International Youth Day | अन्तर्राष्ट्रिय युवा दिवस | २०७५ साउन २७ | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Jul/Aug 2018
२०७५ साउन
२७
आइतवार
Aug 12, 2018
प्रतिपदा
अन्तर्राष्ट्रिय युवा दिवस ( International Youth Day )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

अन्तर्राष्ट्रिय युवा दिवस / गुंला पर्व आरम्भ




वैदेशिक रोजगारबाट आएका विप्रेशण 'रेमिट्यान्स'को पैसाले सिमेन्टका सग्ला घर, राम्रा लूगाफाटा, मिठा खाना अनि महँगा टिभी, मोबाइलहरु हात हातमा देखिएतापनि यसरी सधैं लाहूरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ र ? सोच्नुपर्ने समय आएको छ ।


अन्तर्राष्ट्रिय युवा दिवस विशेष अडियो सामाग्री

अन्य बर्षहरु झै यस बर्षपनि अगस्त १२ को दिन अन्तराष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रमको आयोजना गरेर संसारभर मनाइदैछ । व्यक्ति, परिवार, समूदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिवसले अन्तर्राष्ट्रिय जगतलार्इ सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्दछ ।

युवा जनसंख्यालाई संसारका कुनैपनि देशले आ-आफ्नै उमेरको परीधिमा राखेको छ तथापि युवा भनेको मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेरसमूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको युवा अवस्था शक्ति र सार्मथ्यले भरिपूर्ण अवस्था हो ।

त्यसैले पनि होला युवाहरुलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनकालागि नयाँ सोंच, उर्जा, चेतना, माैलिकता अनि हक्कि स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसकालागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनैपनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्दछन् । इतिहास साक्षी छ, युवाहरुको सहभागिताबिना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सहि अर्थमा परिचालन गर्न नसकिएमा चुनौती दुबै हुन् ।


नेपाली गाउँहरुमा आजभोली पहिलेजस्तो युवाहरुको संख्या बाक्लो देख्न कहाँ पाइन्छ र ! हाम्रा देशका युवाहरु गएका दशकदेखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको सिलसिलामा विदेश जाने क्रम झन-झन बढेको छ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरु, विकासका लहरहरू र उर्जायूक्त दिवसहरु आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायूक्त क्षेत्रहरूमा अझै अँटाउन सकेको छैन, हाम्रा युवाहरु मुख्यतः खाडि, कोरीया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मे-हम्मे परेको समाचार विभिन्न सञ्चार माध्यमबाट आएकै हुन् ।

वैदेशिक रोजगारबाट आएका विप्रेशण 'रेमिट्यान्स'को पैसाले सिमेन्टका सग्ला घर, राम्रा लूगाफाटा, मिठा खाना अनि महँगा टिभी, मोबाइलहरु हात हातमा देखिएतापनि यसरी सधैं लाहूरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ र ? सोच्नुपर्ने समय आएको छ ।

दिनहुँजसो बाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरु अनि तिनमा आश्रीत परिवारका आशुँको हिसाब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ । युवाहरु गहना हुन भने देशको सम्पतिलाई विदेशिनु नै नपर्ने वातावरण सृजना होस् । देशमा बढ्दो राजनीतिक सङ्कट, समाजका हरेक अन्तर्वस्तुमा हावी भइरहने पारम्परीक चिन्तनलार्इ चिर्नकालागि भएपनि हाम्रो देशमा युवाशक्तिको सबैभन्दा बढी आवश्यक्ता छ । पुल-पुलेसा, बाटो-घाटो अनि विभिन्न पुनरर्निर्माण तथा विकासको अग्रगामी सोंच र त्यो सोंचमा भरपर्दो ताकत भरेर देशलाई समृद्ध बनाउन युवाहरुको भुमिका अपरिहार्य छ, 'हे युवा जय युवा' ।

