Luu Bata Kaseri Bachna Sakinchha | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

लू (Heartstroke) बाट कसरी बच्न सकिन्छ ?





परिचय
लू एक स्वास्थ्य अवस्था हो जुन धेरै उच्च तापक्रममा लामो समयसम्म बस्दा या गर्मी समयमा धपेडी पर्ने गरी काम गर्दा हुन्छ। यो गर्मीले गर्ने गम्भीर हानी हो जसमा शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुन्छ। यो प्राय गर्मी महिनामा देखिन्छ।

लू लागेमा तुरन्त उपचार गर्नु पर्छ। उपचार नगर्दा लू ले मस्तिस्क, मुटु, मृगौला र मांशपेशीहरूमा तीब्र क्षति गर्न सक्छ। उपचार ढिला हुँदा झन् बढी क्षति हुन सक्छ र गम्भीर जटिलताहरू निम्त्याउन सक्छ।

लक्षणहरू
लू लाग्दा निम्न लक्षणहरू देखिन सक्छन्:
शरीरको तापक्रम उच्च हुने। शरीरको भित्री तापक्रम १०४ डिग्री फरेनहाइट वा त्यो भन्दा बढी हुने ।
मानसिक स्थितीमा परिवर्तन र व्यवहारमा परिवर्तन। बोली बर्बराउने, चिडचिडाउने, बेहोश हुने, कोमा, आक्रोशित हुने लगायतका लक्षणहरू देखिन सक्छ।
पसिना निस्कने प्रक्रियामा परिवर्तन। गर्मी मौसमले गर्दा हुने लु लाग्दा शरीर सुख्खा र तातो देखिन्छ। तर बढी धपेडीले गर्दा हुने लुमा शरीर हल्का भिजेको जस्तो देखिन्छ।
रिङाटा लाग्ने र बान्ता गर्ने पेट निमोठेर बान्ता होला जस्तो हुन्छ।
अनुहार र छाला फिक्का देखिने। तापक्रम बढ्दै जाँदा तपाईँको छाला रातो र फिक्का देखिन सक्छ ।
तीब्र स्वाप्रश्वास। बिरामीले छिटो छिटो तर छोटो सास फेर्छन्।
तीब्र मुटुको गति। मुटुको गति र धड्कन बढ्छ र मुटुमा शरीरलाई चिस्याउन धेरै दबाब पर्छ।
टाउको दुख्ने। टाउको फुट्ला जस्तो दुख्छ।

डाक्टरलाई कतिखेर भेट्ने
कुनै पनि व्यक्तिलाई लु लागेको जस्तो लागेमा तुरन्त डाक्टरलाई भेट्नुहोस्। कुनै पनि एम्बुलेन्स या आकस्मिक नम्बरमा फोन गर्नुहोस्।
आकस्मिक उपचारको प्रतीक्षा गरिरहँदा व्यक्तिलाई छायाँ परेको खुला ठाउँमा लैजानुहोस् र उसको शरीरलाई चिस्याउन सहायता गर्नुहोस्।
छायाँ या घर भित्र लैजानुहोस्।
जीउमा भएको बढी कपडा निकाल्नुहोस्।
जुनसुकै तरिकाहरू उपलब्ध छन् -- त्यसको प्रयोग गरेर व्यक्तिलाई चिसो बनाउन प्रयास गर्नुहोस्। जस्तै टबमा रहेको पानीमा राख्ने, चिसो पानीले नुहाउने, फूलबारीमा पानी लगाउने पाइप या स्प्रेयरले पानी हाल्ने, हम्कने या पङ्खा चलाउने। भिजाएको तौलिया या रुमालले शीर, गर्धन, काखी या खुट्टाको कापमा राख्ने।

कारणहरू
लू लाग्नाका कारणहरू निम्न हुनसक्छन्:
तातो वातावरणको कारणले। गर्मी या तातो वातावरणको कारणले हुने लु को कारण भनेको वातावरणले गर्दा शरीरको तापक्रम बढ्नुले गर्दा हो। लामो समयसम्म तातो र आद्र वातावरणमा रहनु नै यसप्रकारको लु को कारण हो। यस प्रकारको लु बुढाबुढी या दीर्घ रोगीहरूलाई बढी हुन्छ।
धपेडीको कारणले। गर्मीमा धपेडी जन्य शारीरिक कार्य कारणले शरीरको भित्रको तापक्रम बढेर हुने लु यस प्रकारको लु हो। यदि तपाईँलेई गर्मीमा बस्ने बानी छैन र तपाईँले गर्मीमा धपेडी पर्ने गरी कार्यहरू गरिरहनु भएको छ भने त्यसले लू निम्त्याउन सक्छ।
कुनै पनि प्रकारको लु मा पनि कारकहरू निम्न हुनसक्छन्:
अधिक कपडा लगाउनाले पसिना निस्कने र पसिनाले शरीर चिस्याउने कार्य सहजै हुनसक्दैन
रक्सी या अल्कोहलको सेवन जसले गर्दा शरीरले आफ्नो तापमान कायम गर्ने क्षमता कम हुन्छ।
पानीको मात्रा शरीरलाई चाहिने पानीको या तरल पदार्थको मात्रा कम हुनेला शरीरबाट पसिना निस्कने प्रक्रियाको कमी

जोखिमहरू
जोसुकैलाई पनि लू लाग्न सक्छ तर निम्न कुराले जोखिम बढाउँछ:
उमेर। तपाईँको शरीले कुनै पनि अत्याधिक तापक्रमसँग जुध्न सक्छ कि सक्दैन भन्ने कुरा तपाईँको मस्तिस्कको क्षमता र स्नायु प्रणालीमा भर पर्छ। कुनै पनि साना बालबालिकामा मस्तिस्क पूर्णरूपमा विकास भइसकेको हुँदैन र ६५ वर्ष माथिका व्यक्तिहरूमा मस्तिस्कको क्षमतामा ह्रास आइसकेको हुन्छ। कसले गर्दा शरीरलाई चिस्याउने र प्रक्रिया चुस्त नहुन सक्छ। दुबै उमेर समूहका मानिसहरूमा शरीरमा पानीको मात्रा कायम राख्न पनि कठिनाइ हुन्छ जसले झन् जोखिम बढाउँछ।
गर्मीमा धपेडी। गर्मीमा फौजी तालीम, खेलकुद जस्तै फुटबल र लामो दूरिको दौडले लु निम्त्याउन सक्छ।
अप्रत्यासित रूपमा गर्मीको प्रत्यक्षता कुनै गर्मी ठाउँमा सरेर जाने वित्तिकै तुरन्त नै गर्मीमा पर्दा तापईँलाई गर्मीको कारणले हुने कुनै पनि रोगको जोखिम बढाउँछ। यदि तपाईँले कुनै गर्मी ठाउँमा गर्मी मौसमा यात्रा गर्नुभयो भने पनि लु लाग्ने जोखिम बढाउन सक्छ।
केही दिनको लागि आफ्ना गतिविधिहरू सिमित गरेर मौसमसँग समान्जस्यता कायम गर्ने प्रयास गर्नुहोस्। केही हप्ताको बानी विकास नभएसम्म लु लाग्ने जोखिम बढी नै हुन्छ।
तापक्रम व्यवस्थापन नगरिएको कारणले। पङ्खाले केही राहत दिए पनि वातानुकुलन (AC) नभए प्रभावकारी रूपमा तापक्रम नियन्त्रण नहुन सक्छ।
केही औषधि । केही औषधिले मानव शरीरको तापक्रम नियमित राख्ने र पानीको मात्रामा एकरूपता गर्ने क्षमतामा प्रभाव पार्छ। यदि तपाईँ गर्मी स्थानमा गर्मी मौसमा हुनुहुन्छ र तपाईँले रक्तवाहिनी नसालाई साँघुरो पार्ने औषधि (vasoconstrictors) लिइरहनु भएको छ भने, या तपाईँको शरीरमा एड्रिनालीनलाई कम गरेर रक्तचाप नियन्त्रण गर्ने औषधि लिइरहनु भएको छ भने (beta blockers) र शरीरबाट सोडियम र पानी कम गर्ने (diuretics) औषधि लिइरहनु भएको छ भने या कुनै पनि मानसिक स्थितीलाई व्यवस्थापन गर्ने (antidepressants or antipsychotics) लिइरहनु भएको छ भने।
कुनै पनि (ADHD को औषधिहरू र नशा जन्य एम्फेटामाइन र कोकेन जस्ता औषधिहरूले पनि तपाईँले लू प्रति सम्वेदनशील बानउँछ।
केही स्वास्थ्य स्थिती केही दीर्घ रोगहरू, मुटुको रोग या फोक्सोको रोगले तपाईँला लु को जोखिम बढाउँछ। मोटो हुनु, एकै स्थानमा बसेर कार्य गरिरहने र पहिले पनि लु भएका मनिसलाई पनि जोखिम हुन्छ।

