फाइदै फाइदा गर्ने तरकारीः लौका | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

फाइदै फाइदा गर्ने तरकारीः लौका




यसमा ९६ प्रतिशत त पानी नै हुन्छ । यसकारण यसले शीतलता प्रदान गर्ने नै भयो । यसमा हुने पोटासियमले हाम्रो प्रेसर कम राख्न र हाम्रो शरीरमा हुने इलेक्ट्रोलाइटलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।



अहिले बजारमा सजिलै पाइने तरकारीहरुमध्ये लौका पनि एक हो । गर्मी महिनामा पाइने सिजनल तरकारी लौकाका फाइदाहरुबारे हामी सायद अनभिज्ञ नै छौँ होला । के हुन सक्छन् यसका फाइदाहरु ? जानौँ है त । सबैभन्दा पहिला त, लौकामा अत्यधिक मात्रामा पानी पाइन्छ । यसमा ९६ प्रतिशत त पानी नै हुन्छ । यसकारण यसले शीतलता प्रदान गर्ने नै भयो । यसमा हुने पोटासियमले हाम्रो प्रेसर कम राख्न र हाम्रो शरीरमा हुने इलेक्ट्रोलाइटलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

लौकाले गर्मीमा थकानबाट जोगाउँछ, शरीरलाई चिसो र ताजा राख्दछ । गर्मी महिनामा धेरै पसिना आउने भएकाले शरीरमा घटेको पानी भरपाइ गर्ने काम यसले गर्छ । शरीरभित्रको फोहोर फाल्ने मात्र नभई नाकबाट रगत आउने, डण्डीफोर आउने र अल्सरजस्तो रोगविरुद्ध लड्नको लागि पनि लौकाले सहयोग पु¥याउँछ ।
यो तरकारीमा भिटामीन सी, भिटामीन बी, भिटामीन के, भिटामीन ए, भिटामीन ई, फलाम, फोलेट र म्यानग्यानीजजस्ता खनिज पदार्थहरु पनि पाइन्छन् । खासमा लौका भिटामीन सीको एउटा मुख्य स्रोत नै हो । २५० ग्राम लौकाबाट २५ मिलिग्राम भिटामीन सी प्राप्त गर्न सकिन्छ । यो भनेको हामीलाई एक दिनमा चाहिने भिटामीन सी को लगभग आदि भाग हो ।
एण्टीअक्सिडेन्टको पनि काम गर्ने हुनाले लौकाले हाम्रो शरीरको कोषहरुलाई खराब हुनबाट जोगाउँछ, रगतमा कोलेस्ट्रोलको मात्रालाई ठीक गर्छ, र मस्तिष्कको कार्य सञ्चालनमा पनि सहयोग गर्दछ । यति मात्र होइन, भिटामीन सी र यसमा पाइने जिंकले चाउरीपना र बुढ्यौलीपनाबाट पनि जोगाउँछ । र यही जिंकले नशा बलियो बनाउने र रुघाखोकीबाट सुरक्षा दिन्छ । यसमा पाइने भिटामीन बी ले कपाल फुल्न दिँदैन ।
पचाउन एकदम नै सजिलो हुने भएकाले, गर्मी महिनाको लागि यो अत्यन्तै उपयुक्त खानेकुरा हो । खासमा, लौकामा हुने फाइबरले पाचन प्रक्रिया सजिलो बनाउने भएकाले कब्जियत, पाइल्स्, पेट ढुस्स हुने, वाकवाकी लाग्ने, आदि जस्ता समस्याहरुबाट मुक्ति दिन्छ । लौकामा हुने पानी र फाइबरले आन्द्रा सफा राख्न र पाचनमा सजिलो बनाउन सहयोग गर्छ । 


बजारमा सहजै पाइने यो तरकारीले तौल घटाउन पनि मद्दत गर्छ । १०० ग्राम लौका खाँदा यसले शरीरलाई १५ क्यालोरी मात्र दिन्छ । यसमा हुने भिटामीन, खनिज र फाइबरले शरीरलाई उचित पोषण प्रदान गर्छ । कलेजोको लागि पनि यो अत्यन्तै फाइदाजनक छ । विषादीको अत्यधिक सेवन हुने हुनाले हाम्रो कलेजो सबैभन्दा बढी मारमा पर्ने गर्दछ । आयुर्वेद विद्याले पनि लौकाको सेवनले कलेजोको कार्यप्रणालीमा सहयोग गर्ने र सुन्निन नदिने भएकाले कलेजोको लागि यसको प्रयोगमा जोड दिन्छ ।
सबैभन्दा विश्वास नै नलाग्ने कुरा के हो भने, लौकाले लठ्याउने औषधीको जस्तो काम गर्न सक्छ । यसले गर्दा हामी शान्त र आराम हुन सक्छौँ । यसमा प्रशस्त मात्रामा हुने कोलिनले मस्तिष्कको कार्यशक्ति बढाउन र मानसिक तनाव र डिप्रेसनजस्ता समस्याबाट पनि उन्मुक्ति दिन्छ । 

मस्तिष्कलाई स्वस्थ राख्नका लागि लौकाको सेवन नै सबैभन्दा राम्रो र सस्तो माध्यम हुन सक्छ ।
यसलाई जुस बनाएर पनि यसको सेवन गर्न सकिन्छ । लौकाको जुस बनाउन पनि सजिलो भएकाले यसको अत्यधिक सेवनका लागि जुस बनाउन सकिन्छ । मधुमेहका बिरामीहरुको चिनीको मात्रा र ब्लड प्रेसर सन्तुलनमा राख्न पनि लौकाको जुसको प्रयोग गर्न सकिन्छ । पिसाब नलीमा संक्रमण भएका, युरिक एसिड भएकाहरुका लागि यो झनै फाइदाजनक छ ।


जुस बनाउनका लागि लौका ताछ्नुहोस्, टुक्राटुक्रा बनाएर काट्नुहोस् र ब्लेण्डरमा ब्लेण्ड गर्नुहोस् । यसमा मरिच, नुन र पुदिनाको पात मिसाउनुहोस् । एक चम्चा अदुवाको पेस्ट हालेर अन्तिममा कागती निचोरेपछि लौकाको जुस पिउनका लागि तयार हुन्छ । यसरी जुस बनाइसकेपछि यसलाई तुरुन्त सेवन गरिहाल्नुपर्छ नत्र यो छिट्टै बिग्रिन्छ । 


यो जुस सेवन गर्ने सबैभन्दा उपयुक्त समय भनेको बिहान खालि पेटमा हो । त्यस्तै, थकाइ लागेपछि यो जुसको प्रयोग गर्दा यसमा हुने चिनीले ग्लुकोजको मात्रा बढाउने काम गर्छ । लौका र अदुवा मिसाएर खानाले मासुसम्बन्धि विकारबाट पनि राहत पाउन सकिन्छ । बजारमा सजिलै पाइने लौकाको हप्ताको दुई देखि तीन पटकसम्म सेवन गर्न अझ पनि केहीले रोक्ला र ?

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.