मलाई चोट परेको थाहा पाएको छ
कैले नआउने मान्छे घरमै आएको छ
बर्षौ भएको थियो नतिरेको त्यो गुण
कोसेली भन्दै फलफूल साथ ल्याएको छ
पानी सम्म खान्न भन्ने हल्ला गर्दै हिड्थ्यो
सगै बसि एक छाक भात खाएको छ
मित्र हो मन दुखाउने अधिकार पनि छ
मित्रताको मोल आज उसले चुकाएको छ
अङ्गालोमा टासिंएर पिडाहरु मलाइ पोख्दै
आफू पनि रुदै मलाई पनि रुवाएको छ
मलाई चोट परेको थाहा पाएको छ
कैले नआउने मान्छे घरमै आएको छ
Liked by: