श्री गुरु गोविन्द सिंह जयन्ती | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

श्री गुरु गोविन्द सिंह जयन्ती





सिखहरूको दसौं गुरु "गुरु गोबिन्द सिंह"को आज ५ जनवरीको दिन जन्म जयन्ति हो। एक महान योद्धा, कवि, भक्त र आध्यात्मिक नेता गुरु गोबिन्द सिंह, ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दसौं गुरु हुनुभयो। आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको गुरु गोबिन्द सिंह निक्कै शान्त व्यक्तित्व हुनुहुन्थ्यो। आफ्नो अहित सोच्ने दुश्मनहरुसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताको साथ सामना गर्नुहुन्थ्यो । गुरु गोबिन्द सिंहको मान्यता थियो कि "मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई डराउनु हुन्छ"।

गुरु गोबिन्दलाई उनको बाल्यकालमा गोबिन्द राय भनिन्थ्यो। उनका पिता गुरु तेघबहादुर नवौं सिख गुरु हुनुहुन्थ्यो। गुरु गोबिन्दको जन्म हुदा पिता गुरु तेघबहादुर असममा धर्मको शिक्षा बाट्न जानुभएको थियो। गोबिन्द सिंहको बाल्यकालको ४ बर्ष पटनामा बितेको थियो। पटनामा उहा त्यसबेला बस्ने घरलाई अहिले "तखत श्री पटना साहिब" नामको गुरुद्वारा स्थापना गरिएको छ। ४ बर्ष पटनामा बिताएपछि उहा आफ्नो परिवार सँग पन्जाब आउनु भएको हो। त्यसको दुइ बर्ष पछि फेरी गुरु गोबिन्द सिंह आफ्नो बुवा आमासंग हिमालयको शिवालिक पहाडमा बसाइ सर्नुभयो र त्यहाँ बाट उनको प्रारम्भिक शिक्षा सुरु भयो।

गोबिन्द सिंह र उनका पिताको पहलमा उहाहरु बस्नुभएको ठाउ पूर्णतया कुनै पनि किसिमको भेदभावबाट मुक्त हुदैगयो। त्यहाका मानिसहरुमा समानताको लहर फैलाउन गोबिन्द सिंहका पिता निरन्तर लागिरहे। तर, केहि कश्मिरी पण्डितहरुले गोबिन्दका पिता तेघबहादुरलाई जबर्जस्ति धर्म परिवर्तन गरेर मुसलमान बन्न दवाव दिएपछि तेघबहादुरले इस्लाम स्वीकारेनन् र त्यसै कारण दिल्ली को चांदनी चौकमा उनको पिता गुरु तेघ बहादुरको शिर काटी हत्या गरियो। यहि निर्मम घटना पछि गुरु गोबिन्द सिंह सिखहरुको नयाँ गुरुको रुपमा स्थापित भएका हुन्।

त्यसपछि, गुरु गोबिन्द सिंहको नेतृत्वले सिख समुदायको इतिहासमा धेरै नया परिवर्तन ल्यायो। सन् १६९९ मा उहाले "खाल्सा"को निर्माण गर्नुभयो। "खाल्सा" सिख धर्मावलम्बीका अनुयायीहरुको सामूहिक रुप हो। गुरु गोबिन्द आफ्नो भक्तहरुलाई दिने उदाहरणको लागि नि निक्कै चर्चित हुनुहुन्थ्यो। त्यसबाहेक गुरु गोबिन्द एक साहसी योद्धा हुनुको साथै एक उत्कृष्ट कवि पनि हुनुहुन्थ्यो। गुरु गोबिंद सिंहले गुरुको पदलाई समाप्त गर्न ‘गुरु ग्रंथ साहिब’लाई सिखहरूको गुरु बनाउनुभयो र व्यक्तिहरु गुरु हुने प्रचलनको अन्त्य गर्नुभयो। यस हिसाबले पनि उहा सिखहरुको अन्तिम गुरु हुनुहुन्थ्यो। आज उहाको जन्म जयन्तिको अवसरमा सिख धर्मावलम्बीहरुले मात्र नभई सबैले एकपटक उहाको सम्झना गरौं।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.69
  • 114.29
  • European euro
  • 129.55
  • 130.23
  • UK pound sterling
  • 146.25
  • 147.02
  • Swiss franc
  • 114.97
  • 115.58
  • Australian dollar
  • 81.56
  • 81.99
  • Canadian dollar
  • 85.64
  • 86.09
  • Singapore dollar
  • 83.88
  • 84.32
  • Japanese yen (10)
  • 10.45
  • 10.51
  • Chinese renminbi (Yuan)
  • 16.82
  • 16.9
  • Saudi Arabian riyal
  • 30.31
  • 30.47
  • Qatari riyal
  • 31.22
  • 31.39
  • Thai baht
  • 3.58
  • 3.6
  • UAE Dirham
  • 30.95
  • 31.11
  • Malaysian ringgit
  • 27.67
  • 27.81
  • Korean Won (100)
  • 10.13
  • 10.18
  • Swedish Krone
  • 12.67
  • 12.73
  • Danish Krone
  • 17.36
  • 17.45

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम