Rashtriya Krishak Diwas | राष्ट्रिय कृषक दिवस | २०७६ जेठ २७ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    May/Jun 2019
    २०७६ जेठ
    २७
    सोमवार
    Jun 10, 2019
    वैशाख शुक्ल प्रतिपदा
    राष्ट्रिय कृषक दिवस ( Rashtriya Krishak Diwas )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    राष्ट्रिय कृषक दिवस





    "कृषक" अथवा "किसान" यस्तो व्यक्ति हो जसले आफ्नो जीवनको अमुल्य समय खेतबारी र उब्ज्यनी मै बिताएको हुन्छ । न त डाक्टरको जस्तो सुकिलो सेतो पोशाक, न त वकिलको जस्तो टल्केको कालो पोशाक, माटो लतपतिएको लुगा लगाउने यी कृषकहरुको महत्व हामीले नबुझेको या बुझ्न नखोजेको त पक्कै हैन, तर संसारकै सबै भन्दा आदारभुत यो पेशालाई दिइनुपर्ने सम्मान अहिले को समाजले के दिएको छ त ? आज सातौ राष्ट्रिय कृषक दिवसको उपलक्ष्यमा हामी सबैले यस बारेमा एकपटक सोच्न भने आवश्यक छ।

    नेपाल एउटा कृषि प्रधान देश हो र हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकहरुको सम्मानको लागि राष्ट्रिय कृषक दिवस मनाइने गरिन्छ। आजको दिन देशभित्र,  कृषक सेवा समितिले कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। बि.सं २०७० साल देखि प्रत्येक वर्ष कृषक सेवा समितिले मनाउदै आएको यो उत्सवको अवसरमा आज विभिन्न स्थानका उत्कृष्ट कृषकलाई सम्मान पनि  गरिने गरिएको छ।

    कृषिकार्य सहज कार्य भने पक्कै हैन, अझ नेपाल जस्तो विकाश उन्मुख देशमा कृषकहरुले थुप्रै चुनौतीहरुको सामना गर्नु परि नै रहेको छ। कृषक समुहले समयमा मल-बीउ नपाउने, सिचाईको व्यवस्थामा कठिनाई भोग्ने  र कृषक पेशामा अहिलेको पुस्तामा भएको कम रुची जस्ता चुनौतीहरु बावजुद पनि नेपालमा कृषकहरुले गरेको संघर्ष सरहानिय छ। 

    कृषि कुनै कमजोर काम भने अवश्य हैन, यस्ता धेरै मानिसका  उदाहरणहरु छन् जसले कृषिलाई अङ्गालेर आफ्नो परिवारको आर्थिक अवस्था मजबुत बनाएका छन् भने अर्को तर्फ यस्ता पनि धेरै उदाहरणहरु छन् जहाँ बिचौलियाहरुको कारण कृषिकार्यमा लागेका धेरै कृषकहरुले पसिनाको मुल्य समेत पाइरहेका छैनन्। नेपाल सरकारले पछिल्लो समय कृषि क्षेत्र तर्फ दिएको चासोले कृषकका थुप्रै समस्या र चुनौतीहरुलाई एउटा समाधानको मार्ग तर्फ बढाउने आशा हामीले गर्न सक्छौ।

    यो वर्ष सातौ राष्ट्रिय कृषक दिवसको मुख्य नारा भने "कृषकलाई सम्मानित गरौँ , कृषि विकासमा सहयोगी बनौं" भन्ने रहेको छ। कृषकले पाउने सम्मानले नै कृषि कार्यको विकास सम्भव पार्दछ।

    सबै अभिभावकले आफ्ना छोरा छोरीलाई जमाना अनुसारको अध्यन गर्न प्रोत्साहन दिने गर्दछन, केहि वर्ष अघि सिभिल या कम्प्युटर इन्जिनियर, अहिले आईटि र त्यसैगरी कुनै बेला डाक्टर, आफ्ना छोराछोरीहरुलाई जमाना अनुसारको  पढाई पढ्न ढकेल्ने चलन छ। सायद यहि कारण पनि कृषक अध्यन उपलब्ध भएको नेपालमा अहिलेका युवा पुस्ताहरुको कृषि अध्यनमा त्यति चासो देखिदैन। तर एउटा कुरा सबै युवा पुस्ता र तिनका अभिभावकले बुझ्न जरुरि छ, "डाक्टर, इन्जिनियर जस्तो कृषिको भने लहर हुदैन" कृषिको जमाना न कहिले हट्थ्यो न हट्छ र न त कहिले हट्नेछ। 

    आउदा पुस्ताहरुमा कृषिको महत्व र यसको आवश्यकता बुझाउन जरुरी छ। कृषकको सम्मान गरौ, कृषकलाई प्रोत्साहन गरौ।
    राष्ट्रिय कृषक दिवसको सबैमा शुभकामना।



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.