जाडोमा ध्यान दिन पर्ने ५ कुरा | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

जाडोमा ध्यान दिन पर्ने ५ कुरा





नेपालमा जाडो मौसम शुरू भइसकेको छ र प्रायः सबै न्यानो बन्ने तरखरमा हुनुहुन्छ । काठमाडौंमा मात्रै मंसिर, पुस र माघ महिनामा औषत तापक्रम ३-४ डिग्री सम्म पुग्ने गरेको छ । भौगोलिक विविधताका कारण नेपालका अन्य भेगहरूमा यो तापक्रम अझै न्यून हुने गरेको छ । परिवारको हेरचाह गर्नेलाई जाडो मौसम आएसँगै चिन्ता बढ्न थाल्छ । जाडोमा आइपर्ने समस्याहरुको धेरै हुन्छन् । यी समस्याहरूका लागि आफै नै सक्रिय भएर व्यवस्था गर्नुपर्ने हुन्छ जसले आइपर्ने रोगबाट सुरक्षित हुन सहयोग पुराउछ ।

चिसो मौसमले सबैलाई नै असर पुराए पनि विशेष गरि बच्चा र वृद्धाहरूमा असर धेरै हुने गरेको छ । चिसो मौसममा दिन छोटो हुने र घाम प्रयाप्त नलाग्ने, साथै वृद्धहरू धेरै समय घर भित्रै बिताउने र बाहिर हिड्ने र अरू व्यक्तिहरू सँग बोलचाल कम हुने भएकोले अन्य स्वास्थ्य समस्याहरू पनि बढ्ने सम्भावना हुन्छ । चिसो मौसममा स्वासप्रस्वाससँग सम्बन्धित रोगहरू लाग्ने त झन् स्वभाविक नै हुने भयो ।

जाडो मौसम आएसँगै, हामीले यहाँ निम्न उपायहरू सुझाएका छौः

१. भिटामिन डिको कमी हुने हुँदा डाक्टरहरूसँग परामर्श लिई भिटामिन डि सप्पलिमेन्ट वा दैनिक आहारामा भिटामिन डि भएको खानेकुरा खान जोड गर्ने । भिटामिन डि पाइने खानेकुराहरूमा सालमोन माछा, टुना माछा, भिटामिन डि समेतको सुन्तलाको जुस र दुधहरू, अण्डाको पहेँलो भाग, आदि पर्छ ।

२. रुघा लाग्ने मौसम भएको हुँदा त्यसको लागि मनतातो पानी मात्रै पिउने, न्यानो कपडा लगाउने र घाम, आगो वा हिटर ताप्ने । रुघा विरुद्धको भ्याक्सिन लगाउदा रुघा लाग्ने सम्भावनाबाट धेरै सुरक्षित भइन्छ ।

३. जाडो मौसममा वृद्धहरू एक्लै बसेको अवस्थामा उनीहरूसँग समय मिलाएर कुरा गरिराख्ने । यदि विदेशमा हुनुहुन्छ भने मेसेन्जर, भाइबर जस्ता माध्यमबाट उहाँहरूसँग कुरा गर्ने । उहाँहरूको लागि कुरा गर्नाले मानसिक अवस्था सबल बनाउन धेरै महत्व राख्छ ।

४. चिसोबाट जोगिनको लागि वृद्ध तथा बालबालिका दुबैको लागि न्यानो मोजा, टोपी, मफलर, ज्याकेट, स्वेटर, थर्मल कोट, आदिको प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ । घरभित्र पनि भान्सामा लाउने न्यानो चप्पलको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

५. जाडोमा केहि काम नगरे पनि शरिरलाई न्यानो बनाउन उर्जा खपत हुने हुँदा येथेष्ट नबिग्रिने खानेकुराहरू घरमा राख्ने र नियमित रूपमा सेवन गर्नुपर्छ ।

केहि गरी स्वास्थ्य समस्या आइपरेमा डाक्टरसँग परामर्श लिनुपर्छ । घरमै बसी डाक्टर सँग परामर्श सेवा लिनको लागि हाम्रो पात्रो एपमा हाम्रो हेल्थको प्रयोग गर्न सक्नुहुन्छ । विदेशमा रहनुभएको आफन्तहरूलाई डाक्टरसँग परामर्श गर्दा सँगै हुन पाए हुन्थ्यो भन्ने इच्छा भएकाहरू पनि कन्फेरेन्स कल मार्फत जोडिन सक्ने व्यवस्था पनि रहेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.