Eid al Fitr/World Environment Day | ईद उल फितर/विश्व वातावरण दिवस | २०७६ जेठ २२ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    May/Jun 2019
    २०७६ जेठ
    २२
    बुधवार
    Jun 05, 2019
    वैशाख शुक्ल प्रतिपदा
    ईद उल फितर/विश्व वातावरण दिवस ( Eid al Fitr/World Environment Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    'इद उल फितर' | विश्व वातावरण दिवस





    चन्द्रमाको सौन्दर्य र आकारमा आधारित यस चाडको अनुग्रह वास्तवमै प्रकृतीको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू-भागमा पनि इद मनाउने दिन फरक हुनसक्दछ, यदि यो दिन कहिले हो भनेर दुविधामा हुनुहुन्छ भने कृपया नजिकैको मस्जिद या मुस्लिम सामाजिक सामूदायीक केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ । इदका दिनबाट रमजान सकिनेछ र एकदिन अगाडि नै यस वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकीएको हुन्छ ।

    आउनुहोस् ईदको यहि पेरिफेरिमा आज केहि कुरा गरौं, हाम्रो पात्रोमा ।

    इस्लाम धर्मावलम्बीहरुको एक महान चाड 'इद उल फितर' पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्दछ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण हुन्छ त्यसकारण पनि इस्लामीक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबैजनाले चन्द्रमा हेर्ने गर्दछन र जब 'हिजाल' अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र र्इद उल फितर पर्वको प्रारम्भ हुने गर्दछ । यो एउटा उत्साह, जीत र समानताको चाड हो जहाँ परिवार र समूदायका हरेक व्यक्ति धनी, गरीबहरूको मुहारमा मुस्कान र सदाचारका शुभेच्छाहरु भरीएका हुन्छन् र यिनै सदाचारका शुभकामनाहरू एक अर्कालार्इ अङ्गालोमा बेर्दै आदानप्रदान गर्ने गर्दछन् ।

    इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममा यहि रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरु प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरु बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरु खुल्ला रहने बताइन्छ जस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।

    र्इदको दिन इस्लाम धर्मावलम्बीहरु स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरु मध्ये सबैभन्दा राम्रो कपडा लगाएर र्इद विशेष प्रार्थनाकालागि नजिकैको मस्जिदमा भेला हुने गर्दछन र प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिने गर्दछन्, यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गर्दछन र बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान प्रदान गर्दै जाने चलन छ । प्रार्थनामा जाँदा र फर्कदा सकेसम्म फरक-फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ ।

    प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरु सामूहिक भेला हुनेगर्दछन् र सामूहिक रुपमा भोज गर्दै र्इद उल फितरलार्इ हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ, रोचक कुरा त के छ भने र्इदका सम्पूर्ण खुशीयाली र शुभेच्छाहरुको साटासाट खुल्ला आकाशमुनी गर्ने गर्दछन् । बालबालिकाकालागि भने यो उत्सव अझै विशेष हुनेगर्दछ किनभने उनीहरुलाई आफूभन्दा ठूलाले बिभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिनेगर्दछन् जसलाई ईदको ईदि भनिन्छ जसमा ठूलाले आफू भन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनाै अथवा अधिकारनै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गीन बनाउन कतिपय ठाँउमा त बालबालिकाहरुले विभिन्न रङ्गहरु र झिलीमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज-सज्जा गर्ने गर्दछन् ।

    ईदको दिनमा गरिने विशेष प्रकारको भजनलाई सलत भनिन्छ जसका दुई सकतहरु अर्थात भागहरु हुन्छन् । यी भजनहरु खुल्ला भजन गृह या ठाँउमा सामुहीक रुपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरु पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पवूर्ण छन भन्ने बुझिन्छ ।

    नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनैतिक दलहरुले औपचारीक सन्देश जारी गर्दै मुसलमान दाजुभाई दिदिबहिनीहरुलाई ईद को शुभकामना दिइन्छ । समाज र समानतासंग इस्लाम धर्मको बिशेष निकटता छ, धनी र गरिब सबैले समान रुपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून भन्ने कुरामा इस्लामीक रितीहरु विशेष तवरले बनाइएको पाइन्छ ।

    यस चाडले भातृत्व, शान्ति र शुभेच्छाहरुको आदान प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ र गरिब परिवारहरुले पनि सम्मानकासाथ र्इद मनाउन पाउन भनेर बिभिन्न प्रकारका भोजहरु आयोजना गर्ने गर्दछन् । भातृत्व र उत्साहको यो पर्वमा तपार्इं हामी सबैलाई ईद उल फितरको शुभकामना ।

    विश्व वातावरण दिवस


    माटोवाट आएको मान्छेको अस्तित्व माटोमै विलीन हुन्छ, हावा अनि पानीको वरिपरि झुम्मिएको मानवको जीवन प्रकृतिको देन र कृपा हो । आजको समयमा लुगा, पैसा, कमाई या सम्बन्धको आधारमा मान्छेको तुलना हुन थालेपनि मान्छेको प्रारम्भिक उपस्थिति प्रकृतिको कृपाले मात्र सम्भव छ ।

    चाहे महलमा बसौँ या झुपडीमा, अमेरिकामा बसौँ या अन्टार्कटिकामा, हामीले फेर्ने श्वास, टेकेको माटो र हामीलाई सिञ्चित गर्ने जलका श्रोतहरु अनि हाम्रो शिरउपरको आकाशको टुक्राहरु उनै त हुन् । आउनुहोस् आज विश्व वातावरण दिवस अर्थात जून ५ तारिखमा हामीपनि वातावरण केन्द्रित भएर केही बात मारौं, हुन्न र ? सामान्यता वातावरण अर्थात वातको आवरण, सरलरुपमा भन्दा हामी वरिपरि भएका वायूको आवरणलाई मान्न सकिन्छ । खाने खाना, पिउने पानी, श्वास फेर्ने हावा अनि अन्य थुप्रै कुराहरु वातावरणका उपज अझ भनांै वातावरणका उपहारहरु हुन् ।

    यस संसारमा सबैभन्दा मूल्यवान कुराहरु तिनै हुन् जसलाई प्राप्त गर्न हामीले कुनै पैसा तिर्न पर्दैन, जस्तै कि पानी, हावा, आकाश अनि बर्खा ।

    यी सबैकुराहरु वातावरणमा निर्भर छन् । बुढाबुढीको कथामा पुराना दिनमा भएका स्वच्छ वातावरण, निर्मल बग्ने खोला, गुणस्तरीय खानेकुराहरु अनि उब्जाउका हामीले कुराहरु सुनेका छौ ।
    सुस्तरी मानव विकासक्रमसँगै यी कुराहरुमा लोप हुँदैगयो, बाग्मतीको जस्तो हविगत नेपालका थुप्रै नदिनालाको भयो । धुलो अनि धुवाँमा मडारिएको शहरभित्र कोलाहल अनि कर्कश ध्वनिका बीच, कन्क्रिटका ढिक्काभित्र ल्लास्टिकका फूल अनि फूलदानी लगायत कृक्रिम अनि प्रशोधित जीवनशैलीमा भांैतारिएका हामीहरु । तपार्इंहामी सबैलाई आजको वातावरण दिवसले एउटा चेतावनी भने दिएकै हो । कत्ति जिम्मेवार छौँ त हामी यस वातावरण संरक्षण प्रति भन्ने ?

    हरियो डाँडा र जगंलहरुमा सोत्तर बस्ती बसाएपछि त्यहाँ बस्ने जनावर र चराहरु कहाँ गए होलान् ?
    यसरी रुख अनि जगंल फडानी गरेर बस्ती बसाउँदै गर्दा भोलिका दिनमा हामीले सहन गर्नुपर्ने वातावरणीय चुनौती र प्राकृतिक विपत्तिको बारे कहिले सोच्ने ?

    कलकारखाना अनि घरवाट निस्केका ढलहरु खोलानालाले बोक्नपर्ने कहिलेसम्म ?
    धूवाँ अनि धुलोका बीच हाम्रा भावीपुस्ताहरु अनि हामी आफै स्वस्थ्य रहन सकौंला त ?
    मननयोग्य छ ।

    आउनुहोस् हामीसबै प्रकृतिसँग नजिक हुन र प्रकृतिलाई माया गर्न तयार बनौँ । धुलाम्मे शहरभित्र मास्क लगाएर सुदृढ भविष्य कोर्न अप्ठेरै छ, अस्वस्थकर र मुहान नै फोहोर भएका पानी पिएर स्वस्थ रहनु दिवास्वप्न नै त हो ।

    १६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु पर्नेमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता प्राप्तभयो । त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो बर्ष अर्थात ५ जुन १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा अंगिकारगरिएको हो ।

    नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाईदैछ, मुख्य कुरा चाँही भावी सन्ततीलाई प्रकृतिप्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ । काठ हैन रुखलाई माया गर्न सिकाऔ, रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔँ । कागज र कम्प्यूटर हैन वास्तविक्तामै जनावर र जगंल देख्ने अवस्था रहोस । मान्छे लगायत अन्य जनावर अनि उनिहरुसँगको सहअस्तित्व सबैलाई ज्ञात होस् ।

    घडेरी र खेत दुबै महत्वपूर्ण छन्, जीवन र प्रकृति बीचको सम्बन्ध सबैले बुझौँ ।
    विश्व वातावरण दिवसको शुभकामना

    ------------
    हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.