Paapkunsh Ekadashi Brata/World Post Day | पापांकुशा एकादशी व्रत/विश्व हुलाक दिवस | २०७६ असोज २२ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Sep/Oct 2019
    २०७६ असोज
    २२
    बुधवार
    Oct 09, 2019
    वैशाख शुक्ल प्रतिपदा
    पापांकुशा एकादशी व्रत/विश्व हुलाक दिवस ( Paapkunsh Ekadashi Brata/World Post Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    पापकुंश एकादशी | विश्व हुलाक दिवस




    पापकुंश एकादशी विशेष अडियो सामाग्री

    यस बर्षको दशमी को भोलीपल्टको एकादशी अर्थात् पापांकुश एकादशी महात्मेयमा स्वागत छ । नेपालका कतिपय ठाँउहरुमा दशमीको दिन टीको थाप्न आउन नभ्याउने , पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा को फुलपाती नसेलाउन्जेल सम्म टीको लगाउने चलन छ ।

    सार्वजनिक सवारी र बाटाघाटामा घुईँचो छ, बटुवाहरु अधिकांशको निधारमा टीकको रंग कुनै न कुनै हिसाबले देखिएको छ । नयाँ कपडामा कहिँकतै राता छापहरु बसेका हुनसक्छन्, टीका ले गर्दा । नयाँ कडककडिया नोटहरुले बजार छपक्कै पारेको छ, बुढाबुढीको हात टीकोको लेपले रातो छ भनें केटाकेटीको हृदय दक्षिणा गन्दै फरर भएको छ ।

    आखिर यसै उसै गर्दै यस बर्षको दशैं ले पनि त बिट मार्न आँटेको छ । हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ, एकादशी अर्थात दशको एकाहा अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ ।

    भागवत पुरानका अनुसार भगवान विष्णुका भक्तहरु अर्थात वैष्णवहरुकालागी यस्ता एकादशीले विशेष महत्व राख्दछ । दशैको टीकाको भोलीपल्टपर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि ठ्याक्कैपर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीकारुपमा प्रख्यात छ । पर घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने मान्छेहरुलाई आजवाट कोजाग्रत पूर्णिमा सम्म दशैको टीका र जमरा लगाइदिने चलन धेरै ठाँउमा छ, आजको दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ । यस एकादशीको वारेमा भगवान श्रि कृष्ण र यूधिष्ठीर विचको संवादमा वर्णन पाइन्छ, कृष्णका अनुसार यस एकादशीमा व्रत वसेर भगवानको उपासना गर्नाले भगवान पदमनभको कृपाले सम्पूर्ण पापहरु मोचन हुनेछ । विष्णु सहस्त्रनाम अनि श्रि राम र श्रि कृष्णको अश्तोतरा श्रवण या अध्यन गर्ने अनि यस एकादशीमा तिर्थाटन गर्नु एकदमै महत्वपूर्ण रहेको वताइएको छ । यस्ता दिनमा व्रत वसेर भक्ति अनुष्ठान गरेमा गंगा, गया, काशी या पुस्कर नदिस्नान भन्दापनि धेरै गुण धेरै फल पाइने कुरा कृष्णले उल्लेख गर्नुभएको छ । दिउँसोको समयमा व्रत वस्ने र भगवानको भजन गर्दे रातीपनि जाग्राम वसेर हरि किर्तन गरेमा धेरै पुन्य मिल्ने र मृत्यूपर्यन्त पनि भगवान विष्णु को पाउकमलमा मोक्ष मिल्ने वताइन्छ । यो एकादशी विष्णु भक्त वैष्णव अनि शिवभक्तहरु दुबैका लागी उक्तिकै महत्वपूर्ण छ ।

    विष्णु पुराण्को ( ५ः३३ः४६) खण्डमा यदि कोही शिव र विष्णु फरक हुन भनि सोच्दछ भने उ सोझै नर्क जानेछ भनेर उल्लेख गरिएको छ तसर्थ यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीकारुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन् ।

    विहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ, पूजावाठ अनि मन्दिरदर्शन पश्चात यस एकादशीको एकादशी महिमा सुन्ने चलन रहेको छ ।  भक्तिपूर्णरुपमा महिमा श्रवण गरिसकेपछि केही अन्न र गेडागुडी विहिन फलाहारहरु या फलफूलहरु सेवन गर्ने चलन छ । आजको एकादशीमा वर्त वस्नाले मामाघर तर्फवाट दश पुस्ता, पितृकुल तर्फवाट दश पुस्ता र श्रिमती या श्रिमानको कुलतर्फवाट दब पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त हुने जनविश्वास रहेको छ । 

    आजको दिन सुन, तिल, जौ, अन्न, भुमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ । मानिसहरु भनेको सजीव र सामाजिक प्राणी हुन् तसर्थ आफूसँग भएको थोरैतिनो जे भएपनि गक्षअनुसार गरिव अनि दुख्खीहरुलाई दान गर्न धर्मशास्त्रले पे्ररित गरेको छ, दुख्खीको सेवा भन्दा ठूलो पराक्रम अरु संसारमा केही छैन । आजको दिन सहयोगी भएर, अरुको मुहारमा हाँसो ल्याउन सक्ने काम गरेर वितोस, हामीसबैलाई शुभकामना

    विश्व हुलाक दिवस


     


    हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सबा दुई सयवर्ष अगाडी सन् १८७४ मा जापानको टाकियोमा अन्तराष्ट्रिय हुलाक सँघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाक वाट शुरुभएको हो, मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसँग कुरागर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो ।

    धेरैपरसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरुले आफ्नो जिवनकालनै विताएका छन्, आज उनिहरुको संझना गर्ने दिन पनि हो । गाँउघरमा राती वस्दा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनिहरु त्यतिवेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात हुलाकीहरु पत्रको झोला सहित हिँड्ने गर्दथे, यसो गर्दा राती बास बस्न पर्दथ्यो । अहिले जस्तो सहज होटल हरु नभएके त्यतीबेलाको नेपालमा हलकारा अर्थात हुलाकीहरु लाई प्रथम ग्राहयता सहीत बसाइन्थ्यो । मान्छेहरुले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र प्रसा हरहिसाब गर्दा गर्दथे, सुस्तरि समाजको अवयवहरु परिवर्तन त भएको हो तर संरचना बिल्कुलै उस्तै छ ।

    "ए हुलाकी दाई मेरो पत्र आएको छ" भनेंर सोध्न नपर्ला तर बिहान उठेर इन्टरनेटमा इमेल र मेसेन्जरहरु हेर्ने हामी बसैले गर्दछौं । पत्र र सन्देश उही हो केवल संवाहक र गतीशीलतामा परिवर्तन भएको त हो । हामी मध्य धेरैले भाषागत बिषयहरुमा पत्र लेख्ने अभ्यास र परीक्षामा पनि प्रश्नले मागे अनुसार बिभिन्न बिषयमा पत्र लेखेका छौं नि, हैन र ?

    अझै पनि कतिपय शहर अनि ठाँउहरुमा पत्रमञ्जुसा लेखिएको पत्र हाल्ने रातो चुच्चोआकारको भाँडोहरु छन जहाँ नियमितरुपमा एकसमयमा हुलाकीहरु आएर पत्र लिएर जानेगर्दछन । विस्तारै आकाशवाणी, ट्रकंल फोन, दुरसंचार, मेसेन्जर, च्याटरुम, ईमेल, फेसवुक, ट्वीटर हुँदै हातहातको मोवाइलले यो यूगको सञ्चारलाई नयाँ परिभाषा दिएको छ । तर हुलाकको तस्वीर अनि मोह यो पुस्ताले कहिल्यै विर्सने छैन, स्कूले केटाकेटीहरुपनि स्कूलमा लेखन अभ्यासको क्रममा वूवा, आमा या साथीलाई पत्र लेख्दै सिकेर आएका छन् र यसरी चिठीलेख्दा प्रापक र प्रेषक भनेँर हुलाककै सञ्चारआधारमा अभ्यास गराइन्छ ।

    विश्व हुलाक दिवसको सबैलाई शुभकामना, ईतिहास वोकेको यो सेवालाई हामीले जगेर्ना गर्न र आँउदोपुस्ताहरुलाई वताउन जरुरी छ , कि कसो ?

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.