सर्जक इन्द्रबहादुर राईको निधन | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सर्जक इन्द्रबहादुर राईको निधन




यसका साथै राई साहित्य अध्ययनमा र उत्खननमा पनि उत्तिकै प्रखर हुनुहुन्थ्यो । वहाँका कृतिहरु जस्तै भानुभक्तका कृति अध्ययनहरु ९ज्ञढठज्ञ०, नेपाली उपन्यसका आधारहरु , समयन्कन दैनिकिया लगायत अन्य थुप्रै कृतिले नेपाली साहित्य र विकासक्रमलाई सविस्तार वयान गरेको छ ।



नेपाली साहित्यका अथक साधक अनि केही बहुआयामिक लेखन अनि कृतिका सर्जक वरिष्ठ साहित्यकार इन्द्र बहादुर राईको सन् २०१८ को मार्च महिना ६ तारिखमा निधन भएको छ ।
भारतको सिलिगुरी पश्चिम बगांलमा यी सर्जकले आफ्नो अन्तिम श्वास लिएका हुन् । एकजना छोरा, छोरीहरु अनि नातिनातिनाका साथमा रहिरहेका यी सर्जकको मृत्युको पुष्टि यिनका छोरा रमेश राईले गरेका हुन भनि विभिन्न मीडियाले लेखेका छन् । ९० वर्षका इन्द्र बहादुर राई फेब्रुअरी ३ मा सन् १९२७ मा जन्मिएका हुन् । कर्सीयङ्गमा जन्म भएका यिनले अंग्रेजी भाषामा मास्टर्स गरेपछि यसै भाषा अध्यापन गराउन थालेका हुन् । इन्द्र बहादुर राईले लेखेका कृतिहरुमा नेपालीपनाको त्यो अदम्य चित्रण र मौलिकपना पाइन्छ कि पढ्ने मान्छे उनका कथा र परिवेशमा किताबको पानाबाटै डुबुल्की मार्न थाल्दछ । यिनको कृति आज रमिता छ त मञ्जुश्री थापाले अंग्रेजीमा अनुवाद पनि गरेका छन् । 


गतवर्ष आफ्नी पत्नी गुमाएका इन्द्र बहादुर राई त्यसपश्चात क्रमश कमजोर हुँदै गएको बताइन्छ । विश्व साहित्यको राम्रो ज्ञान भएका इन्द्र बहादुर राईले सदैव पूर्वीय दर्शन, मान्यता अनि समाजलाई कसरी थप सुदृढ पार्दै विश्व साहित्य सामु कसरी प्रस्तुत गर्ने भन्ने कुरामा विचार गरिरहन्थे । यिनी दार्जीलिगं नगरपालिकाका उपमेयर पनि भएका थिए । इन्द्र बहादुर राईको लेखन शैली बडो गज्जबको मानिन्छ, सायद त्यसैले होला नेपाली साहित्यमा तेश्रो आयामको सुरुवात गर्ने श्रेय यिनलाई पनि जाने गरेको छ । यिनका कृतिहरुको नाम नै टपक्कै गामबेसीबाटै टिपेर ल्याए झैं लाग्दछ, शीर्षकले नै सहजताका साथ तान्न सक्ने विलक्षण शब्दावली भएका इन्द्र बहादुरका केही बहुचर्चित कृतिहरु यस प्रकार छन् । सन् १९६१ मा प्रकाशित कविता संग्रह विपना कतिपय लगायत
कथापुतलिको मन  
पहिलो दिन
आज रमिता छ
पहाडका खोलाहरू 
प्रतिनिधि कथा
सम्पूरक
साहित्य अपहरण माक्सवादी प्रतिबद्धता

यसका साथै राई साहित्य अध्ययनमा र उत्खननमा पनि उत्तिकै प्रखर हुनुहुन्थ्यो । वहाँका कृतिहरु जस्तै भानुभक्तका कृति अध्ययनहरु ९ज्ञढठज्ञ०, नेपाली उपन्यसका आधारहरु , समयन्कन दैनिकिया लगायत अन्य थुप्रै कृतिले नेपाली साहित्य र विकासक्रमलाई सविस्तार वयान गरेको छ ।

आदि थुप्रै कृतिहरु राईले नेपाली साहित्य भण्डारमा छाडेर गएका छन् । यस वर्ष नेपाली साहित्य नक्षत्रमा कान्छी बेगमका लेखक मनु बाज्राकीलाई पनि गुमाएको छ, सधँै गुमनाम रहेका यी सर्जकको मृत्यु पनि गुमनाम नै रहेको थियो । मनुको बिछोड वेदना सहन गरिसक्न नपाउँदै इन्द्र बहादुर राईको शोक आइपरेको छ । सर्जकहरु कहिल्यै मर्दैनन्, नेपाली भाषाका अथक साधक इन्द्र बहादुर राई आफ्ना कृति र पात्रहरु मार्फत हामीमाझ सदैव जीवित रहनेछन् ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.