Zero Discrimination Day | शून्य भेदभाव दिवस | २०७९ फागुन १७ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Feb/Mar 2023
    २०७९ फागुन
    १७
    बुधवार
    Mar 01, 2023
    फागुन शुक्ल नवमी*
    शून्य भेदभाव दिवस ( Zero Discrimination Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    शून्य भेदभाव दिवस




    शून्य भेदभाव दिवस विशेष अडियो सामाग्री

    आखिर के हो त भेदभाव ?
    के तपाईँ भेदभाव गर्नुहुन्छ ? भेदभाव प्राय: गलत सूचना वा अज्ञानताको डरमा आधारित हुन्छ। भेदभाव परापुर्वकाल देखि हाम्रो समाजमा जरा गाडेर फैलिएको यस्तो विष हो जसले भगवानको यो सुन्दर संसारमा एक अर्कालाई समान देख्न सक्दैन। कहिले जातीय, कहिले लिङ्ग, कहिले आर्थिक अवस्था,कहिले रङ्ग र कहिलेकाही केही नया परिस्थितिले सिर्जना गर्ने भेदभाव सायद हामीले आफ्नो समाज नियाल्दा देख्ने पहिलो कमजोरी हो। यदि हाम्रो समाज कुनै पनि किसिमको भेदभावबाट मुक्त हुन सकेन भने हामीले कहिले पनि स्थायी विकास लक्ष्यहरू हासिल गर्न सक्दैनौ।

    शून्य भेदभाव दिवसको पृष्ठभूमि
    थुप्रै शिक्षा हासिल गर्‍यौ हामीले, अहिले २१ औ शताब्दीमा छौ हामी, मानव समुदायले यतिको समय बिताएर आइसक्दा पनि हाम्रो बौद्धिकता अझै हाम्रो समाजमा भएको भेदभावले दर्साउँदछ। प्राय अरू सामाजिक मुद्दा जस्तो भेदभाव अशिक्षासँग मात्र सम्बन्धित छैन, किनकि हाम्रै समाजमा पनि नियालेर हेर्ने हो भने शिक्षित र अशिक्षित बिचमै भेदभाव बुझ्न सकिन्छ। यो विडम्बनाको विषयलाई विश्वभरिका मानव समुदायको अगाडी प्रश्न बनाएर प्रस्तुत गर्न हरेक वर्षको मार्च १ गते संयुक्त राष्ट्र सङ्घले शून्य भेदभाव दिवस मनाउने गर्दछ। यो UNAIDS को विशेष पहलमा मनाउन सुरु गरिएको दिवस हो।

    UNAIDS मुलत एचआइभी पीडितको सहयोगमा केन्द्रित संस्था हो। एचआइभी पीडितसँग सम्बन्धित कडा भेदभाव संसारको लगभग हरेक भागमा अवस्थित भएकाले आजको दिन ती पीडितलाई पनि कसैले भेदभावको नजरले नहेरुन् भन्ने उद्देश्यको साथ UNAIDS को पहलमा शून्य भेदभाव दिवस २०१ ४ देखि मनाउन सुरु गरिएको हो। तर आजको दिनले मुलत एचआइभी पीडितसँग मात्र हैन, समाजमा चलिरहेका अन्य किसिमका भेदभावबारे पनि मानव समुदायलाई सोच्न बाध्य बनाउछ।

    हामी सबै समान छौ, यो संसारमा मानव मात्र नभई यहाँ बस्ने सबै सजीव निर्जीव बस्तुको उत्तिकै अधिकार रहेको कुरा आजको मानव समुदायलाई बुझाउन खोज्नु जस्तो लज्जित कुरा केही छैन। एकचोटी मनमा हात राखेर मनन गरौँ, के हामीले शून्य भेदभाव गरेका छौ ? या गर्न सक्छौ ?

    आजको यो दिनको अवसरमा सबैलाई आत्म मनन गर्न शुभकामना।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.