विजया एकादशी - Hamro Patro (The Best Nepali Patro)
DOWNLOAD APPS BY HAMRO PATRO

आउँदा दिनहरु

मेरो नोट Add Note

  • तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

राशीफल

ब्लग / साहित्य

Feb/Mar 2019
२०७५ फाल्गुण
१८
शनिवार
Mar 02, 2019
एकादशी
विजया एकादशी
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

विजया एकादशी



फूलपाती पनि भित्राइयो, अष्टमीमा बलि पनि चढाइयो होला, नितान्त पारिवारीक माहोलमा रमाइरहेकाहरु देखि परिवार अनि देशलाई सम्झेर परदेशमा टीको थाप्न तैयारी गरिरहनुभएको तपाई सबैलाई महादशमीको शुभकामना । गाँउगाउमा आज विहानैदेखि एउटा स्वच्छ रौनक छ, नयाँ लुगा लगाएर केटाकेटीहरु यता र उता दौडिदै दैलो दैलो पुगिसके पो होलान् ? के वुढा, के वृद्ध अनि के तन्नेरि ? सबैलाई दशैले छोएको छ ।
नौ दिनसम्म पूजाअर्चना गरेको जमरा विधीपूर्वक ल्याएर अनि दहि, अविर अनि चामल हालेर अक्षता वनाई, सकल परिवार एकैठाँउमा वसेर, घरको मुलखाँबो पूजा गरेर रोलैसँग ठूला अनि क्रमश सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । गाँउका सबैभन्दा वुढापाकाहरु साईतको टीको लगाउन आफूभन्दा वुढा मान्यजनकामा जाने र नभएमा आफ्नै जिवनसाथी या दाजुभाईका हातवाट टीका लाउने चलन छ । घरतर्फ टीका लाउँदा दक्षिणा दिनपर्ने र मामाघर तिर लगाँउदा दक्षिणा पाइने चलन छ, केटाकेटीहरु टीका थापेपछी नयाँ र वास्ना आउने नोटहरु हात हातमा लिएर हिड्नेछन । ति नोटहरुमा छ्यापिएको अक्षताको रातो रङ्ग को एक विशेष याद हामीमध्य धेरैको वालपनासँग जोडिएको छ, याद गर्नुभयो ? 


घरको टीका लगाएर सुसुराली, मामाघर या बडा वा, दाजु अनि मान्यजनकामा टीका लगाउन जाने चलन छ, आजको दिन वाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिडेका पदयात्रीहरु प्रशस्त देखिन्छ ।
सनातन धर्ममा दशैको आर्शिवादलाई पौराणीक पात्रहरु र तिन्को महारथसँग जोडिएको छ ।आज दशमी तिथी अर्थात दशौँ दिन अनि यसै दिनमा पर्ने चाड दशै शब्द दशमी र दशहरा वाट आएको शब्दका रुपमा लिइन्छ, दशहराको अर्थ हो दशानन रावणको पराजय, आजको दिनमै दुर्गा भवानीले महिसाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयकारुपमा लिइन्छ । टीकालगाँउदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिएर संबोधन गरिन्छ जस्को मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदैछौ । सनातन धर्मका मन्त्रहरु नेपालीमा या अन्य भाषमा त्यती छैनन, मन्त्रमार्फत भगवानलाई पूकारगर्दा सस्कृत भाषामै भएका मन्त्रहरु उच्चारण गरिन्छ, आज नेपालका घरघरमा रातो टीका, जमरा अनि यी मन्त्रहरु शब्दोचारित्त हुनेछन् ।
पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद

आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात द्रोणको छोरा अस्वस्थामाकोजस्तो आयू होस, राजा दशरथको जस्तो सम्मान र आदर सर्वत्र फैलियोस, राजा नहुसकोजस्तो सम्पती होस, पवनको जस्तो गती होस र राजकुमार दुर्योधनलाई जस्तो मानिसहरुले सम्मान गरुन । सान्तनुको पुत्र जस्तो शक्तिशाली योद्धा वन्नु, कृष्णको दाजु वलरामकोजस्तो वल होस अनि कुन्तीको छोरा जस्तो सत्यवान हुनु ।
महिलालाई टिका लगाइदिदा भन्ने आशिर्बाद

जयन्ती मंगला काली,
भद्र(काली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री,
स्वधा स्वाहा नमोऽस्तु ते।
अर्थात ति देवी जस्ले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछन, जो हरेक अन्धकारको निदानगर्न सक्दछिन, समयको पावन्धीभन्दा पर रहेकी देवी जस्ले मानव खप्परको माला लगाउदछिन अनि हरेक प्रकारका दुख्खको निदान गर्न सक्ने । यस जगतकी रक्षागर्ने हे देवी यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौ ।

 गएको वर्षभित्र परिवारजनको मृत्यूभएका परिवारले शोक परेकाले दशै मनाँउदैनन, दशैको माहौल त्यस वर्ष शोकाकुल परिवारकालागी दुख्दायी रहन्छ भने गएको वर्षमा भुइचालोमा मृत्युभएका परिवारहरुले पनि यस वर्ष शोक फूकाएर दशै मनाउनु हुन्छ । शोक त एकवर्षमा सकिन्छ तर यादहरु अनि वितेका ब्यक्तिको उपस्थिती सधै खड्किन्छ, दशैको यो उत्सवमा ति परिवारहरुप्रति हामी हाम्रा भावनात्मक श्रद्धासुमन अर्पण पनि गर्न चाहन्छौ ।
यी शुभाशिषहरुले भनेजस्तै हामीले उत्तरोक्तर प्रगती गर्नसकौँ, सत्य वोल्न, श्रेय राख्ने कामगर्न अनि आदर गर्न अनि पाउन कहिले नचुकौँ, सबैलाई दशमीको टीका, जमरा र आशिषले सत्मार्ग दिओस ।

हाम्रो पात्रोको लागि सुयोग ढकाल 



आउँदा दिनहरु

मेरो नोट Add Notes

  • तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

राशीफल

ब्लग / साहित्य

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.38
  • 113.98
  • European euro
  • 129.29
  • 129.97
  • UK pound sterling
  • 146.17
  • 146.94
  • Swiss franc
  • 114.25
  • 114.86
  • Australian dollar
  • 81.25
  • 81.68
  • Canadian dollar
  • 85.36
  • 85.82
  • Singapore dollar
  • 83.61
  • 84.05
  • Japanese yen (10)
  • 10.42
  • 10.48
  • Chinese renminbi (Yuan)
  • 16.75
  • 16.83
  • Saudi Arabian riyal
  • 30.23
  • 30.39
  • Qatari riyal
  • 31.14
  • 31.3
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 30.87
  • 31.03
  • Malaysian ringgit
  • 27.56
  • 27.71
  • Korean Won (100)
  • 10.09
  • 10.15
  • Swedish Krone
  • 12.57
  • 12.64
  • Danish Krone
  • 17.32
  • 17.41

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम