पासपोर्ट बोकि अरब तिर | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

पासपोर्ट बोकि अरब तिर




   राजु भण्डारी - Apr 25 2017
पासपोर्ट बोकि अरब तिर गजल

पासपोर्ट बोकि अरबतिर कत्ती धाउनु सरकार !
दुधे बालक झुपडीमा कत्ती रुवाउनु सरकार !

परिवार सैँ चाड मान्ने हाम्लाइ पनि रहर होला
मनमा पीडा गुन्टा पारी कत्ती रमाउनु सरकार !

देशमा रोजगार केही छैन सुरक्षाको कुरै छाडौं,
भोको पेट नाङ्गो आङ झुप्रो के ले छाउनु सरकार !

झुटा नारा भिराइ हाम्लाइ कुर्सी तान्न पुग्छौ तिमी,
अब फेरि चुनावमा किन छाप लाउनु सरकार ?

-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.