नेपाली स्टिकर, थिम तथा इमोजी सहितको हाम्रो नयाँ किबोर्ड | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

नेपाली स्टिकर, थिम तथा इमोजी सहितको हाम्रो नयाँ किबोर्ड




हाम्रो नयाँ अपडेटबारे कुनै जिज्ञासा, सुझाव अथवा प्रतिक्रियाहरु छन् भने कृपया कमेन्ट बक्समा गएर अवस्य लेख्नुहोला । धन्यवाद !



आदरणीय प्रयोगकर्ता, शुभेच्छुक तथा विश्वभरि छरिएर रहेका नेपालीजन तथा नेपालीभाषीहरुलाई नव वर्ष सन् २०१९ को हार्दिक मंगलमय शुभकामना ! नयाँ वर्ष २०१९ को अवसरमा हामीले पहिलो पटक नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण गुगल प्लेस्टोरमा सार्वजनिक गरेकाछौँ ।

के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा ?

स्टिकर
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ ।

थिम
हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ । चलनचल्तिको “बकमानसिपवज” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् ।

इमोजी
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ ।

नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस् । हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दैजानेछौं । हाम्रो नयाँ अपडेटबारे कुनै जिज्ञासा, सुझाव अथवा प्रतिक्रियाहरु छन् भने कृपया कमेन्ट बक्समा गएर अवस्य लेख्नुहोला । धन्यवाद !

हाम्रो नेपाली किबोर्ड यहाँबाट राख्नुस्: https://play.google.com/store/apps/details?id=com.hamrokeyboard



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.38
  • 113.98
  • European euro
  • 129.29
  • 129.97
  • UK pound sterling
  • 146.17
  • 146.94
  • Swiss franc
  • 114.25
  • 114.86
  • Australian dollar
  • 81.25
  • 81.68
  • Canadian dollar
  • 85.36
  • 85.82
  • Singapore dollar
  • 83.61
  • 84.05
  • Japanese yen (10)
  • 10.42
  • 10.48
  • Chinese renminbi (Yuan)
  • 16.75
  • 16.83
  • Saudi Arabian riyal
  • 30.23
  • 30.39
  • Qatari riyal
  • 31.14
  • 31.3
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 30.87
  • 31.03
  • Malaysian ringgit
  • 27.56
  • 27.71
  • Korean Won (100)
  • 10.09
  • 10.15
  • Swedish Krone
  • 12.57
  • 12.64
  • Danish Krone
  • 17.32
  • 17.41

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम