Radhastami Barta | राधाष्टमी व्रत | २०७६ कार्तिक ४ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Oct/Nov 2019
    २०७६ कार्तिक

    सोमवार
    Oct 21, 2019
    वैशाख शुक्ल द्वितीया*
    राधाष्टमी व्रत ( Radhastami Barta )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    राधा अष्टमी





    भाद्र शुल्क पक्षको अष्टमी तिथिमा वृन्दावन नजिकै वर्सानामा राधाजीको जन्म भएको थियो र यसै दिनलाई राधा अष्टमीको नामले लोकमा प्रसिद्ध छ । राधाजीको जन्म भगवान् श्रीकृष्णको साथ जगतमा प्रेम भावलाई सार्थक गराउन भएको हो भन्ने मान्यता छ । जो व्याक्क्ति प्रेममा लीनहुन्छ त्यो राधाकृष्णको ज्वलन्त उदाहरण बन्दछ ।

    जब हामी श्रीकृष्णको नाम लिन्छैँ त्यसबेला राधाजीको नाम पनि संगै जोडिएर आउँछ । किनकी सबै भक्त राधेकृष्ण भनेर भन्ने गर्दछन् यो नाम दुई भएता पनि एक अर्काका लागि नै बनेको हो । यसलाई कसैले पनि अलग्याउन सक्दैन ।

    राधा अष्टमीको नामले यो व्रतलाई चिनिन्छ, यो दिनको व्रत गर्नाले मनुष्य जीवनमाधनको कहिले कमि नहुने, घर परिवारमाप्रेम भाव बढ्ने र अन्त्यमा गौलोकमा पनि सुखद् जीवन पाईने कुरा शास्त्रोक्त रहेको छ ।

    यसदिन विहान आफ्नो नित्यकर्म सकेर राधाजीको लागि सुन्दर मण्डप या आसन बनाएर राधाजीको मुर्तिलाई वस्त्र एवं आभूषणले सुसज्जित गर्ने र शोडशोपचार्ले या जे सामग्री उपलब्ध हुन्छ त्यसै सामग्री द्वारा श्रद्धा एवं भक्तिले पूजा गर्नु पर्दछ । विचारनीय कुरा के छ भने, यो पूजा मध्यान्ह कालमा नै गर्नु पर्दछ । यसरी गरिएको पूजा पश्चात् दिनभरि नै व्रत बस्ने या एक समय भोजनपनि गर्न सकिन्छ । व्रतको भोलिपल्ट विवाहिता व्रह्मण तथा व्राह्माणीलाई भोजन गराएर दक्षिणा दिने विधान छ ।

    भगवान् श्रीकृष्ण ले शंकरजी संग भन्नु भएको छ कि यदि जो कोहि भक्तले मलाई प्राप्त गर्न चाहन्छ भने, मेरी प्रियतमा श्रीराधालाई प्रसन्न बनाए हुन्छ, अतः श्रीराधाजीलाई प्रसन्न बनाउन श्रीकृष्णको र श्रीकृष्णलाई प्रसन्न बनाउन श्रीराधाजीको आराधना गर्नु पर्दछ । अस्तु ।।

    - प. नारायणप्रसाद दुलाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.