उत्तर र दक्षिण कोरिया फुट्नुको कारण | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

उत्तर र दक्षिण कोरिया फुट्नुको कारण




   Suyog Dhakal - Nov 29 2017

कोरियाकी यि रानीले सदैव जापानी बिरुद्ध खरो कदम चालेकी थिइन, रानीले जापानसंगको यूद्ध हारेपछि कोरियाली स्वाभिमानका खातिर रसियासंग सहयोगको अपिल गरिन् । यस कुरा चाल पाएपछि जापानका जेनरलले कोरियाली रानीको हत्या गर्ने योजना बनाए । सन् १८९५ को अक्टोबर महिनामा रानी मीनको क्रुरतापूर्वक जापानीहरुले हत्या गरे, उनको मृत शरीरलाई सालका रुखहरु बीच जापानीले प्रमाण नभेट्ने गरि जलाए । त्यस समयमा रानी मीनको उमेर ४३ बर्षको थियो ।



४ महिनाअघि उत्तर कोरियाले अन्तराष्ट्रिय जगतमा व्यापक भय उत्पन्न गराउने हेतुले जापान माथि परमाणु क्षेप्यास्त्र प्रहार गरेको हो । क्षेप्यास्त्र आक्रमण नभई भय उत्पन्न गराउने र शक्ति प्रर्दशन गराउने हिसाबले प्रहार गरिएको थियो । 
अमेरिकाले भने उत्तर कोरियालाई आतंकवादको कालोचसूचीमा राख्न चाहेको थियो, उता चीनले पनि उत्तर कोरियालाई कोईला निर्यातमा प्रतिबन्ध लगाएर उत्तर कोरियाको रवैयाको प्रतिरोध गरेको हो ।


किन हो त उत्तर कोरिया यति धेरै देशहरुको हेला सूचीमा परेको ?

  


यो कथा जापानमा शुरु हुन्छ, आउनुहोस इतिहासको यो टुक्राबाट शुरु गरौं । 
२०० बर्षभन्दा बढि जापानलाई तोकुगावा शोकुनाते अर्थात सैनिक शासकहरुले शाषन गरेका हुन । 
औधोगिक क्रान्तिपछि यूरोपियन देशहरुको बिकास शुरु भयो, यससंगै एसियन देशहरुलाई यूरोपियन देशहरुले उपनीवेश बनाउने क्रम शुरु भयो । यस्ता उपनीवेशहरु सामन्तवादको राजनैतिक धारणा अनुरुप बनाउने गरिन्थ्यो । सन् १८५४ मा जापानलाई बिभिन्न यूरोपियन देशरुको दबाबले गर्दा एक पक्षीय धेरै सन्धीहरु अनि आफ्नो समुन्द्री तटपनि खोल्न बाध्य पारियो । स्वाभिमानी जापानीहरु यसकारणले धेरै नै तल्लो र निरिह महसुस गर्न थालेका थिए, यसै कारणले होला त्यसको ठिक १३ बर्षपछि तोकुगावा शोकुनाते लाई जापानी जनताले बिद्रोह गरेर हटाए । 
त्यसपछि राजा मेजी को शाषन अनुरुप जापानको शाषन व्यबस्था अघि बढ्न थाल्यो । मेजीले जापानलाई सामन्तवाद को त्यो कडिवाट एउटा समृद्ध र पूजींबाद देश बनाए । 
यसो गर्नका लागि जापानको राजनैतिक र सामाजिक संरचनामा धेरै परिवर्तन गर्नुपरेको थियो । त्यो समयमा कोरिया एउटा सम्पूर्ण कोरिया देशका रुपमा थियो र कोरिया राजनैतिक तरलताको दौरवाट गुज्रिरहेको थियो । 
कोरियाको त्यो कमजोरीमा यूरोपियन शक्तिकेन्द्रहरुले केही फाईदा लिन अगावै जापानले कोरियालाई नियन्त्रण गर्ने योजना बनायो । यिनोई योशिका नामक जापानी सैनिक को नेतृत्वमा जापानले सन् १८७५ मा कोरियाली समुन्द्र तटमा यूद्धपोतहरु पठायो । कोरियालाई यस कुराले निकै दबाब उत्पन्न गरायो, घुँडा टेकेको कोरियाले लगत्तै जापानसंग सन्धी गरेर ३ वटा व्यापार मार्ग जापान संग खोल्ने निर्णय गर्यो । जापानले कोरियासंग त्यही गर्यो जून शायद यूरोपियन देशहरुले कोरियालाई जितेको भए गर्थे होला । क्रमश जापानी व्यापारीहरु कोरिया छिर्न थाले, बैदेशिक व्यापार र वित्तको केन्द्रबिन्दुका रुपमा कोरियालाई प्रयोग गर्न थालियो । यो कुरा धेरै जना कोरियाली लाई मन परेको थिएन जसको फलस्वरुप धेरैजना जापानी व्यापारी र कर्मचारीहरु माथि हिंसा र हत्या हुन थाल्यो । 

