विश्व स्तनपान सप्ताह प्रारम्भ | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व स्तनपान सप्ताह प्रारम्भ




विश्व स्तनपान सप्ताह प्रारम्भ विशेष अडियो सामाग्री

लाजको समाज, स्तनपानकालागी पनि लजाउनुपर्ने, कहिलेसम्म ?

एउटा न्यूनतम आधारमा जिवन ब्यत्तितगरिरहेको नेपाली समाजमा धेरैप्रकारका लाज र धकका बिषयहरु पाइलैपिच्छे भेटिन्छन् र यस्ता लाज र धकका लागी एकतमासको शब्दकोषनै छ जस्तैकि शारीरीक लाज, सामाजिक लाज, लैगंीक छनौटको लाज, जात या धर्मको लाज, बाँझपनाको लाज अनि परिवर्तित परिपेक्ष्यमा अन लाइन लाज पनि ।

आज म चर्चागर्न चाहन्छु एउटा यस्तो लाज जुन नेपालमा मात्र हैन बरु संसारका सबैस्थान, शहर र गाँउमा लजाइने गरिन्छ, बालबच्चालाई स्तनपान गराँउदा लाग्ने लाज । यो लाजमा जित छैन र महिलाहरुले बालबच्चा पाएनन भने पुरुषको तुलनामा अझधेरै खिस्सीगर्ने गरिन्छ । बच्चापाएर बालबालिकालाई घरबाहिर स्याहारसुसार गरियोभनेँ पनि खिस्सी गरिन्छ र बिशेष यदि आफ्ना शिशुलाई सार्वजनिक स्थलमा स्तनपान गराउदै हुनुन्छ भनेँ त त्यो झन खिसीको बिषय बन्न सक्छ ।

दुख्खदायी कुरा त त्यतिबेला हुन्छ कि यदि तपाई महिला हो तर बिभिन्न अन्य कारणहरु जस्तै स्तनबाट दुध नआएर या कार्यलय समयको कारणले या अन्यकुनै कारणले एउटी महिलाले आफ्नो शिशुलाई स्तनपान गनराउननपाएर अन्य श्रोतको दुध या पौष्टिकपुरक आहार या फर्मुला दुध खुवाउनुपर्दछ । यस्तो अवस्थामा झन आमाहरुलाई समाजमा ज्यादै लज्जीत गराउने गरिन्छ ।

बाटोको छेउमा मुत्रत्याग गर्दा चाँही सामान्य मान्ने समाजले महिलाहरुले आफ्नै तवर या परिस्थिती अनुरुप शिशुको स्याहारगर्दा भने खिस्सी र लाजको बिषय बन्नेगर्दछ । आमाहरुले खुल्लारुपमा आफ्ना शिशुलाई स्तनपान गराउन पाउनु कुनै रकेट साइन्स हैन तर यो जिवन र अझ भनौँ आउने पुस्ताकालागी एउटा स्वगातार्थ कदम हो ।

उदहारणको लागी एउटा शिशुको रुपमा आफूलाई परिकल्पना गर्नुहोस, आमाको छातीका टासेर सारीको सप्को या अन्य कपडाले छोपेर खाना खानु के त्यति खुल्ला र सामाजिक हुन्छ जति खुल्लारुपमा हुनेगर्दछ ? यो समाजले हामीलाई सदियौँदेखी स्तपानलाई एउटा नितान्त प्राइभेट र गोप्य बिषय बनाएको छ । वास्तवमा यो कुनै गोप्य कुरा हैन किनकि शिशु हुर्काउनु कुनै अपराध हैन र आमा बनेर शिशुको स्याहारगर्नु सम्पूर्ण मानवजगतकैलागी शानको बिषय हो । यी अनि यस्तै बिभिन्न सोच अनि कुप्रथाले गर्दा मातृत्वको समय अफठेरो र आमा बन्न असहज हुदै गएको छ । मातृत्वको समयमा आमाहरुलाई सामान्य जिवनयापन गर्न सजिलो बनाइदिनु हाम्रो कर्तब्य हैन र ?

यसो भन्दैमा आमाहरुले सार्वजनिक स्थानमा स्तन देखाँउदै हिड्नपर्छ भन्ने हाम्रो आशय हैन तर धेरै सार्वजनिक स्थलहरु जस्तै एयरपोर्ट, बसस्ट्यान्ड अनि धेरै नाम चलेका अन्तराष्ट्रियस्तरका रेष्टुरन्टहरुमा पनि बिशेषतः स्तनपानकालागी सुरक्षित, शान्त र सफा ठाउहरुको ब्यबस्था हुँदैन । अनि यदि आमाहरुले आफ्ना शिशुलाई सार्वजनिक स्थलमा स्तनपान गराउन अफ्ठेरो मानेर या ठाउ नपाएर आफ्ना बालबालिकालाई फर्मुला दुध खुवाएमा या स्तनपान नगराउदाको शिशुमा पर्ने असर र अपरच्यूनिटी कस्ट को क्यालकुलेशन कस्ले गर्ने ? स्वास्थ्य बिज्ञान र न्युट्रिसयनहरुले कम्तिमा शुरुका २ बर्ष सम्पूर्णरुपमा शिशुलाई स्तनपान गराउनपर्ने कुरा गरिरहँदा हाम्रो समाज कत्तिको यस बिषयमा संबेदनशील छ त ? फेरि स्तनपान गराउनाले सुन्दरतामा असर पर्छ भन्ने गलत धारणका कारणले आमाहरुले शिशुलाई स्तनपान नगराउने कुरा पनि आफ्नै ठाउमा छ ।

स्तनपानलाई सामान्य क्रियाकलाप बनाउन र यस्को महत्वको सामाजिक स्वीकारोक्तीकालागी धेरै कसरत गर्नुपर्ने देखिन्छ । अब अगस्त एक देखि ७ सम्म बिश्व स्तनपान सप्ताह मनाइदैँछ, यी कुराहरुपनि सम्बोधन हुन्, शुभकामना

राजन शाह
जनस्वास्थ बिज्ञ
ग्रुप फर टेक्निकल असिस्टेन्ट
धोबिघाट, ललितपुर



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.