हे नवदुर्गा भवानी | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

हे नवदुर्गा भवानी


   धनुश रानामगर - Oct 08 2016

रछा गरुन सारा जगतलाई हे नवदुर्गा भवानी |
बेदना मुक्त रहुन हामी सबैको जिवन काहाँनी ||

ओठमा हासो निधारमा टिकी, जमरा होस कानमा |
प्रगाढ बनोस सम्बन्ध सधै आफन्त मित्र जनमा ||

रोकिएर बर्षात हटे पछी चारै तिर हिलो मैलो |
खुशीयाली झनै परदेशी फर्के गाउँघरै रमाइलो ||

कोही मचिदै पिङमा त कोही चङ्गा उडाउदै ब्यस्त |
मजा बेग्लै माहोल फरक सबै आफ्नै मोजमा मस्त ||

अयोध्यामा भागवान रामले खुशी मनाएको बेला |
गाउ घर नि उस्तै झिलिमिली कती रमाइलो मेला ||

उता महिसासुर नि हारे पछी दुर्गा भवानीसगँ |
दैत्य बध सगैँ सारा जगत खुशीको रंगमा दंग ||

सुखमय होस नपरोस गर्न कसैले पिडाको सामना |
समस्त नेपाली मनहरुमा बिजया दशमिको लाखौ लाख..
शुभ कामना ....!!!!

--------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.