जटिलता
लू ले शरीरमा कति समय सम्म तापक्रम बढी रह्यो भन्ने कुराको आधारमा फरक किसिमा जटिलताहरू देखाउन सक्छ। गम्भीर जटिलताहरूमा निम्न पर्छन्:
शरीरका महत्त्वपूर्ण अङ्गहरूमा क्षती यदि समयमा नै लु को उपचार भएन भने मस्तिस्क र अन्य महत्त्वपूर्ण अङ्गहरूमा स्थायी रूपमा क्षती गर्न सक्छ।
मृत्यू यदि समयमा नै र पर्याप्त उपचार भएन भने लुले ज्यान पनि लिनसक्छ।

रोकथाम

लू रोकथाम गर्न सकिन्छ त पहिले नै अनुमान गर्न सकिन्छ। निम्न तरिकाहरू अपनाउनु भएर लू बाट बच्नुहोस्:
हलुका र खुल्ला कपडा लगाउनुहोस्। बढी कपडा र कस्सिने कपडा लगाउँदा शरीर राम्री चिसिन पाउँदैन।
घामले डढ्नबाट बच्नुहोस्। घामले डढ्दा शरीरले आफूलाई चिस्याउने क्षमता कम हुन्छ त्यसैले घामबाट बच्नुहोस् या सनस्क्रिनको प्रयोग गर्नुहोस्। १५ एसपिएफ भन्दा माथिको सनस्क्रिन पर्याप्त लगाउनुहोस् पसिना आइरहेको छ र पौडी खेलीरहनुभएको छ भने २-२ घन्टामा सनस्क्रिन लगाइरहनुहोस्।
पर्याप्त तरल पदार्थ पिउनुहोस। पानी प्रसस्त पिउनाले शरीरको पसिना निकाल्ने क्षमता बढ्छ र तापक्रम कायम राख्न सम्भव हुन्छ।
केही औषधिहरू लिँदा सावधानी अपनाउनु होस् र डाक्टरकको सल्लाहमा मात्र औषधि सेवन गर्नुहोस्। डाक्टरहरूको सिफारिसमा र सिफारिस गरिएको मात्रामा मात्र औषधि सेवन गर्नुहोस्। आफूखुसी औैषधि सेवान नगर्नुहोस्।
पार्क गरिएको कारमा कसैलाई पनि नछोड्नुहोस्। बालबालिकाहरूलाई कहिले पनि पार्क गरिराखिएको गाडीमा नराख्नुहोस् र बालबालिकाहरूमा लु को कारणले हुने मृत्यूहरूको यो प्रमुख कारण हो। पार्क गरिराखिएको कारणको तापक्रम एकदम धेरै हुन्छ र १० मिनेट मा नै ११ डि भन्दा बढी तापक्रम बढ्छ।
कुनै पनि व्यक्तिलाई कारमा छोड्नु हुदैन झ्यालबाट हावा जाने भए पनि र कार छाँयामा राखिएको भए पनि। रोकेको कारलाई ताल्चा लाएर राख्नुहोस् जसको कारणले बच्चाहरू भित्र छिर्न नसकुन्।
गर्मी दिनहरूमा सामान्य तरिकाले जीवन बिताउनुहोस्। यदि गाह्रो काम गर्नु परे पनि बिहान या बेलुकाको समय रोज्नुहोस्।
नयाँ गर्मी ठाउँमा जानु भएको छ भने त्यस ठाउँको वातावरणमा बानी बसाल्नुहोस्। त्यस स्थानको वातावरणमा पूर्णरूपले अभ्यस्त नभएसम्म धपेडी नगर्नुहोस्। दीर्घरोगी व्यक्तिहरू र मुटुको रोग भएका व्यक्तिले सावधानी अपनाउनुहोस्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.