"नेतृत्वबाट नयाँ र प्रभावकारी लक्ष्य राखेर दीर्घ विकास गर्ने सोंच राख्दा युवाहरुको सहभागिता अन्य समयहरूभन्दा थप महत्वपूर्ण रहन्छ र यस एतिहासिक विन्दुमा म 'वान कि मूनको सम्बोधन' संसारका युवाहरुसंगै नेपाली युवाहरूलाई वहूआयामिक विकासका निमित्त मागहरु राखेर आजको आवश्यक्तालाई सम्बोधन गरिदिन आग्रह गर्दछु ।"

वान कि मून
संयूक्त राष्ट्र संघ महासचिव


यस अर्थमा नेपालमा पनि बिभिन्न कार्यक्रमहरु गरिंदै अनि ज्ञापन-पत्र र घोषणा-पत्रहरु मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा बुझाउने चलन छ । युवाहरुले आफ्ना माग र आवश्यक्ताहरुलाई सरकार र सरोकारवालाहरु समक्ष लैजान जागरुक र तदारुक हुन जरुरी छ, स्वरोजगार ऋृण र सीपमुलक शिक्षा प्रणालीजस्ता अवधारणा साकार पार्न नेपाली युवाहरुको जोडदार आवाज उठ्न जरुरी छ ।

अर्कोतर्फ सुशासन, पारदर्शिता र विधीको शासनकालागि युवाहरुको खबरदारी सदासर्वदा अावश्यक रहन्छ, जहाँ अावाज कमजोर भयो बुझेहुन्छ विकास ठप्प भयो, परिवर्तन ठप्प भयो । यस कारण पनि परिवर्तनका संवाहक युवाहरुको भूमिका अनन्त छ, यूगान्तकारी परिवर्तन र बिकासको अभिभारा नेपाली युवाहरुको कुशल काँधमा छ । जय होस् !

गुंला पर्व आरम्भ

 
आज हामी गुंला पर्वको साम्रगी लिएर आएका छौं, वर्षभरि नेपाली चाडवाड अनि दिनविशेषको संगालो लिएर आउने यहाँहरुको प्रिय मोबाइल पात्रो हाम्रो पात्रो मा ।
वर्षाको मादकता अनि जोखिम दुबै आफ्नो चरमोत्कर्ष मा छ , धानको रोपाँई कतिको सकियो कुन्नी ? तराई तिर अझै राम्रो झरि नपरेको र रोपाई केही प्रभावित भएको पनि सुन्नमा आएको छ भनें पहाडहरुमा सदाझैं वर्खाका प्रकोपहरु पहिरो अनि बाढीका समाचारहरु सुन्नमा आएका छन् । बादलहरु कहिले पागल भएर बर्षन्छन् त कतै कन्जुस भएर जलथोपाहरु नझारि बसेका छन् । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुंला पर्वमा सबैलाई स्वागत । 

नेपाल: सबंतको यो दशौं महिना हो अनि यस गुंला महिनामा गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौ उपत्यका लगायत अन्य केही नेवा समुदायको बाहुल्यता भएका ठाँउमा मनाइन्छ । नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढि आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ, भगवान बुद्ध अनि वहाँका अनुयायीहरु दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा वर्खाका समयमा यात्रा नगरि एकै ठाँउमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ ।विशेषगरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।

आज काठमाडौं उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला संगितको श्रवण गर्न सकिन्छ भने बिभिन्न गुम्बा, मन्दिर अनि आत्मिकस्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवाः सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि संगित अनि पछि पछि भक्तजनहरु हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरु प्रशस्तै देख्न सकिन्छ, काठमाडौ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ, आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाँउने चलन रहन्छ । काठमाडौ र ललितपुरमा पन्जारा अर्थात बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने चलन पनि छ । बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ । 

दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरु यस दिनमा विशेष गरिन्छ, हुन त गुंला एकदिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका बिभिन्न तिथीमा बिभिन्न प्रकारले मनाइन्छ । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरुमा आआफ्ना दिनचर्याका खाकाँ गज्जबले कोरौं, सबैलाई शुभकामना ।

हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.