२१सौ शताब्दीमा मानवले विवाह नगर्नुका ७ कारण | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

२१सौ शताब्दीमा मानवले विवाह नगर्नुका ७ कारण




   Suyog Dhakal - Sep 13 2016


नेपालमा विवाहहरु समबन्धी र समबन्धका विषयमा केन्द्रित टयाक्कै समल्ने राष्ट्रिय शोध भएको त छैन तथापि संसारकै शत्तिकेन्द्र र अवसरको देशकारुपमा परिचित अमेरिकामा भने सन १९६० मा ७२ प्रतिशत यूवाहरु विवाह बन्धनमा वाधिएको तथ्याकं छ भने यो दर घटेर सन २०१४ मा केवल ५० प्रतिशत अमेरिकि यूवा यूवतीले मात्र विवाह गरेका छन, दुइ मध्य एक यूवा या यूवती विवाह नगर्ने निधोमा पुगेका छन , अमेरिका मात्र हैन नेपाल या भारतलगायत साउथ एसियन देशहरुमै पनि यूवाहरुमा विवाहप्रतिको वितृष्णा र विवाहको कम आवश्यक्ता महसुसभएको हामीले देखेकै छौ । के अव २१ शताब्दीमा विवाह सस्कार मानव समुदायले छोडनेनै हो त रुआउनुहोस छलफल गरौ ७ वटा यस्ता कारणहरुको वारेमा जस्ले गर्दा यो शताब्दीमा विवाह लोप हुनसक्छ, केवल हाम्रो पात्रोमा

कारण १ : यौन
मान्नुहोस या नमान्नुहोस, पुस्तौदेखि विवाहको मुख्य कारण यौन रहदै आएको छ । धेरै मानव समाज र सभ्यतामा अझैपनि विवाहपूर्व यौन समन्धलाई राम्रो मानिदैन । दोश्रो विश्वयूद्ध पछि देखापरेको उत्तरआधुनिकता अनि ग्ल्यामरको संसारमा अव यौनका लागी विवाहको विकल्प हास्यास्पद छ, विवाह यौन भन्दा पनि दायित्व र कानुनी झमेला अनि स्वतन्त्रता हननको विषयका रुपमा मान्छेहरुले हेर्न थालेका छन । सहज रुपमा उपलब्ध सेक्स साइटहरु अनि यौन समबन्धी दृश्य, पुस्तक अनि कुराकानीहरु अनि मान्छेहरुले हस्तमैथुनलाई यौनको विकल्पकारुपमा गहिरोगरि हेर्न थालेका पनि छन । विभिन्न सेक्स टोय र रोवोटहरुको आविष्कारले पनि विवाह र यौनको सन्दर्भलाई शताब्दीमा क्षिण गर्दै लगेको छ ।

कारण २ः खुल्ला समय
शुरुशुरुमा टिभी, रेडियो, फोन, आकाशवाण्ी लगायतका सेवाहरु सबैलाई उपलब्ध थिएन , न त अहिलेजस्तो मध्यमवर्गकालागी पनि क्लव, डान्स अनि डिस्को थेक अनि सहज समान इन्टरनेट नै थियो । अव हरेक मान्छेले एक्लै आफ्नो हिसाबले सहज टिभी हेरेर, रेडियो सुनेर, इन्टरनेट चलाएर, क्लव, पार्टी या डिस्को गएर खाली समयको उपयोग सहित सहज मनोरञ्जन गर्न सक्दछन एक्लै । मान्छेलाई एक्लोपना र वोरहुने अवरसहरुले विवाहतर्फ उन्मुख हुनेमा अवको समयमा मान्छेसग हरेक प्रकरको खालीसमय उपयोगगर्ने विकल्पहरु छन् तसर्थ विवाहप्रति आवश्यक्ता थोरै र वितृष्णा धेरै छ ।

कारण ३ : स्वतन्त्रता र वन्धन
विवाह पक्कै पनि एकप्रकारको मिठो वन्धन त हो तर यो पुस्तालाई संसारले स्वतन्त्रताको दास वनाएको छ । समाज दिनदिनै अझ जटिल वन्दैछ अनि भय वढिरहेको छ, विवाहप्रति । विवाहपछिको छोराछोरप् पाउने कुरालाई त झन मान्छेहरुले दुख्ख, कष्ट अनि वन्धनकारुपमा लिन थालेका छन जस्कारण विवाहको औचित्यमा झन कमी हुदै आएको छ ।


कारण ४ः महिलाहरुको आर्थिक स्वतन्त्रता
महिलाहरु पनि पुरुष सरह आर्थिक रुपमा स्वतन्त्र र वरावर छन । स्वतन्त्र आर्थिक हैसियतले समझदारीभन्दा पनि प्रतिस्पर्धा र दम्भ पुरुष महिला दुबैतर्फ वढाएको छ ।स्वतन्त्र डोनरको शुक्रक्रिटवाट एकल गर्भाधान गर्ने चलन, सरोगेसी आमाको प्रविधीहरुले विवाहको औचित्यलाई अन्य विकल्प दिएका छन ।

कारण ५ः थोरै सन्तानहरु
१९औ शताब्दीम एकजना महिलाले १० वटासम्म छोराछोरी पाएको सामान्य थियो तर विस्तारै सन्तानको सख्याँ थोरै हुदै गयो र जति थोरै सन्तानको रहर हुन्छ उत्तिनै थोरै हुन्छ विवाप्रतिको चाहना र आवश्यक्ता । 


 कारण ६ : समबन्धको सस्कारमा परिवर्तन
गर्लफ्रेन्ड र ब्याइफ्रेन्ड अनि सगै वस्ने अर्थात लिभिग रिलेशनशीपको वढदो चलन हामीले देखिरहेका छौ । यस्ता समबन्ध र सहज अस्थाइसाधनको उपलब्धता अनि आधुनिकताले मान्छेलाई विाहवाट पर लगिरहेको छ । 


कारण ७ः समलिंगीहरुको पहिचान र उपस्थिती
वढ्दो समलिंगिहरु अनि चलनले गर्दा एउटै लिगंका जोडीले विवाहगरेनै त्यो सन्तानजन्माउन विरलै सभंव हुने प्रकृतीको हुन्छ । विवाहको आधारभुत औचित्य कम हुदै जान्छ ।

तपाइलाई लाग्नसक्छ कि २०सौ शताब्दीसम्म एकदमै मज्जाले सभ्यताले ल्याएको विवाह चलन अव कसरी एकै शताब्दीमा लोप होला भनेर रु
तर मानव सभ्यताले २१सौ शताब्दीमा धेरै आधारहरु परिवर्तन गरेको छ । १९सौँ शताब्दीसम्म धेरै देशमा नभएके महिलाले भोटगर्न पाउने चलन २०सौ शताब्दीले पुरा गर्दै ल्यायो, थोरै सन्तान जन्माउनपर्ने नियन्त्रण विधि अगाडि ल्यायो, परिवार नियोजनका धेरै साधनहरु ल्यायो जुन राम्रो कुरा हो । तर आधुनिकता सगै मान्छेहरुमा विवाहवन्धनभाव प्रति उदासिनता देखिएको छ, सन्तान पाउन कम भएको छ र यसै गरि संसार अवको धेरै शताब्दी चल्न सक्ला र रु
सोच्ने वेला आएको छ

सुयोग ढकालको प्रस्तुती




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.