यसको फलस्वरुप जापानी सरकारलाई आफ्ना हतियार सहितका सेना कोरियाली शहरमा राख्न पाउने अधिकार दिइयो ।


जापानलाई कोरिया सम्पूर्ण रुपले आफ्नामा गाभ्न अब झन सहज भएको थियो, कोरियाली शहरमा आफ्ना हतियारधारी सैनिक सम्म भएपछि अब जापानलाई केवल कोरियाली सरकार र सैनिकमाथी आक्रमण गर्ने झिनो कारणमात्र चाहिएको थियो ।


सन् १८९४ मा जापानले त्यो अवसर पायो जब कोरियाली बिद्रोही बिरुद्ध आक्रमण गर्ने नाममा जापानले कोरियाली भूमिमा आफ्ना जनताको सुरक्षार्थ हतियार चलाउन पायो । कोरियाली शाषकहरु जापानी रवैया देखेर धेरै डराए अनि चीनलाई मद्धतका लागि बोलाए । चीनको यो मद्धत जापानले मननपराएर झन जापानी शाषकहरु रिसाए । चीनको अप्रत्यक्ष सहयोगका बाबजुद यो यूद्ध जापानले जित्यो र सम्पूर्ण कोरिया उपर जापानको नियन्त्रण कायम भयो । एउटा समस्या चाँही जापानका लागि अफ्ठेरो भयो, ति थिइन रानी मीन । कोरियाकी यि रानीले सदैव जापानी बिरुद्ध खरो कदम चालेकी थिइन, रानीले जापानसंगको यूद्ध हारेपछि कोरियाली स्वाभिमानका खातिर रसियासंग सहयोगको अपिल गरिन् । यस कुरा चाल पाएपछि जापानका जेनरलले कोरियाली रानीको हत्या गर्ने योजना बनाए ।


सन् १८९५ को अक्टोबर महिनामा रानी मीनको क्रुरतापूर्वक जापानीहरुले हत्या गरे, उनको मृत शरीरलाई सालका रुखहरु बीच जापानीले प्रमाण नभेट्ने गरि जलाए । त्यस समयमा रानी मीनको उमेर ४३ बर्षको थियो ।


त्यसको १० बर्षमा कोरिया जापानको सैनिक र आर्थिक खेलमैदान नै भयो । तर जापानको कोरियाली भूमिको अधिपत्य छोटो समयसम्म मात्र रह्यो, दोश्रो बिश्वयूद्ध को अन्त्य तिर अमेरिकाले जापानको हिरोशीमा र नागाशाकीमा परमाणु हमला गरेपछि रसियाले कोरिया प्रवेश गर्यो । 
जापानले दोश्रो बिश्वयूद्ध पछि संयूक्त फौजहरु संग सर्मपण गरेपछि कोरियाली भूमिमा जापानको अधिपत्य सन् १९४५ मा सकियो । 
त्यपपछि कोरियाली राजनैतिक समीकरण ले नयाँ रुप लिँदै थियो जब अमेरिकाले सोभियत संघ अर्थात रसियाको कोरियाली अधिपत्य बिरुद्धमा कदम लिन थाल्यो । 
यस कदम अनुरुप अमेरिकीहरुले क्रुरतापूर्वक कोरियाको बिभाजन गराए जहाँ रसिया र अमेरिकी अधिपत्यका भूभागहरु दुईवटा चिरा पारेर टुक्राइएको हो । रसियालाई यो बिभाजन मान्य भयो र कोरिया औपचारीक रुपमा दुई टुक्रा भयो । अमेरिकी शाषित भूभागको राजधानी अमेरिकी बाहुल्यता भएको सियोल मा बनाएर उक्त टुक्रालाई दक्षिण कोरिया भनियो । 
हुन त यो बिभाजन पछि केही कोरियाली एकताका प्रयास नभएका हैनन तथापि अमेरिका र रसियाको बढ्दो दुरीका कारण यि दुई टुक्राहरु एक हुन सकेकनन् । 
सन् १९४७ मा अमेरिकाले संयूक्त राष्ट्रमा कोरियाली भूमिमा स्वतन्त्र निर्वाचन गराउने र एकता गराउने प्रस्ताव लिएर पनि गएको हो । यस प्रस्ताव अनुरुप कोरियाली भूमिबाट बैदेशिक सैनिकहरु पनि हटाउने नियम थियो । सोभियत यूनियन अर्थात रसियाले यो प्रस्तावलाई ठाडै अस्वीकार गर्यो र यसबिरुद्ध भिटो पनि प्रयोग गर्यो । 
अमेरिकले आफ्नो अधिपत्य भएको दक्षिणी कोरियामा निर्वाचन गरायो र सिगम्यान रि रिपब्लीक आफ कोरियाको प्रथम निर्वाचीत राष्ट्रपती बन्न पुगे । 
तर यता नर्थ कोरियामा भनें निर्वाचन हुन पनि पाएन र नयाँ शाषकहरुको उदय भयो । कम्यूनिष्ट नेता किम अल सगं शक्तिमा आए । अमेरिकाले दक्षिण कोरियालाई क्रमश निर्वाचीत सरकारको हातमा छाडेर बिदा भए तर उत्तरमा कम्यूनिष्टहरुको प्रभाव बढ्दै गयो । 
यसै क्रममा एउटा कोरिया टुक्रिएर दुइवटा हुनपुग्यो । उत्तरी र दक्षिणी कोरिया दुबैको सरकारले आफूलाई कोरियाको आधिकारीक सरकार बताएपनि कोरियाली भूभाग राजनैतिक, आर्थिक र बैचारीक् रुपमा नमिल्ने गरि फुटिसकेको थियो । सन् १९५० मा सोभियत यूनियनले किम अल सगं लाई दक्षिणमा गएर आक्रमण गरि बिजय हुन निर्देशन दिए । यस यूद्धमा दक्षिण कोरियाले लगभग हारिसकेको थियो जब संयूक्त राष्ट्र संघले यसलाई उत्तर कोरियाको अबैधानीक कदम ठहर्याएर उत्तर बिरुद्ध सैन्य कारवाही अगाडी बढायो । 
त्यपछि भाग्न भ्याएका उत्तरी सैनिकहरु चीनको बाटो हुँदै घर फर्किए । सन् १९५३ को सन्धी अनुरुप कोरियालाई औपचारीक रुपमै दुई राष्ट्रका रुपमा मान्यता दिइयो । कोरियन यूद्धमा करिब २५ लाख मान्छेहरु मारिएको दर्दनाक इतिहास छ । 

त्यस सन् १९५३ को सन्धीमा कुनै पनि शान्ति सन्धी या कदम रहेको छैन, प्रावीधिक र व्यबहारीकरुपमा कोरियाहरु अझै पनि यूद्धमै छन् । उत्तर कोरियाले परमाणु हतियारमा महारथी हासिल गरेको छ र दक्षिणी भूभाग छुटेकोमा अमेरिका लगायत संयूक्त राष्ट्रसंघलाई दोष दिँदै आएको छ ।


अहिलेका उत्तरका शाषक किम जोग ईल भनें किम अल सगंका नाती हुन्। उत्तरमा जहानिँया शाषन चलिरहेको छ । बिभिन्न देश र समाचारले उत्तरमा जीवन यस्तो छ या त्यस्तो छ भनेर अनुमान गरे पनि उत्तरमा वास्तवमा कस्तो छ भन्ने कुरा यर्थाथरुपमा कसैलाई थाहा छैन् । यि दुबै कोरियाहरु बीचमा डिमीलिटराइज जोन भनिन्छ, नाम अनुसार यस क्षेत्रमा सैनिक हुन जपर्ने हो तथापि बिश्वमै सबैभन्दा धेरै हतियार र सैनिक भएको क्षेत्र यसै जोन हो । कुनबेला के हुन्छ कसैलाई थाहा हुँदैन । 
आशा गरौं उत्तर र दक्षिण कोरियाको भविष्यमा एकता हुनेछ र बिश्वमा शान्ति आउनेछ । 

सुयोग ढकाल











Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.