Zero Discrimination Day | शून्य भेदभाव दिवस | २०७५ फाल्गुण १७ | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Feb/Mar 2019
२०७५ फाल्गुण
१७
शुक्रवार
Mar 01, 2019
दशमी
शून्य भेदभाव दिवस ( Zero Discrimination Day )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

शून्य भेदभाव दिवस





के तपाइँ भेदभाव गर्नुहुन्छ ? आखिर के हो त भेदभाव ? भेदभाव प्राय: गलत सूचना वा अज्ञानताको डरमा आधारित हुन्छ। भेदभाव परापुर्वकाल देखि हाम्रो समाजमा जरा गाडेर फैलिएको यस्तो बिष हो जसले भगवानको यो सुन्दर संसारमा एक अर्कालाई समान देख्न सक्दैन। कहिले जातीय, कहिले लिङ्ग, कहिले आर्थिक अवस्था,कहिले रङ्ग र कहिलेकाही केहि नया परिस्थितिले सिर्जना गर्ने भेदभाव सायद हामीले आफ्नो समाज नियाल्दा देख्ने पहिलो कमजोरी हो। यदि हाम्रो समाज कुनैपनि किसिमको भेदभावबाट मुक्त हुन सकेन भने हामीले कहिले पनि स्थायी विकास लक्ष्यहरू हासिल गर्न सक्दैनौ।

थुप्रै शिक्षा हासिल गर्यौ हामीले, अहिले २१ औ शताब्दिमा छौ हामि, मानव समुदायले यतिको समय बिताएर आइसक्दा पनि हाम्रो बौद्दिकता अझै हाम्रो समाजमा भएको भेदभावले दर्शाउदछ। प्राय अरु सामाजिक मुद्दा जस्तो भेदभाव अशिक्षासँग मात्र सम्बन्धित छैन, किनकि हाम्रै समाजमा पनि नियालेर हेर्ने हो भने शिक्षित र अशिक्षित बिचमै भेदभाव बुझ्न सकिन्छ। यो बिडम्बनाको विषयलाई विश्वभरिका मानव समुदायको अगाडी प्रश्न बनाएर प्रस्तुत गर्न हरेक वर्षको मार्च १ गते संयुक्त राष्ट्र संघले शुन्य भेदभाव दिवस मनाउने गर्दछ। यो UNAIDS को विशेष पहलमा मनाउन शुरु गरिएको दिवस हो।

UNAIDS मुलत एचआइभी पिडितको सहयोगमा केन्द्रित संस्था हो। एचआइभी पिडितसँग सम्बन्धित कडा भेदभाव संसारको लगभग हरेक भागमा अवस्थित भएकाले आजको दिन ति पिडितलाई पनि कसैले भेदभावको नजरले नहेरुन भन्ने उद्देश्यको साथ UNAIDS को पहलमा शुन्य भेदभाव दिवस २०१७ देखि मनाउन शुरु गरिएको हो। तर आजको दिनले मुलत एचआइभी पिडितसँग मात्र हैन, समाजमा चलिरहेका अन्य किसिमका भेदभावबारे पनि मानव समुदायलाई सोच्न बाध्य बनाउछ।

हामि सबै समान छौ, यो संसारमा मानव मात्र नभई यहाँ बस्ने सबै सजिब निर्जीव बस्तुको उत्तिकै अधिकार रहेको कुरा आजको मानव समुदायलाई बुझाउन खोज्नु जस्तो लज्जित कुरा केहि छैन। एकचोटी मनमा हात राखेर मनन गरौ, के हामीले शुन्य भेदभाव गरेका छौ ? या गर्न सक्छौ ?

आजको यो दिनको अवसरमा सबैलाई आत्ममनन गर्न शुभकामना।



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 110.25
  • 110.85
  • European euro
  • 124.9
  • 125.58
  • UK pound sterling
  • 146.62
  • 147.42
  • Swiss franc
  • 110.04
  • 110.64
  • Australian dollar
  • 78.17
  • 78.6
  • Canadian dollar
  • 82.68
  • 83.13
  • Singapore dollar
  • 81.52
  • 81.96
  • Japanese yen (10)
  • 9.89
  • 9.95
  • Chinese renminbi (Yuan)
  • 16.42
  • 16.51
  • Saudi Arabian riyal
  • 29.4
  • 29.56
  • Qatari riyal
  • 30.28
  • 30.45
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 30.02
  • 30.18
  • Malaysian ringgit
  • 26.95
  • 27.09
  • Korean Won (100)
  • 9.71
  • 9.76
  • Swedish Krone
  • 11.94
  • 12.01
  • Danish Krone
  • 16.73
  • 16.82

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम