अफ्गानी कवि र तिनका कविताहरु | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

अफ्गानी कवि र तिनका कविताहरु




   Suyog Dhakal - Jun 15 2017

अफ्गानीस्तानको बारेमा हामीलाई धेरै कुराहरु थाहा छ जसमध्यमा त्यहाँ भएको युद्ध, अपराध अनि हत्या हिंसाका कुराहरु हाम्रो मानसपटलमा प्रथम पटक आँउदछ । आज हामी अफ्गानी कविका कविताहरु लिएर आएका छौ , यी कविको नाम हो मतिउल्लाह तुराव ।

पेशाले मतिउल्लाह तुराव एउटा धातु व्यवसायी हुन्, धातुका टुक्राहरुलाई नयाँ नयाँ आकार र प्रकार दिन्छन् यिनीले । उनका अनुसार कविको कार्य केवल प्रेम या फूलका बारेमा मात्र लेख्नु हैन बरु समाज र मान्छेका पिडाहरुलाई मैलै आकार दिनेगर्दछु, उनले भने ।

यो पनि हेर्नुहोस् : जब निर्जिव लाशहरु कला बन्दछन्

जसरी मैले यी फलामका पाताहरुलाई आकार दिन्छु त्यसै गरि समाजका पिडाहरुको शाब्दिक आकार पनि दिनेगर्दछु, उनी भन्दछन् । ४४ वर्षका यि कविले पिडा दिने र पिडा पाउने दुबैका पक्षमा लेख्ने गरेका छन् ।

यूद्धको कविता
यूद्ध अब व्यापार बन्न पुगेछ
टाउकाहरु बेचिएछन
यसरी बेचे कि जस्तै टाउकोको तौल कपास जत्ति पनि छैन
र तौलने ठाँउमा निर्णायकहरु बसेका छन्
निर्णयकहरु पहिले
रगतको स्वाद लिन्छन र मात्र मुल्य निर्धारण गर्दछन्

पास्तो भाषामा यिनले कविताहरु लेख्दछन र वास्तवमै यिनको कवितामा भाव छ अनि पिडा पनि ।
जनसाधारणलाई शान्ति अनि सुव्यबस्थाको वकालत गर्दै यिनका कविताले भ्रष्टाचार विरुद्धका आवाज पनि उठाउने गरेका छन् ।

झण्डा बोक्नेहरुलाई यिनको कविता
ए संसारमा झण्डा बोकेर हिँड्नेहरु
सुरक्षाका नाममा तिमीहरुले हामीलाई धेरै दुख्ख दियौ
तिमीहरु शान्ति र सुरक्षाका कुरा गर्दै
बन्दुक र बारुद बाँड्दै हिँडेका छौ


यिनको विचारमा अफगानिस्तानमा कुनै पनि राम्रा राजनितिज्ञ छैनन् र भएकाहरुलाई जनताको समर्थन पनि छैन् । सरकारी कर्मचारीहरुले आफ्नो कमिजको खल्ती नसिलाएसम्म सुव्यबस्था कायम हुँदैन, यिनको भनाई छ ।

राष्ट्रपती हमिद कारजाईले समेत कविता सुनाउन उनलाई काबुल बोलाएका छन् । मैले कवितामा राष्ट्रपतीकै पनि खण्डन गरे तथापी किन हो उन्लाई मेरो कविता मनपर्यो ? उनी सोच्दछन् । अफगानिस्तानको नानगरहर प्रान्तमा ४४ वर्षअघि जन्मिएका यि कवि आफ्ना यूवाकालमा पाकिस्तान पनि बसेका छन् ।

मारिएका मान्छे अनि मरेको स्वतन्त्रताकालागि उनले यस्तो कविता लेखेका छन्
मानव खोपडी र दासताले भरिएको चिहान
पृथ्वीलाई चिरेर बाहिर आउ
तिम्रा रगतले मलाई तनाव दिइरहिएको छ
र तिमी केही कुमारी केटिहरु पाउने लालसाको नशामा मर्न पुग्यौ


माथिको कविताले आत्मघाती बम विष्फोट गराउने यूवावर्ग अनि उनिहरुको मृत्यू पश्चात कुमारी केटि भोग गर्न पाउने फगत सपनालाई संबोधन गरेको छ ।

उनका कविताहरु स्वदेश, विदेश लगायत न्यूयोर्क टाइम्सले पनि छापेको छ । प्रथम पटक पास्तो भाषावाट आफ्गानी हुँदै अग्रेजी भाषामा रुपान्तरण गरिएका यी कविताका पिडाहरु सरल नेपाली भाषामा , केवल हाम्रो पात्रो मार्फत ।

विश्वमाला हेदै गर्नुहोला है
सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.