर्षा मुद्दती निक्षेप योजनाप्रति ग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः यो योजना सञ्चालनमा ल्याएको बैंकले बताएको छ ।

यस ‘धनवर्षा मुद्दती खाता’ योजनाबाट बढी भन्दा बढी व्यक्तिगत एवम् संस्थागत ग्राहक महानुभावहरुले उच्चतम लाभ उठाउनु हुनेछ भन्नेविश्वास लिएको व्यहोरा एनअाइसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सूचना अधिकारी) सुधीरनाथ पाण्डेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस योजनाअन्तर्गत देशभर रहेका एनआई सी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । साथै एक बर्षको अवधिको लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधा समेत उपलब्ध गराउन सकिने छ ।

समस्त ग्राहकवर्ग लगायत सबै सरोकारवालाहरुले बैंकप्रति दर्शाउनुभएको प्रगाढ बिश्वास, अगाध स्नेह र भरोसाको फलस्वरुप हालसम्ममा २१८ शाखा सहित निजी क्षेत्रको सबैभन्दा ठुलो शाखा सञ्जाल भएको तथा २१० ए टि एम सहित मुलुककै सबै भन्दा ठुलो ए टि एम सञ्जालभएको बैंक बन्न सफल भैसकेकोछ । समग्रमा १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५,५०० भन्दा बढि रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५,९५१ भन्दा बढि भौतिक सञ्जालमार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबै भन्दा ठुलो बैंक हुन एनआई सि एशिया बैंक सफल भैसकेको छ ।

बैंकको पछिल्लो (२०७४ चैत्र मसान्त) बित्तिय स्थितिको संक्षिप्त झलक यस प्रकार छ:
कुल निक्षेपः रु १३३.७२ अर्व
कुल कर्जा रु १०८.९६ अर्व
खराब कर्जा अनुपातः ०.२२ प्रतिशत
पुँजि पर्याप्तताअनुपातः १३.०३ प्रतिशत
प्राथमिक पुँजि एबं निक्षेप र कर्जाको अनुपातः ७८.१६ प्रतिशत
तरलता अनुपात २०.४२ प्रतिशत



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 112.99
  • 113.59
  • European euro
  • 128.56
  • 129.24
  • UK pound sterling
  • 143.8
  • 144.56
  • Swiss franc
  • 114.07
  • 114.68
  • Australian dollar
  • 81.36
  • 81.79
  • Canadian dollar
  • 84.83
  • 85.28
  • Singapore dollar
  • 82.47
  • 82.91
  • Japanese yen (10)
  • 10.02
  • 10.08
  • Chinese renminbi (Yuan)
  • 16.43
  • 16.52
  • Saudi Arabian riyal
  • 30.12
  • 30.28
  • Qatari riyal
  • 31.03
  • 31.19
  • Thai baht
  • 3.44
  • 3.46
  • UAE Dirham
  • 30.76
  • 30.92
  • Malaysian ringgit
  • 27.12
  • 27.27
  • Korean Won (100)
  • 10.04
  • 10.1
  • Swedish Krone
  • 12.5
  • 12.56
  • Danish Krone
  • 17.22
  • 17.31

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम